संगालोखबर सम्वाददाता

विराटनगर । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिवार इजरायलमाथि गरेको आक्रमणमा परी सुनसरीका राजेशकुमार स्वर्णकारसहित कम्तिमा १० नेपालीको मृत्यु भएको छ । आक्रमणमा परी १० नेपालीको मृत्यु भएको पुष्टि भएको र बाँकी विवरण सङ्कलनको काम भइरहेको इजरायलस्थित नेपाली दुतावासले जनाएको छ ।

Advertisement

दुतावासका अनुसार मधुवान–१, सुनसरीका स्वर्णकारसहित सपही–६, धनुषाका आनन्द साह, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, कैलालीको घोडाघोडी–४ का नारायण न्यौपाने र बाउनिया–३ कैलालीका आशिष चौधरीको मृत्यु भएको पुष्टि भएको छ ।

लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, पाँचनली डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामी र सारदा–३ सल्यानका प्रवेश भण्डारीको पनि मृत्यु भएको दुतावासले जनाएको छ । केही नेपाली घाइते भएका छन् । स्थानीय अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरू आक्रमणमा परेका हुन ।

हमासले शनिवार इजरायली सहरहरूमा आकास र जमिन दुवैबाट आक्रमण गरेको हो । हमासले गरेको आक्रमणको जवाफमा इजरायलले पनि आक्रमण गरिरहेको छ । दुवै पक्षका पाँच सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । अहिले दुई पक्षबीचको लडाइँ जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!