संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा फागुन २९ देखि चैत्र २ गतेसम्म दादुरा रुबेलाको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयले आइतबार सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम गरेर चार दिनसम्म खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।

Advertisement

९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरूलाई खोप लगाइने छ । जिल्लामा ८ हजार ८ सय ६७ बालबालिकाहरूलाई दादुरा रुबेला खोप लगाउँने स्वास्थ्य कार्यालयको लक्ष्य छ ।

महालक्ष्मीमा १ हजार २ सय २८, पाख्रीवासमा १ हजार ५७, धनकुटा नगरमा २ हजार १ सय २०, छथरजोरपाटीमा ९ सय ५७, सहिदभूमिमा १ हजार १ सय ५९, साँगुरीगढीमा १ हजार ५५ जना र चौविसेमा १ हजार ९१ जनालाई खोप लगाउँने लक्ष्य राखिएको छ ।

३ सय १५ वटा केन्द्रमा ६ सय ३० जना स्वयंसेवक खटाएर खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!