रंगेलीको त्रिभुवन माविलाई ३१ सेट जर्सी प्रदान 

रंगेलीको त्रिभुवन माविलाई ३१ सेट जर्सी प्रदान 

विराटनगर । नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशले मोरङको रंगेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालयलाई ३१ सेट जर्सी प्रदान गरेको छ । आज परिसंघका अध्यक्ष पवन कुमार सारडा, कोषाध्यक्ष साकेत राठी र महानिर्देशक विजय हरि शर्माले विद्यालयका सहायक प्रधानाध्यापक टंकबहादुर खत्री तथा माध्यमिक तह शिक्षक देवीप्रसाद ढुंगेललाई खेलकुद जर्सी प्रदान गरेका हुन् । आगामी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई ल...
हिसान स्पोर्ट्स मिट : रेडस्टारलाई फुटबल र अरनिकोलाई टेबल टेनिसको उपाधि

हिसान स्पोर्ट्स मिट : रेडस्टारलाई फुटबल र अरनिकोलाई टेबल टेनिसको उपाधि

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको स्पोर्ट्स मिट अन्तरगत फुटबलमा रेडस्टार कलेजले छात्रछात्रा दुवैतर्फको उपाधि जितेको छ । विराटनगरको सहिद मैदानमा भएको छात्रतर्फको फाइनल खेलमा रेडस्टारले शिक्षा सन्देश कलेजलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । यस्तै छात्रातर्फ अर्किड कलेजलाई ७–० गोल अन्तरले हराउँदै रेडस्टारले उपाधि जितेको हो । ...
चिभास इस्टर्न गल्फ टुर्नामेन्टको ग्रस उपाधि राईलाई

चिभास इस्टर्न गल्फ टुर्नामेन्टको ग्रस उपाधि राईलाई

धरान । कोशी प्रदेश गल्फ संघको आयोजना तथा चिभास रिगलको साझेदारीमा सम्पन्न चिभास इस्टर्न गल्फ टुर्नामेन्टको ग्रस तर्फको उपाधि जितेन्द्र राईले जितेका छन् । धरान स्थित गल्फ कोर्समा सम्पन्न प्रतियोगितामा ग्रसतर्फको उपाधि राईले जितेका हुन् । पदम हाङ्ग लिम्बु ग्रसतर्फको उपविजेता बने । नेटतर्फ सोम गुरुङ प्रथम, भुवन घिमिरे द्वितीय र  प्रतापजङ्ग थापा तृतीय भए । महिलातर्फ ग्रसमा सम्झना खत्री र नेटतर्फ जान...
मोरङले जित्यो प्रथम कोशी एलाइट कप क्रिकेटको उपाधि

मोरङले जित्यो प्रथम कोशी एलाइट कप क्रिकेटको उपाधि

विराटनगर । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा भएको प्रथम कोशी एलाइट कप क्रिकेटको उपाधि मोरङले जितेको छ । झापालाई  २७ रनले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस हारेर ब्याटिङ गरेको मोरङले निर्धारित ४३ ओभरमा ४२ दशमलव ४ बलमा सबै विकेट गुमाई १ सय ७४ रनको योगफल तयार पारेको थियो । मोरङका कृतिक कामतले ३४ रन बनाउँदा प्रतीक पोखरेलले २६, शाकिव हकले २४, कप्तान द...
विराटनगरको कान्तिपुर कलेजलाई हिसान क्रिकेटको उपाधि

विराटनगरको कान्तिपुर कलेजलाई हिसान क्रिकेटको उपाधि

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा भएको हिसान स्पोर्ट्स मिटअन्तरगत क्रिकेटको उपाधि विराटनगरको कान्तिपुर कलेजले जितेको छ । जुट मिलको खेल मैदान भएको फाइनल खेलमा शिक्षादीप कलेजलाई ४ विकेटले पराजित गर्दै कान्तिपुरले उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको शिक्षादीपले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४६ रनको विशाल योगफल तयार पारेको थियो । शिक्ष...
झापा कोशी एलाइट कप क्रिकेटको फाइनलमा प्रवेश

झापा कोशी एलाइट कप क्रिकेटको फाइनलमा प्रवेश

विराटनगर । झापा प्रथम कोशी एलाइट कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम लिगमा सुनसरीलाई ४ विकेटले पराजित गर्दै झापा फाइनलमा प्रवेश गरेको हो । टस हारेर ब्याटिङ गरेको सुनसरीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८३ रनको सामान्य योगफल तयार पारेको थियो । सुनसरीका रविन मण्डलले ४१ रन बनाउँदा आकाश सर्राफले ३८ रनको योगदान दिए । झापाका प्लेयर अफ म्याच सौजनप्रसाद घिमिरेले ४ विकेट लिँद...
प्रथम कोशी एलाइट कप क्रिकेट : दुई खेलमा विजयी हुँदै मोरङ फाइनलमा प्रवेश

प्रथम कोशी एलाइट कप क्रिकेट : दुई खेलमा विजयी हुँदै मोरङ फाइनलमा प्रवेश

विराटनगर । मोरङ प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा जारी प्रतियोगितामा लगातार २ खेल जित्दै मोरङ फाइनलमा पुगेको हो । विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा झापालाई ४ विकेटले पराजित गर्दै समुह विजेताको रूपमा मोरङ फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित ४३ ओभरक...
कोशी एलाइट कप क्रिकेट : पहिलो खेलमा मोरङ विजयी

कोशी एलाइट कप क्रिकेट : पहिलो खेलमा मोरङ विजयी

विराटनगर । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा सुरु भएको प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगितामा मोरङ विजयी भएको छ । उद्घाटन खेलमा मोरङले सुनसरीलाई १ सय ३३ रनको फराकिलो अन्तरले पराजित गरि २ अंक जोडेको छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित ५० ओभर ८ विकेट गुमाई २ सय २० रनको सम्मानजनक योगफल तयार पारेको थियो । मोरङका शाकिव हकले ४२ रन बनाउँदा कप्तान दि...
हिसान स्पोर्ट्स मिट : क्रिकेटमा अर्किड र अरनिको सेमिफाइनलमा प्रवेश

हिसान स्पोर्ट्स मिट : क्रिकेटमा अर्किड र अरनिको सेमिफाइनलमा प्रवेश

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा जारी स्पोर्ट्स मिट अन्तरगत क्रिकेटमा अर्किड र अरनिको कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् । जुट मिलको मैदानमा भएको पहिलो खेलमा अर्किड कलेजले ग्रिनल्याण्ड कलेजलाई १ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । टस हारेर ब्याटिङको गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरको खेलमा १७ दशमलव २ बलमा सबै विकेट गुमाई ७८ रनको...
विराटनगरमा प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगिता हुँदै

विराटनगरमा प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगिता हुँदै

विराटनगर । विराटनगरमा प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा माघ १४ देखि १७ गतेसम्म विराटनगरको मेरिलेबन क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको हो । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट भएका तीन वटा टिमले सहभागिता जनाउने बताएको छ । ...
विराटनगरको आदर्श विद्यालयले जित्यो मेयर कप फुटबलको उपाधि

विराटनगरको आदर्श विद्यालयले जित्यो मेयर कप फुटबलको उपाधि

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा भएको प्रथम अण्डर–१६ मेयर कप फुटबल प्रतियोगिताको उपाधि आदर्श माध्यमिक विद्यालयले जितेको छ । आज विराटनगरस्थित सहिद रंगशालामा सम्पन्न प्रतियोगितामा डनबस्को स्कुललाई ३–० गोलअन्तरले हराउँदै आदर्शले उपाधि जितेको हो । उपाधिसँगै आदर्शले १ लाख २५ हजार नगदसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त  गरेको छ । आदर्शका लागि एलन थापा, दिलीप यादव र आदित्य ढुंगेलल...
हिसान स्पोर्ट्स मिट : क्रिकेटमा शिक्षादीप र विराट, फुटबलमा मोर्डन ऐरा र अर्किड विजयी 

हिसान स्पोर्ट्स मिट : क्रिकेटमा शिक्षादीप र विराट, फुटबलमा मोर्डन ऐरा र अर्किड विजयी 

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा जारी स्पोर्ट्स मिट अन्तरगत क्रिकेटमा शिक्षादीप र विराट क्याम्पस विजयी भएका छन् । जुट मिलको खेल मैदानमा भएको पहिलो खेलमा शिक्षादीप कलेजले विकेभिएम कलेजलाई १ विकेटले पराजित गर्दै क्वाटरफाइनमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङको गरेको विकेभिएमले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ५ बलमा सबै विकेट गुमाउँदै ९९ रनको योगफ...
धरानमा चिभास इस्टर्न गल्फ टुर्नामेन्ट हुँदै

धरानमा चिभास इस्टर्न गल्फ टुर्नामेन्ट हुँदै

विराटनगर । सुनसरीको धरानमा ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट २०२६’ हुने भएको छ । धरानस्थित गल्फ कोर्समा १ सय २० भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागितामा प्रतियोगिता हुने भएको हो । कोशी प्रदेश गल्फ संघको आयोजनामा माघ १६ र १७ गते प्रतियोगिता सञ्चालन हुने छ । संघका अध्यक्ष सुयश प्याकुरेलले गल्फ खेलको दीर्घकालीन विकास, पूर्वी नेपालमा गल्फ खेलको प्रचार र सम्भावना विकास गर्ने उद्देश्यसहित प्रति...
क्रिकेट लिगको उपाधि विराटनगरलाई

क्रिकेट लिगको उपाधि विराटनगरलाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा भएको क्रिकेट लिगको उपाधि विराटनगरले जितेको छ । मेलीवोन ज्वाला क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सिद्धार्थ स्पोर्टिङ क्लबलाई २ रनले पराजित गर्दै विराटनगर क्रिकेट क्लबले उपाधि जितेको हो । उपाधिसँगै विराटनगरले नगद २५ हजार र ट्रफि हात पारेको छ भने उप विजेता सिद्धार्थले नगर १० हजार र ट्रफीमा चित्त बुझाएको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित...
विराटनगर क्रिकेट लिगमा लायनको पहिलो जित

विराटनगर क्रिकेट लिगमा लायनको पहिलो जित

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा जारी विराटनगर क्रिकेट लिगमा लायन क्रिकेट एकेडेमीले पहिलो जित निकालेको छ । विराटनगरको मेलीवोन ज्वाला क्रिकेट मैदानमा भएको समूह ‘बी’ को अन्तिम खेलमा लायनले पहिलो जित निकालेको हो । आज भएको खेलमा डाइनामिक क्रिकेट एकेडेमीलाई लायनले ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङको गरेको डाइनामिकले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २१ रनको योगफल तयार पारे...
विराटनगर क्रिकेट लिग : सिद्धार्थ स्पोर्टिङ क्लब फाइनलमा प्रवेश 

विराटनगर क्रिकेट लिग : सिद्धार्थ स्पोर्टिङ क्लब फाइनलमा प्रवेश 

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा जारी विराटनगर क्रिकेट लिगमा सिद्धार्थ  स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको छ । विराटनगरको मेलिवोन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा सिद्धार्थले लायन क्रिकेट एकेडेमीलाई ३० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थले फाइनलको यात्रा तय गरेको छ भने लायन २ खेलमै पराजित हुँदै  प्रतियोगिताबाट बाहिरिएको छ ।...
विराटनगर क्रिकेट लिगमा इलाइट क्लबको पहिलो जित

विराटनगर क्रिकेट लिगमा इलाइट क्लबको पहिलो जित

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा जारी विराटनगर क्रिकेट लिगमा इलाइट क्रिकेट क्लबले पहिलो जित निकालेको छ । विराटनगरको मेरिवोन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीलाई १७ रनले पराजित गर्दै इलाइटले पहिलो जित दर्ता गरेको हो । टस जितेर ब्याटिङ गरेको इलाइटले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सस ५४ रनको योगफल तयार पारेको थियो । इलाइटलागि सागर मल्लिकले ४१ रन ...
विराटनगर क्रिकेट लिगमा सिद्धार्थ र विराट क्रिकेट एकेडेमी विजयी

विराटनगर क्रिकेट लिगमा सिद्धार्थ र विराट क्रिकेट एकेडेमी विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा जारी विराटनगर क्रिकेट लिगमा सिद्धार्थ स्पोर्टिङ क्लब र विराट क्रिकेट एकेडेमी विजयी भएका छन् । आइतबार विराटनगरको मेरिवोन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा दुबै टोली विजयी भएका हुन् । पहिलो खेलमा डाइनामिक क्रिकेट एकेडेमीलाई ७३ रनको फराकिलो अन्तरले पराजित गर्दै सिद्धार्थले जित निकालेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको सिद्धार्थले निर्धारित १८ ओभरमा...
विराटनगरमा विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता हुने

विराटनगरमा विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता हुने

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने र खेलप्रति विद्यार्थीलाई आकर्षित गराउने उद्देश्यले माघ ६ गतेदेखि अण्डर-१६ फुटबल प्रतियोगिता आयोजना हुने भएको हो । आदर्श माध्यमिक विद्यालयको समन्वयमा हुने प्रतियोगितामा महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत गरेर २५ वटा विद्यालयले सहभागिता ...
विराटनगर क्रिकेट लिगको दोस्रो खेलमा डाइनामिक एकेडेमी विजयी

विराटनगर क्रिकेट लिगको दोस्रो खेलमा डाइनामिक एकेडेमी विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा जारी क्रिकेट लिगमा आज भएको खेलमा डाइनामिक क्रिकेट एकेडेमी विजयी भएको छ । विराटनगरको मेरिवोन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा कटहरी क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै डाइनामिक क्रिकेट एकेडेमी विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको कटहरीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सस १८ रनको सामान्य योगफल तयार पारेको थियो । कटहरीका लागि प्रसिद्ध ...
विराटनगर क्रिकेट लिग : उद्‌घाटन खेलमा कटहरी क्रिकेट क्लब विजयी

विराटनगर क्रिकेट लिग : उद्‌घाटन खेलमा कटहरी क्रिकेट क्लब विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा आजबाट सुरु भएको विराटनगर क्रिकेट लिगको उद्‌घाटन खेलमा कटहरी क्रिकेट क्लब एकेडेमी विजयी भएको छ । विराटनगरको मेरिवोन ज्वाला क्रिकेट मैदान भएको खेलमा लायन क्रिकेट एकेडेमीलाई ६९ रनले पराजित गर्दै कटहरीले जित निकालेको हो । टस जितेर ब्याटिङ गरेको कटहरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सस ६४ रन बनायो । कटहरीका लागि समिर यादवले १८ बलमा ५ छक्का प्रहार गर...
आयोजकले जित्यो तेस्रो त्रिवेणी कप पुरुष भलिबलको उपाधि

आयोजकले जित्यो तेस्रो त्रिवेणी कप पुरुष भलिबलको उपाधि

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा सम्पन्न तेस्रो त्रिवेणी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकले चुमेको छ । त्रिवेणी खेलकुद विकास समितिको आयोजनामा चौबिसे गाउँपालिका-४ र ५ को संगमस्थल हंसमोरङमा बिहीबार भएको फाइनल खेलमा कोशी प्रदेश प्रहरीलाई पराजित गर्दै आयोजकले उपाधि चुमेको हो । फाइनल खेलमा त्रिवेणीले कोशी प्रदेश प्रहरीलाई २३-२५, २५-२२, २१-२५, २५-२१ र १५-७ को सेटमा हराएको छ । आयोजकले उपा...
साँगुरीगढीको छिनाम चोकमा महिला–पुरुष खुल्ला भलिबल प्रतियोगिता हुँदै

साँगुरीगढीको छिनाम चोकमा महिला–पुरुष खुल्ला भलिबल प्रतियोगिता हुँदै

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ स्थित छिनाम चोकमा महिला तथा पुरुष खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । माघे संक्रान्तिको अवसरमा जलदेवी नव छिनाम चोक युवा क्लबको आयोजनामा छैटौँ खुल्ला भलिबल प्रतियोगिता हुन लागेको हो । माघ १ देखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष दिनेश राईले जानकारी दिए । छिन्ताङ देवी ढाङढुङ्गे मन्दिरको प्रचार-प्रसार तथा पर्यटन प्रवर्द्धनका लागि प्रतियो...
विराटनगरको एभरेष्ट स्कुलले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

विराटनगरको एभरेष्ट स्कुलले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

विराटनगर । विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि एभरेष्ट माध्यमिक विद्यालयले जितेको छ । आज सहिद रंगशालामा सम्पन्न भएको प्रतियोगितामा ११ स्वर्ण, ९ रजत र ११ कास्यसहित एभरेष्टले ३१ पदकका साथ उपाधि जितेको हो । विराटनगर महानगरपालिकाको आयोजना र एभरेष्ट विद्यालयको संयोजनमा सम्पन्न प्रतियोगिता ८ स्वर्ण, ११ रजत र ७ कास्य सहित २६ पदकका साथ आदर्श माध्यमिक विद्यालय द्...
कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज र विराट स्पोर्ट्स जोनबीच सम्झौता

कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज र विराट स्पोर्ट्स जोनबीच सम्झौता

विराटनगर । कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज यंग इन्टरप्रेन्योर्स फोरम कोशी र विराटनगरस्थित विराट स्पोर्ट्स जोन बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज कोशीका सदस्यहरूले विराट स्पोर्ट्स जोनमा उपलब्ध विभिन्न खेलकुद गतिविधिमा विशेष छुट प्राप्त गर्ने छन् । यस्तै कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज र सदस्यहरूले सामाजिक सञ्जालमार्फत विराट स्पोर्ट्स जोनको प...
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको प्रशिक्षकमा भारतका हर्षल 

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको प्रशिक्षकमा भारतका हर्षल 

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका हर्षल पाठक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आज पाठकलाई प्रशिक्षकमा नियुक्त गरेको जानकारी गराएको छ । पाठक यसअघि थाइल्यान्डको महिला टोलीको प्रशिक्षक थिए । उनको नेतृत्वमा थाइल्यान्डले एसियाकपमा सेमिफाइनलको यात्रा गरेको थियो । नेपाली महिला राष्ट्रिय क्रिकेट टिम अहिले आईसीसी विमेन्स टी-२० ग्लोबल क्वालिफायर तयारी ...
विराटनगरमा पाँच करोडको लगानीमा खुल्यो विराट स्पोर्ट्स जोन

विराटनगरमा पाँच करोडको लगानीमा खुल्यो विराट स्पोर्ट्स जोन

विराटनगर । विराटनगर महानगरपालिका-३ मा निजी क्षेत्रको लगानीमा विराट स्पोर्ट्स जोन खुलेको छ । आधुनिक खेलकुद पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित पाँच करोडको लगानीमा स्पोर्ट्स जोन खुलेको हो । स्पोर्ट्स जोनको मंसिर २७ गते शनिबार औपचारिक उद्‌घाटन गरिने आज पत्रकार सम्मेलनमार्फत सञ्चालक समितिले जानकारी दिइएको छ । ३० कट्ठा क्षेत्रफलमा तयार गरिएको संरचनाले प्रदेशको खेलकुद क्षेत्रलाई नयाँ दिशामा अघि बढाउने...
फाइनल प्रवेशका लागि आज विराटनगर र लुम्बिनी भिड्दै

फाइनल प्रवेशका लागि आज विराटनगर र लुम्बिनी भिड्दै

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज फाइनल प्रवेशका लागि विराटनगर किंग्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दैछन् । दोस्रो क्वालिफायर अन्तरगत किर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा खेल अपराह्‍न ४ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाल्ने टिमले उपाधिका लागि साविक उपविजेतासमेत रहेको सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । दुबै टोली फाइनलमा स्थान बनाउने योजनाका साथ मैदानमा उत्रने छन् । विराटनग...
पोर्चुगलमा नेपालका रोजनले जिते काश्य पदक

पोर्चुगलमा नेपालका रोजनले जिते काश्य पदक

विराटनगर । पोर्चुगलमा भएको खुला कराते प्रतियोगितामा नेपालका रोजन खड्काले काश्य पदक जितेका छन् । टोरेस वेदरास सहरमा भएको ७५ किलो तौल समूहमा खड्काले पदक जितेका हुन् । उनी नेपालका राष्ट्रिय खेलाडी पनि हुन् । हाल उनी रोजगारीको सिलसिलामा पोर्जुगलमा छन् । नजिकै खेल भएको थाहा पाएपछि आफूपनि सहभागि भएको उनले बताए । प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएका उनले विदेशी भूमिमा पनि खेलप्रतिको मोह उत्...
एनपीएल : पहिलो क्वालिफायरमा आज विराटनगर र सुदूरपश्चिम भिड्दै

एनपीएल : पहिलो क्वालिफायरमा आज विराटनगर र सुदूरपश्चिम भिड्दै

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आज पहिलो क्वालिफायर खेल हुँदैछ । आजको खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजेदेखि सुरु हुनेछ । लिग चरणमा विराटनगरले सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक लगाएको थियो । लिगमा सुदूरपश्चिमले पहिलो र विराटनगरले दोस्रो स्थान सुनिश्चित गरेका थिए । सुदूरपश्चिमले सा...
प्याब्सन स्पोर्ट्स मिट : विराटनगरको एभरेष्ट र सुन्दरहरैँचाको सिद्धार्थलाई उपाधी

प्याब्सन स्पोर्ट्स मिट : विराटनगरको एभरेष्ट र सुन्दरहरैँचाको सिद्धार्थलाई उपाधी

विराटनगर । विराटनगरको एभरेष्ट र सुन्दरहरैँचाको सिद्धार्थ स्कुलले १५ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि जितेका छन् । विराटनगरमा सम्पन्न प्रतियोगितामा ५ स्वर्ण पदकसहित सिनियरतर्फ एभरेष्ट र ७ स्वर्णसहित जुनियरतर्फ सिद्धार्थ स्कुलले उपाधि जितेका हुन् । जुनियरतर्फ ५ स्वर्णसहित सुन्दरहरैँचाको पूर्वाञ्चल एकेडेमी द्वितीया, २ स्वर्ण र २ कास्य पदकसहित ग्रामथानको शारदा सेकेन्डरी स्कुल तृतीय तथा २...
error: Content is protected !!