मेनुका राईको ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक

मेनुका राईको ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक

विराटनगर । गायिका मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ बोलको पूर्वेली लोकभाका सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द सङ्कलन तथा बसन्त सापकोटाको सङ्गीत संयोजनमा  पुर्बेली लोकभाका सार्वजनिक गरिएको हो । विक्रम डिसीको छायाङ्कन, मनोज कार्कीको सम्पादन तथा विल्सन विक्रम राईको निर्देशनमा भिडियो तयार गरिएको हो । भिडियोमा विल्सन विक्रम राई, एलिसा राई, सोनाम तामाङलगायतको अभिनय रहेको छ ।
‘कोही किन बर्बाद होस्’ मा विद्यार्थीहरूको अब्बल अभिनय 

‘कोही किन बर्बाद होस्’ मा विद्यार्थीहरूको अब्बल अभिनय 

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ स्कुलको नेपाली विभागले नाटककार विजय मल्लको मनोवैज्ञानिक नाटक ‘कोही किन बर्बाद होस्’ को मञ्चन गरेको छ । माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूले अभिनय गरेको नाटक सफलतापूर्वक मञ्चन भएको छ । वि.सं. २०१५ मा प्रकाशित उक्त नाटकमा सम्बन्धविच्छेदले सिर्जिएको समस्या, अभिभावकको व्यस्त जीवनशैली, होस्टेल राखे छोराछोरी सुध्रन्छन् भन्ने सोचाइ, शिक्षकको भूमिकालगायतका विषयवस्तुल...
विराटनगर म्युजिक फेस्टिभल कात्तिक १० गते, स्वप्न सुमन र पूर्ण राई दाजुभाइको प्रस्तुती रहने 

विराटनगर म्युजिक फेस्टिभल कात्तिक १० गते, स्वप्न सुमन र पूर्ण राई दाजुभाइको प्रस्तुती रहने 

विराटनगर । विराटनगर म्युजिक फेस्टिभल २०८१ को तेस्रो संकरण आयोजना हुने भएको छ । लाइभ इन्टरटेनमेन्टको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा ‘विराटनगर म्युजिक फेस्टिभल’ हुन लागेको हो । आयोजकले आज पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारेमा जानकारी गराएको छ । आगामी कात्तिक १० गते शनिबार दिउँसो ४ बजेबाट मेनरोड स्थित जैन भवनको खुला मैदानमा कार्यक्रम हुने छ । कार्यक्रममा स्वप्न सुमन, पूर्ण राई दाजुभ...
कोशी सरकारले ऐतिहासिक चलचित्र ‘नालापानी’ को प्रवर्द्धनमा सहयोग गर्छ : मुख्यमन्त्री कार्की 

कोशी सरकारले ऐतिहासिक चलचित्र ‘नालापानी’ को प्रवर्द्धनमा सहयोग गर्छ : मुख्यमन्त्री कार्की 

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ऐतिहासिक चलचित्र ‘नालापानी’ हेर्न सबैलाई आग्रह गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सभाहलमा चलचित्र हेरिसकेपछि कार्कीले यस्तो आग्रह गरेका हुन् । ऐतिहासिक घटनामा आधारित चलचित्र भएका कारण इतिहास थाहा पाउन पनि यो चलचित्र सबैले हेर्नै पर्ने मुख्यमन्त्री कार्कीले बताए । मुख्यमन्त्री कार्कीले ‘नालापानी’ चलचित्रको प्रवर्द्धनका लागि...
विद्यालय नाटक महोत्सवको नवौँ दिन ‘ज्ञ’ मञ्चन

विद्यालय नाटक महोत्सवको नवौँ दिन ‘ज्ञ’ मञ्चन

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको नवौँ दिन आज ‘ज्ञ’ नामक नाटक मञ्चन भएको छ । हाटखोलास्थित आरोहण गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सुबिजिमुर मेमोरियल सेकेन्डरी स्कुलले नाटक मञ्चन गरेको हो । विद्यार्थीहरू प्रतीक्षा अधिकारीको लेखन तथा सोनाम तामाङको निर्देशन रहेको नाटकमा नेपालको शिक्षा प्रणालीमा व्याप्त समस्याहरूलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको थियो । नाटकमा संयोग भट्टराई, साइन तिमिल्...
विद्यालय नाटक महोत्सवको सातौँ दिन ‘जिम्मेवारी कसको ?’ मञ्चन

विद्यालय नाटक महोत्सवको सातौँ दिन ‘जिम्मेवारी कसको ?’ मञ्चन

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको सातौँ दिन आज ‘जिम्मेवारी कसको ?’ नामक नाटक मञ्चन भएको छ ।हाटखोलास्थित आरोहण गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा नमुना विद्या मन्दिरले उक्त नाटक मञ्चन गरेको हो । विद्यालयका शिक्षक पशुपति रिमालको लेखन तथा निर्देशनमा तयार भएको नाटकमा वर्तमान अवस्थाका बालबालिकालाई के कस्ता पक्षले प्रभाव पारिरहेको छ भन्ने कुरा देखाउन खोजिएको थियो । यसैगरी बालबालिकालाई सक्ष...
विद्यालय नाटक महोत्सवको तेस्रो दिन ‘छिमेकी’ मञ्चन

विद्यालय नाटक महोत्सवको तेस्रो दिन ‘छिमेकी’ मञ्चन

विराटनगर । विराटनगर हाटखोला स्थित आरोहण गुरुकुलमा जारी चौथो संस्करणको विद्यालय नाटक महोत्सवमा ‘छिमेकी’ नामक नाटक मञ्चन भएको छ । दिल्ली पब्लिक स्कुलका विद्यार्थीद्वारा अभिनीत ‘छिमेकी’ नामक नाटक आज मञ्चन भएको हो । गुरुप्रसाद मैनालीको कथामा आधारित उक्त नाटकलाई मयुरेस बर्माले निर्देशन गरेकी हुन् । नाटकको सहजिकरण लकेश दंगाले गरेका थिए । नाटकमा दिल्ली पब्लिकका विद्यार्थी शौम्या साह, मुकुल अग्रवाल, आ...
‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चनसँगै सुरु भयो विद्यालय नाटक महोत्सव

‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चनसँगै सुरु भयो विद्यालय नाटक महोत्सव

विराटनगर । विराटनगरको आरोहण गुरुकुलमा विद्यालय नाटक महोत्सवको चौथो संस्करण शुरु भएको छ । आज विप्लव ढकालको लेखन तथा सविन भट्टराईको निर्देशनमा तयार भएको ‘नीलाम्बरको आकाशयुद्ध’ नामक नाटक मञ्चनसँगै महोत्सव सुरु भएको हो । नाटकमा गुरुकुलका कलाकाहरूको अभिनय रहेको थियो । ९ वटा विद्यालय सहभागि महोत्सवमा भोलिबाट प्रत्येक दिन एउटा नाटक मञ्चन हुनेछ । महोत्सवमा विराटनगर, विराटचोक, बेलबारी र रङ्गेलीका विद्या...
झोराहाटको मञ्चमा गुरुप्रसाद मैनालीको ‘कर्तव्य’

झोराहाटको मञ्चमा गुरुप्रसाद मैनालीको ‘कर्तव्य’

विराटनगर । मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहको भवनमा मञ्चन भइरहेको कथाकार गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटक हेर्न दर्शकको भीड लागेको छ । साहित्यकार तथा कलाकार भरत गुरागाईं ‘बर्बरिक’ ले निर्देशन गरेको नाटकको ५१ औँ शो शनिबार मञ्चन गरिएको छ । झापाको गौरादहमा ३० शो तथा झोराहाटमा २१ शो मञ्चन भएको हो । नाटक हेर्न दमक, उर्लाबारी, इटहरी, विराटचोक, इनरुवा, धरान, विराटनगर लगायतका स्थानबाट बाक्लो स...
ओली नेतृत्वको सरकारले हटाउला टिकटक माथिको प्रतिबन्ध ?

ओली नेतृत्वको सरकारले हटाउला टिकटक माथिको प्रतिबन्ध ?

विराटनगर । सरकारले सामाजिक सञ्जाल टिकटक माथिको प्रतिबन्ध हटाउने गृहकार्य थालेको छ । विभिन्न पक्षबाट टिकटकको प्रतिबन्ध हटाउन ‘दबाब’ बढेपछि सरकार लचिलो भएको हो ।  पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । टिकटक प्रतिबन्ध लगाएकोप्रति धेरैले प्रशंसा गरे भने विरोध गर्नेको सङ्ख्या पनि उत्तिकै थियो ।  टिकटकका माध्यमबाट समाजमा अपाच्य ...
अनुयाले जितिन् ‘भ्वाइस किड्स’ को उपाधि

अनुयाले जितिन् ‘भ्वाइस किड्स’ को उपाधि

काठमाडौँ । अनुया तामाङले ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि जितेकी छन् । काठमाडौंमा शनिबार राती सम्पन्न ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरूलाई उछिन्दै तामाङले उपाधि जितेकी हुन् । उपाधिसँगै अनुयाले नगद १० लाखसहित गिफ्ट ह्याम्पर पाएकी छन् । कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा, छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, मेलिना र...
चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलरमा ओलीको बोली, ‘म न्याय दिन्छु’

चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलरमा ओलीको बोली, ‘म न्याय दिन्छु’

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरूले अभिनय गरेको चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा ओलीले एसिड आक्रमण घटनाका पीडितहरूलाई न्याय दिने संवाद प्रस्तुत गरेका छन् । ‘तपाईँहरूले अवश्य पाउनुहुन्छ न्याय । म दिन्छु न्याय’ ट्रेलरमा प्रधानमन्त्री ओली भनेका छन् । प्रधानमन्त्री ओलीसहित चलचित्रमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञा...
विराटनगरमा भदौ २२ देखि ‘विद्यालय नाटक महोत्सव’

विराटनगरमा भदौ २२ देखि ‘विद्यालय नाटक महोत्सव’

विराटनगर । ‘विराटनगर विद्यालय नाटक महोत्सव’ को चौथो संस्करण घोषणा भएको छ । आरोहण गुरुकुल विराटनगरले भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव आयोजना गर्ने भएको हो । आरोहणले महोत्सवमा विद्यालयको सहभागिताका लागि आह्वान गरेको छ । विराटनगर र आसपासका विद्यालयले साउन ३२ गतेभित्रमा आवेदन दिन सक्ने जनाइएको छ । आवेदन दिनका लागि आयोजक गुरुकुलसँग सम्पर्क गर्न वा गुरुकुलको सामाजिक सञ्जालमा उपलब्ध लिङ्क  प्रयोग ग...
ऐतिहासिक फिल्म ‘नालापानी’ साउन २५ देखि दर्शकमाझ

ऐतिहासिक फिल्म ‘नालापानी’ साउन २५ देखि दर्शकमाझ

विराटनगर । ऐतिहासिक विषयवस्तुमा आधारित फिल्म ‘नालापानी’ साउन २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसअघि पनि प्रदर्शन भइसकेको फिल्म पुनः प्रदर्शन हुने भएको हो ।  फिल्मका लेखक तथा निर्देशक रिमेश अधिकारीले यसअघि प्रदर्शनको मिति साउन १८ तोकिएको भएपनि विद्यार्थीलाई लक्षित गरी २५ गतेदेखि देशव्यापी प्रदर्शन गर्न लागेको जानकारी दिए । फिल्मको नयाँ ट्रेलर पनि सार्वजनिक गरिसकिएको अधिकारीले जानकारी दिए । ‘न...
मिस कोशीका विजेतालाई गरियो सम्मान

मिस कोशीका विजेतालाई गरियो सम्मान

विराटनगर । आठौँ संस्करणको मिस कोशी २०२४ का विजेताहरूलाई सम्मान गरिएको छ । आज विराटनगरमा कोशी प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा ऊर्जा मन्त्री एकराज कार्कीले उनीहरूलाई सम्मान गरेका हुन् । मिस कोशी बन्न सफल इटहरीकी शुभलक्ष्मी राई, फस्ट रनरअप धरानकी निशा हाङ्मा लिम्बू, सेकेन्ड रनरअप झापाकी निलम मोक्तान तामाङ, थर्ड रनरअप जुम्लाकी कृति बस्नेत र पाँचौँ स्थान ओगट्न सफल इटहरीकी स्वस्तिका राई सम्मानित ...
करणले जिते नेपाल आइडलको उपाधि

करणले जिते नेपाल आइडलको उपाधि

काठमाडौं । बर्दियाका करण परियारले नेपाल आइडल सिजन-५ को उपाधि जितेका छन् । काठमाडौंमा शनिवार राती सम्पन्न ग्रान्ड फिनालेमा पोखराकी सलोमी गुरुङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई उछिन्दै करणले उपाधि जितेका हुन् । उपाधिसँगै करणले नगद २५ लाख र ट्रफी पाएका छन् । फस्ट रनरअप सलोमीले १० लाख र सेकेन्ड रनरअप सचिनले ५ लाख नगद पुरस्कार पाएका छन् । एपीवान टेलिभिजनले फागुन २४ देखि गायन रियालिटी शो...
‘शत्रु’ मञ्चनसँगै विराटनगरमा आरोहण नाटक महोत्सव समापन

‘शत्रु’ मञ्चनसँगै विराटनगरमा आरोहण नाटक महोत्सव समापन

विराटनगर । ‘शत्रु’ नामको नाटक मञ्चन गर्दै विराटनगरमा आरोहण नाटक महोत्सव समापन भएको छ । हाटखोलास्थित गुरुकुलमा शनिबार शुरु भएको महोत्सवमा अन्तिम तथा छैठौं नाटकका रुपमा बुधबार कलालय इटहरीले विश्वेश्वरप्रसाद कोइरालाको कथामा आधारित नाटक मञ्चन गर्यो । सुगम दुलालको नाट्य रुपान्तर तथा प्रज्वल पराजुलीको निर्देशनमा तयार उक्त नाटकले एउटा व्यक्तिको मनोविज्ञानलाई देखाएको थियो । नकारात्मक तत्वहरुले मानिसको ...
महोत्सवको चौथो दिन विराटनगरमा ‘सुरुङ’ मञ्चन

महोत्सवको चौथो दिन विराटनगरमा ‘सुरुङ’ मञ्चन

विराटनगर । विराटनगरमा जारी नाटक महोत्सवको चौथो दिन मंगलवार ‘सुरुङ’ नाटक मञ्चन गरिएको छ । हाटखोलास्थित आरोहण गुरुकुलको नाटक घरमा गौरादह जेसीज तथा झोराहाट नाट्य समूहले भरत ‘बर्बरिक’ द्वारा निर्देशित नाटक ‘सुरुङ’ मञ्चन गरिएको हो । लागु औषधको डरलाग्दो सुरुङभित्र युवा तन्नेरीहरुको प्रवेशले निम्त्याउने अनेकन दुष्परिणामलाई नाटकमा देखाइएको थियो । सौरभ भट्टराईद्वारा लिखित उक्त नाटकमा लीला खत्री, अभिषेक ...
विराटनगरको गुरुकुलमा ‘स्कूल’ र ‘हेत्छाकुप्पा’ मञ्चन

विराटनगरको गुरुकुलमा ‘स्कूल’ र ‘हेत्छाकुप्पा’ मञ्चन

विराटनगर । विराटनगरमा जारी नाटक महोत्सवको तेस्रो दिन सोमबार दुईवटा मञ्चन भएका छन् । हाटखोलास्थित गुरुकुलमा ‘ह्वी क्यान’ ले ‘स्कूल’ मञ्चन गरेको हो भने पिस नेपालले ‘हेत्छाकुप्पा’ मञ्चन गरेको हो । ‘स्कूल’ले कलात्मक रुपमा सकारात्मक व्यंग्यसहित वर्तमान नेपालको शिक्षा प्रणाली देखाएको थियो । नवराज पराजुलीद्वारा लिखित तथा विकास बुढाथोकीद्वारा निर्देशित उक्त नाटकमा स्मृति चाम्लिङ राई, सदिक्षा पोखरेल, ओम...
विराटनगरमा नाटक: ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’

विराटनगरमा नाटक: ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’

विराटनगर । विराटनगरमा जारी नाटक महोत्सवको दोस्रो दिन आइतबार ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन भएको छ । इन्द्रबहादुर राई लिखित कथालाई नाट्य रुपान्तरण र निर्देशन जीवन बरालले गर्दै कदम थिएटर दमकले उक्त नाटक प्रस्तुत गरेको हो । नाटकले दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि नेपालीहरु ज्यान जोगाउन आसामको लिखापानीतिर भाग्दाको यात्राको कथा देखाएको थियो । नाटकमा नविन रिजाल, रश्मी ...
विराटनगरको गुरुकुलमा महोत्सवः कोशीका ६ नाटक मञ्चन हुने

विराटनगरको गुरुकुलमा महोत्सवः कोशीका ६ नाटक मञ्चन हुने

विराटनगर । विराटनगरमा शनिबारदेखि असार ५ गतेसम्म नाटक महोत्सव आयोजना हुँदैछ । हाटखोलास्थित नाटकघरमा हुने महोत्सवमा कोशी प्रदेशका विभिन्न ६ समूहले नाटक मञ्चन गर्नेछन् । उद्घाटनको दिन अपराह्न ४ः३० बजे आयोजक आरोहण विराटनगरको नाटक ‘चौथो अध्याय’ मञ्चन हुने जनाइएको छ । त्यस्तै, असार २ गते कदम थिएटरले ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन गर्नेछ । असार ३ गते दिउँसो १ बजे ह्वी क्यान संस्थाले ‘स्कूल...
विराटनगरको आरोहण गुरुकुलमा ‘चौथो अध्याय’

विराटनगरको आरोहण गुरुकुलमा ‘चौथो अध्याय’

विराटनगर । विराटनगरको आरोहण गुरुकुल सुशीला कोइराला नाटक घरमा नाटक ‘चौथो अध्याय’ मञ्चन सुरु भएको छ । रविन चिमरिया र दिक्षा चौधरीले निर्देशन गरेको चौथो अध्याय नामको नाटक शुक्रबारसम्म मञ्चन हुने जनाइएको छ । जीवनको उत्तरार्धमा देखापर्न सक्ने मनोसामाजिक अवस्थामा केन्द्रित रहेको नाटक हरेक दिन बेलुका ५ः३० बजे मञ्चन हुँदैछ । एउटी नारीले सामाजिक रुपमा भोग्नुपर्ने मानसिक तथा शारीरिक पीडालाई प्रायोगिक एवम...
कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव

कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव

विराटनगर । कोशी प्रदेशमा आइतबारदेखि चलचित्र महोत्सव सुरु भएको छ । प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव सञ्चालन भएको हो । महोत्सवको आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे । महोत्सव जेठ ११ गतेसम्म विराटनगर र झापामा सञ्चालन हुने आयोजक प्रदेशको आन्तरिक मामिला मन्त्रालयले जानकारी दिएको छ । कोशी प्रदेशका झापा, इलाम, पाँचथरलगायत विभिन्न जिल्लाहरुमा रहेका प्राकृतिक रमणीयस्थलहर...
चर्चामा श्रीकृष्ण लुईँटेलको ‘गारो छ हौ मलाई’

चर्चामा श्रीकृष्ण लुईँटेलको ‘गारो छ हौ मलाई’

विराटनगर । चर्चित हाँस्यव्यङ्ग्य गायक श्रीकृष्ण लुईँटेल उर्फ बोकेदाह्रीको ‘गाह्रो छ हौ मलाई’ बोलको गीत यतिखेर चर्चाको शिखरमा छ । श्रीकृष्ण लुईँटेल नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको चौथो हप्ता पुगिसक्दा उक्त गीतले राम्रै भ्युज बटुल्न सफल भएको छ भने सामाजिक सञ्जाल समेत तताएको छ । पछिल्लो समय उक्त गीतको ‘कतारमा किस्ने, साउदीमा श्यामे, दुबैमा हर्के छ, हर्केको बाउको गएको राति मुन्टो नै फर्के...
सारा र चित्रको ‘तामाङ सेलो’ सार्वजनिक

सारा र चित्रको ‘तामाङ सेलो’ सार्वजनिक

काठमाडौं । गायक चित्रबहादुर तामाङ र गायिका सारा लामा तामाङको नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । ‘जुहारी ह्वाई’ बोलको सेलो गीत ह्युलसाङ मिडिया ग्रुपको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा चित्रबहादुर तामाङ र गायिका सारा लामा तामाङको शब्द, चित्रबहादुरको सङ्गीत र करसाङको एरेन्ज छ । एकान्त मगरको छायाँकन तथा सम्पादन रहेको छ । गीतलाई चित्रबहादुर तामाङ जिम्बाले निर्देशन गरेका...
निस्मा र सिजन बने पूर्वाञ्चल गट ट्यालेन्टको विजेता

निस्मा र सिजन बने पूर्वाञ्चल गट ट्यालेन्टको विजेता

धनकुटा । धनकुटाका सिजन भट्टराई र भोजपुरकी निस्मा श्रेष्ठ पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-५ को विजेता बनेका छन् । धनकुटाको टुँडिखेलमा शनिवार राती सम्पन्न प्रतियोगिताको फाइनलमा गायनतर्फ धनकुटाको भीरगाउँका भट्टराई र नृत्यतर्फ भोजपुरकी श्रेष्ठ विजेता बनेकी हुन् । गायनतर्फ धनकुटाको पाख्रीवासकी स्वीकृति राई द्वितीय र पाख्रीवासकै इन्वाङ राई तृतीय भएका छन् । यता, नृत्यतर्फ तेह्रथुमको द राइजिङ ग्रल्स द्वित...
धनकुटामा फागुन १२ गते पूर्वाञ्चल गट ट्यालेन्टको फाइनल हुने

धनकुटामा फागुन १२ गते पूर्वाञ्चल गट ट्यालेन्टको फाइनल हुने

धनकुटा । धनकुटामा यही फागुन १२ गते पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-५ को फाइनल हुने भएको छ । आयोजक रिक्रियशन मल्टिमिडिया एण्ड इन्टरटेनमेन्टले बुधबार धनकुटामा पत्रकार सम्मेलन गरेर गायन र नृत्यतर्फको विजेता छनौट गर्न लागिएको जानकारी दिएको हो । टुँडिखेलमा हुने फाइनलमा गायनतर्फ १२ र नृत्यतर्फ १४ जनाबीच प्रतिष्पर्धा हुनेछ । दुवै विधातर्फका विजेताले नगद २ लाख पाउनेछन् । उनीहरूको ५ लाख बराबरको जीवन बिमा प...
धनकुटामा संगीत महोत्सवको तयारी

धनकुटामा संगीत महोत्सवको तयारी

धनकुटा । धनकुटामा फागुन पहिलो साता हुन लागेको ‘धनकुटा म्युजिक फेस्ट’ को तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय न्यू नव प्रभाव क्लबले फागुन ४ र ५ गते टुँडिखेलमा धनकुटा म्युजिक फेस्ट अर्थात संगीत महोत्सव गर्न लागेको हो । आयोजकले सोमबार धनकुटामा पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । महोत्सवमा स्थानीयदेखि राष्ट्रिय कलाकारहरुसम्मले सांगीतिक प्रस्तुती दिनेछन् । सां...
धनकुटामा संगीत महोत्सव हुने

धनकुटामा संगीत महोत्सव हुने

धनकुटा । धनकुटामा आगामी फागुन पहिलो साता ‘धनकुटा म्युजिक फेस्ट’ हुने भएको छ । न्यू नव प्रभाव क्लबले फागुन ४ र ५ गते टुँडिखेलमा धनकुटा म्युजिक फेस्ट अर्थात संगीत महोत्सव गर्न लागेको हो । संगीत प्रेमीहरूलाई लक्षित गरी सांगीतिक क्षेत्र र जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले धनकुटामा पहिलो पटक संगीत महोत्सव गर्न लागिएको महोत्सवका संयोजक रिदम श्रेष्ठले जानकारी दिए । ‘संगीत प्रेमीह...
इलामका बिनोदले जिते भ्वाइस अफ नेपालको उपाधि

इलामका बिनोदले जिते भ्वाइस अफ नेपालको उपाधि

काठमाडौं । इलामका बिनोद राईले भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि जितेका छन् । कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्ने राईले ललितपुरको गोदावरीमा शुक्रबार राती भएको ग्राण्ड फिनालेमा उपाधि जितेका हुन् । चार फाइनलिस्टबीच भएको कडा प्रतिस्पर्धामा दर्शकको सर्वाधिक भोटका आधारमा बिनोदले उपाधि जितेका हुन् । उपाधिसँगै बिनोदले २० लाख नगद पुरस्कार पाएका छन् । मकरबहादुर योन्जन फस्ट रनरअप बने । कुमार प्रयास रा...
भेडेटारमा आज साँझ गायिका एलिना चौहानको सांगीतिक प्रस्तुति हुने

भेडेटारमा आज साँझ गायिका एलिना चौहानको सांगीतिक प्रस्तुति हुने

धनकुटा । धनकुटाको भेडेटारमा जारी भेडेटार फुड फेस्टिभलमा आज साँझ गायिका एलिना चौहान आउँने भएकी छन् । फेस्टिभलमा सांगीतिक प्रस्तुतिका लागि गायिका चौहान आउँन लागेकी हुन् । उनी भेडेटार आइसकेकी छन् । फेस्टिभलमा सांगीतिक प्रस्तुतिका लागि साँझ ८ बजेपछि उनी स्टेज उत्रने आयोजक होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए । ‘उहाँ भेडेटार आइसक्नु भएको छ, राती ८ बजेपछि उहाँको प्रस्तुति राखिए...
error: Content is protected !!