कलकत्तामा सम्पन्न अन्तराष्ट्रिय करातेमा विराटनगरका खेलाडीलाई १४ पदक
विराटनगर । भारतको कलकत्तास्थित नेताजी स्टेडियममा सम्पन्न १० औँ अन्तर्राष्ट्रिय कराते च्याम्पियन्सिप च्यालेन्जर कपमा विराटनगरका खेलाडीले १४ पदक जितेका छन् ।
विराटनगरस्थित च्याम्पियन्स कराते एकेडेमीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै १४ पदक जितेर नेपाललाई गौरवान्वित बनाएका हुन् ।
अल इन्डिया सेइशिनकाइ शितो-र्यु कराते-डो फेडेरेसनको आयोजनामा सम्पन्न प्रतियोगितामा नेपालसहित ९ देशका करिब ७ हजार खे...































