- संगालोखबर सम्वाददाता

काठमाडौं । जापानको टोकियोमा एक नेपालीको मृत्यु भएको छ । सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आएका भोजपुरका ४२ वर्षीय दिवस राईको मृत्यु भएको हो ।

Advertisement

१३ वर्षदेखि श्रीमतीसहित जापानमा बस्दै आएका राई गए राति ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् । राति श्रीमती कामबाट फर्कँदा राईलाई मृत अवस्थामा भेटाएपछि प्रहरीलाई खबर गरेर प्रहरीको जिम्मा लगाइएको पारिवारिक स्रोतले जनाएको छ ।

राईको मृत्युको कारण खुलेको छैन । मृत्युको कारण पोस्टमार्टम पछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!