डिभी लट्री बन्द गर्ने बिधेयक अमेरिकी संसदमा

डिभी लट्री बन्द गर्ने बिधेयक  अमेरिकी संसदमा
रिपब्लिकन सिनेटर टम कटन र डेविड पर्डयूले अमेरिकामा आप्रवासिको संख्या आधाभन्दा कम गर्नुपर्ने भन्दै संसदमा एक बिधेयक दर्ता गरेका छन् । ‘बलियो रोजगारीका लागि अमेरिकी अध्यागमनमा सुधार’ ऐन नाम दिईएको उक्त विधेयकलाई संसदले पास गरेमा प्रति वर्ष ५० हजारका दरले अमेरिकाले प्रदान गर्दै आएको डिभि लट्री भिसा बन्द हुनेछ भने अमेरिकाले प्रति वर्ष जारी गर्ने करिब १० हजार ग्रीन कार्डलाई प्रभावित पार्नेछ । आप्रवासि...

ट्रम्पलाई ठूलो झड्का, यात्रा प्रतिवन्ध कायमै राख्ने प्रयास असफल

ट्रम्पलाई ठूलो झड्का, यात्रा प्रतिवन्ध कायमै राख्ने प्रयास असफल
काठमाडौं । सात मुस्लिम बहुल देशका नागरिकमाथि यात्रा प्रतिवन्ध कायमै राख्ने ट्रम्प प्रशासनको प्रयासलाई अमेरिकाको अपील कोर्टले झड्का दिएको छ । राष्ट्रपति ट्रम्पले २७ जनवरीमा एक कार्यकारी आदेश जारी गर्दै मुस्लिम बहुल ७ देशका नागरिकलाई अमेरिका प्रवेशमा अन्तरिम रोक लगाएका थिए । तर, सिएटलको एक अदालतले ट्रम्पको आदेश कार्यान्वयनमा रोक लगायो । यसविरुद्ध ट्रम्प प्रशासनले पुनरावेदनमा चुनौती दिएको थियो । ...

श्रीस्वस्थानी व्रतकथा आज सकिदै

श्रीस्वस्थानी व्रतकथा आज सकिदै
काठमाडौँ । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने प्रत्येक महिला(पुरुष पनि)ले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि...

आइजीपी नियुक्तिमा दाहाल र देउवाबीच झगडा

आइजीपी नियुक्तिमा दाहाल र देउवाबीच झगडा
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक कसलाई बनाउने भन्नेबारे प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवावीच विवाद चर्किएको छ । यही विवादका कारण बिहीबार बस्ने भनिएको मन्त्रिपरिषद बैठकसमेत स्थगित भएको छ । यही साता अवकाश पाउन लागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका ठाउँमा बरियताका आधारमा डीआइजी नवराज सिलवाललाई आइजी बनाउनुपर्ने अडानमा प्रधानमन्त्री प्रचण्ड उभिएका छन् । प्रहरी ...

दोलखा केन्द्रबिन्दु बनाएर आज पनि भूकम्प

दोलखा केन्द्रबिन्दु बनाएर आज पनि भूकम्प
  दोलखा । दोलखालाई केन्दविन्दु बनाएर बुधवार बिहान पराकम्प गएको छ । बिहान ५ बजेर २३ मिनेटमा ३.९ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पको एक बर्ष नौ महिना पछि आज पनि पुनः पराकम्प गएको हो । उक्त बिनाशकारी भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिका चार सय भन्दा बढी परकम्प गएको भूकम्प मापन केन्द्रल...

एसएसपीको बर्दी खोल्ने डीएसपी भन्छन्- प्रहरीकै हाकिम समात्नुपर्ला भन्ने सोचेको थिइनँ

एसएसपीको बर्दी खोल्ने डीएसपी भन्छन्- प्रहरीकै हाकिम समात्नुपर्ला भन्ने सोचेको थिइनँ
काठमाडौं, २५ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को कार्यालयमा वातावरण केही फेरिएको छ । नफेरियोस् पनि किन ? अघिल्लो दिनसम्म सलाम हानिरहेको आफ्नै एसएसपी ‘सुन तस्कर’को आरोपमा हिरासतमा थुनिएका छन् । विमानस्थलमा ३४ किलो सुन काण्डको आरोपमा हेडक्वार्टरबाटै समातिएका एसएसपी श्याम खत्री अहिले सीआइबीको हिरासतमा छन । उनीसँगै विभिन्न युनिटमा काम गरेका केही अधिकृतहरु सकेसम्म एसएसपी खत्र...

चितवनमा ब्रोइलर कुखुराको मासुको मूल्य बढ्यो

चितवनमा ब्रोइलर कुखुराको मासुको मूल्य बढ्यो
चितवन, २५ माघ । ब्रोइलर कुखुराको चल्लाको मूल्य बढेको दुई दिन बित्न नपाउँदै जिल्लामा व्यवसायीले कुखुराको मासुको मूल्य समेत बढाएका छन् । नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घले ब्रोइलर मासुको मूल्य जिउँदोमा प्रतिकिलो रु १० र तयारी मासुमा रु २० रुपैयाँका दरले मूल्य बढाएको छ । बढेको मूल्य अनुसार जिउँदो मासुको मूल्य प्रतिकिलो रु १८० पुगेको सङ्घले जनाएको छ । यसअघि जिउँदो ब्रोइलरको मासु प्रतिकिलो रु १७० काय...

पाल्पामा जिप दुर्घटना, चार जनाको मृत्यु, १५ घाइते

पाल्पामा जिप दुर्घटना, चार जनाको मृत्यु, १५ घाइते
पाल्पा, २५ माघ । पाल्पाको दोभान गाबिसमा सोमवार राति जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १५ जना घाईते भएका छन । दोभान–२ को देउरालीबाट बिहेमा बाजा बजाएर फर्कदै गरेको लु.१ ज.२६८९ नंम्बरको जिप दोभान–४ श्रीडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परी दोभान–२ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्षीय मीनबहादुर थापा र ४२ वर्षीय हरिप्रसाद रानाको मृत्यु भएको जिल्ल...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो थियो सुन पास गर्ने रुट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो थियो सुन पास गर्ने रुट
काठमाडौं । २०७२ माघ २२ गते डीआईजी गोविन्द निरौला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरी प्रमुखका रुपमा सरुवा भए । त्यसअघि सोही स्थानमा थिए डीआईजी विजयलाल कायस्थ । महानगरीय अपराध महाशाखा प्रमुख तत्कालीन एसएसपी कायस्थलाई तत्कालीन गृहमन्त्री बामदेव गौतमले विमानस्थलको निमित्त प्रमुख बनाएर पठाएका थिए । डीआईजीको दरबन्दी भएको ठाउँमा निमित्त प्रमुख भएर गएका कायस्थ पनि शङ्काको घेरामा छन् । प्रहरी के...

अनुदान लिएर घर नबनाउने भूकम्पपीडितलाई कारबाही गरिने

अनुदान लिएर घर नबनाउने भूकम्पपीडितलाई कारबाही गरिने
काठमाडौं । पहिलो किस्ता अनुदान लिएर पनि घर नबनाउने भूकम्पपीडितलाई सरकारले कारबाही गर्ने तयारी गरेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको ४२ औं बैठकले पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएर घर नबनाउनेहरुलाई दण्ड दिनुपर्ने निष्कर्ष निकालेको हो। ‘झुठो विवरण दिएर पहिलो किस्ता लिने र पहिलो किस्ता लिएर घर नबनाउने प्रवृत्ति देखिएकाले दण्डात्मक व्यवस्था गर्न लागेका हौं’, प्राधिकरणका सह–...
error: Content is protected !!