ताप्लेजुङबाट प्रहरीले नियन्त्रणमा लियो चार वटा शंकास्पद बोलेरो

ताप्लेजुङबाट प्रहरीले नियन्त्रणमा लियो चार वटा शंकास्पद बोलेरो

ताप्लेजुङ । यातायात व्यवस्था कार्यालयको अभिलेखमा नदेखिएका र सवारी दर्ता किताबको विवरणमा मेल नखाएका चार वटा बोलेरो ताप्लेजुङबाट प्रहरीले नियन्त्रणमा लिएको छ । फुङलिङ नगरपालिकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले चार वटा बोलेरो नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सवारीमध्ये ना १ ज १५८३ नम्बरको सवारी यातायात व्यवस्थापन कार्यालय वीरगन्ज पर्साको अभिलेखमा देखिँदैन भने को १ ज ११११ नम्बरको सवारी ...
ताप्लेजुङको पाथीभरामा ३४ लाख ४८ हजार भेटी सङ्कलन

ताप्लेजुङको पाथीभरामा ३४ लाख ४८ हजार भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा ३४ लाख बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिक महिनामा ३४ लाख ४८ हजार पाँच सय भेटी सङ्कलन भएको हो । समितिले हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दै आइरहेको छ । अहिले पाथीभरा दर्शनका लागि प्रमुख सिजन भएका कारण दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएको छ । तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपा...
ताप्लेजुङमा फल्यो स्याउ

ताप्लेजुङमा फल्यो स्याउ

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउ फलेको छ । स्थानीय किसान र विभिन्न संस्थाहरूले परीक्षणका रूपमा रोपेका स्याउ फलेको हो । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा आधार शिविर प्रवेशद्वारमा अवस्थित फले र घुन्सामा इटालीबाट ल्याइएका बिरुवा रोपिएको थियो । रोपेको छ महिनामै स्याउ फल्न थालेपछी स्थानीय आशावादी बनेका छन् । हिमाली भू-भा...
ताप्लेजुङमा अलैँचीको मूल्य बढ्यो 

ताप्लेजुङमा अलैँचीको मूल्य बढ्यो 

ताप्लेजुङ । ताप्लेजुङमा अलैँचीको मूल्य बढेको छ । अलैँचीको मूल्य प्रतिमन एक लाख रुपैयाँ नाघेको छ । अलैँची व्यवसायी सङ्घका अनुसार गुणस्तरीय अलैँची प्रतिमन एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ । शनिबार प्रतिमन ९६ हजार रुपैयाँ रहेको अलैँचीको मूल्य शनिबार दिउँसोपछि प्रतिमन दुई हजार रुपैयाँले बढेर ९८ हजार रुपैयाँ पुगेको थियो । आइतबार फेरि प्रतिमन चार हजारका दरले बढेर एक लाख दुई हजार रुपैयाँ...
ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका-३ आङखोपमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सिदिङवा-३ आङखोपका ६० वर्षीय लोकबहादुर कुँवरको घटनास्थलमै मृत्यु भएको हो । मंगलबार साँझ पाँचथरको थर्पु हुँदै सिदिङवा गाउँपालिकाकै ढङढङे झरनाबाट आङ्खोपतर्फ जाँदै गरेको प्र १-०१-००१ ज ३४७० नम्बरको गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा आङखोपकै ६० वर्षीय लोकबहादुर चौहान र ४५...
ताप्लेजुङमा मनाइयो साताव्यापी रेडपान्डा दिवस

ताप्लेजुङमा मनाइयो साताव्यापी रेडपान्डा दिवस

ताप्लेजुङ । ताप्लेजुङमा साताव्यापी रेडपान्डा दिवस मनाइएको छ । विभिन्न कार्यक्रम आयोजना गर्दै १५ औँ अन्तर्राष्ट्रिय रेडपान्डा दिवस मनाइएको हो । रेडपान्डाको बासस्थान नजिकै रहेका विद्यालयहरूमा रेडपान्डा दिवस मनाएको हिमाली संरक्षण मञ्चले जनाएको छ । मञ्चका अनुसार भदौ १८ गतेदेखि २९ गतेसम्म फुङ्लिङ, फक्ताङलुङ, सिरिजङ्घा र पाथीभरा याङवरक गाउँपालिकासहितका विद्यालयमा कविता, निबन्ध, वक्तृत्वकला, हाजिरी जव...
ताप्लेजुङमा बाढीले जलविद्युत आयोजनामा क्षति पुऱ्याउँदा दुई सय परिवार विद्युतविहीन

ताप्लेजुङमा बाढीले जलविद्युत आयोजनामा क्षति पुऱ्याउँदा दुई सय परिवार विद्युतविहीन

विराटनगर । ताप्लेजुङमा बाढीले जलविद्युत आयोजनामा क्षति पुऱ्याउँदा दुई सय घरपरिवार विद्युतविहीन भएका छन् । फक्ताङलुङ गाउँपालिका-६ लेलेपमा रहेको थाक्पाखोला लघु जलविद्युत आयोजनामा सोमबार राति आएको बाढीले ५० किलोवाट क्षमताको लघुजलविद्युत आयोजनामा क्षति पुर्याएको हो । गत असार अन्तिम सातामा आएको बाढीले क्षति पुर्याएको विद्युतको पुनः निर्माण गरी सञ्चालनमा आएको दुई सातामै बाढीले क्षति पुर्याएको वडा नम...
ताप्लेजुङमा काबेली नदीले एक्साभेटर र टिपर बगायो

ताप्लेजुङमा काबेली नदीले एक्साभेटर र टिपर बगायो

ताप्लेजुङ । ताप्लेजुङको काबेली नदीले एक्साभेटर र टिपर बगाएको छ । गएराति परेको अविरल वर्षासँगै पानीको बहाव बढेपछि सिनाम पावर हाउसमा रहेका दुई वटा एक्साभेटर र दुई वटा टिपर बगाएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार काबेली नदीले नम्बर नखुलेका दुईवटा एस्काभेटर र दुईवटा टिपर बगाएको छ । सिरिजङ्गा गाउँपालिका-१ स्थित उक्त पावरहाउसबाट बगाएका दुई वटा एक्साभेटर भने करिब २० मिटर तल डुबेको अवस्था...
ताप्लेजुङमा पुल निर्माणको क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

ताप्लेजुङमा पुल निर्माणको क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा करेन्ट लागेर युवकको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका-५ का ३० वर्षीय सन्तोष राईको करेन्ट लागेर मृत्यु भएको हो । तक्मेवा खोलामा पुल निर्माणको क्रममा करेन्ट लागेर घाइते भएका राईलाई उपचारका लागि प्राथमिक उपचार केन्द्र तापेथोक लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सो स्थानमा पाथीभरा सर्भिस सेन्टरले पुल निर्माणको जिम...
ताप्लेजुङमा ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षकको मृत्यु 

ताप्लेजुङमा ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षकको मृत्यु 

विराटनगर । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको मृत्यु भएको छ । झापाको धुलाबारी घर भई ताप्लेजुङमा कार्यरत ४५ वर्षीय भुजेलको आज मृत्यु भएको हो । ड्युटी जाने क्रममा कार्यालय परिसरबाट बाहिर निस्कँदै गर्दा अचानक बेहोस भई भुइँमा लडेका थिए । तत्कालकै जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीले ड्युटीक...
विकास निर्माणका काममा जिल्लावासी सबैको सहयोग हुनुपर्छ : योगेश भट्टराई

विकास निर्माणका काममा जिल्लावासी सबैको सहयोग हुनुपर्छ : योगेश भट्टराई

ताप्लेजुङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश कुमार भट्टराईले निजी क्षेत्रले गरिरहेको विकासमा अवरोध पुर्याउन नहुने बताएका छन् । आज प्रेस चौतारी नेपाल ताप्लेजुङले सदरमुकाम फुङ्लिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन् । उनले विकास निर्माणका काममा जिल्लावासी सबैको साथ सहयोग हुनुपर्ने बताए । विकासका गतिविधिहरूले पहिचानको विषयमा खेलबा...
ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा शिक्षिकाको मृत्यु, चालक घाइते

ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा शिक्षिकाको मृत्यु, चालक घाइते

विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका-११ स्थित फावा खोलामा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा फुङलिङ-११ बस्ने अन्दाजी २८ वर्षीया भावना बिकको मृत्यु भएको हो । प्रहरीका अनुसार उनी सिरिजङ्गा गाउँपालिका-३ सिकैचास्थित सरस्वती माध्यमिक विद्यालयकी शिक्षिका हुन् । दुर्घटनामा घाइते भएकी उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजु...
ताप्लेजुङमा तमोर, घुन्सा र हेल्लोकमा आएको बाढीले बगायो बेलिब्रिज 

ताप्लेजुङमा तमोर, घुन्सा र हेल्लोकमा आएको बाढीले बगायो बेलिब्रिज 

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङबाट उत्तरी क्षेत्रमा पर्ने फक्ताङलुङ गाउँपालिका-५ तापेथोक र वडा नम्बर ६ लेलेप जोड्ने तमोर नदीमाथिको बेलिब्रिज बाढीले बगाएको छ । चार वर्षअघि करिब पाँच करोड रुपैयाँ लागतमा बनाइएको उक्त बेलिब्रिज आज बिहान आएको बाढीले बगाएको हो । स्थानीयका अनुसार तमोर, घुन्सा र हेल्लोक तीनवटै खोलामा ठूलो बाढी आएको छ । वडा नम्बर ६ का वडाध्यक्ष पेमाटासी शेर्पाका अनुसार आज बिहान...
ताप्लेजुङको पाथीभरामा तीन करोड बढी भेटी संकलन

ताप्लेजुङको पाथीभरामा तीन करोड बढी भेटी संकलन

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरामा तीन करोड बढी भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार आर्थिक वर्ष २०८१/८२ मा तीन करोड ११ लाख ६४ हजार रुपैयाँ भेटी संकलन भएको हो । उक्त अवधिमा दुई लाख १७ हजार आठ सय ७६ जनाले पाथीभरा दर्शन गरेका छन् । समितिका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०८१/८२ मा तीर्थयात्रीको संख्यासँगै भेटी रकम पनि घटेको हो । समितिका अनुसार आर्थिक वर्ष २०८...
ताप्लेजुङमा घरमाथिबाट पहिरो खस्दा एक जना गम्भीर घाइते

ताप्लेजुङमा घरमाथिबाट पहिरो खस्दा एक जना गम्भीर घाइते

विराटनगर । ताप्लेजुङमा पहिरोले घर पुरिँदा एक महिला गम्भीर घाइते भएकी छन् । सिदिङबा गाउँपालिका-३ आङखोपमा कुलोमा बगेको पानी छेकिएर घरमाथिको खेतमा पस्दा पहिरो खसेको हो । पहिरोले हस्तबहादुर कटुवालको घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर हस्तबहादुरकी श्रीमती ५० वर्षीय ठगमाया कटुवाल गम्भीर घाइते भएकी ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । परिवारका अन्य सदस्यको अवस्था...
ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान ठप्प

विराटनगर । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा पूर्णरूपमा ठप्प भएको छ । मौसमका कारण नियमित उडान प्रभावित भइरहेका बेला हाल प्राविधिक समस्या र पूर्वाधार अभावका कारण उडान स्थगित भएको हो । विमानस्थल सञ्चालनमा रहेको नेपाल वायुसेवा निगमले केही सातादेखि उडान नगरेको पुष्टि गरेको छ । निगमका अनुसार विमानको नियमित मर्मत तथा मौसम प्रतिकूलताले गर्दा सुकेटारमा हाल उडान सञ्चालन हुन सकेको छैन । निजी क्ष...
ताप्लेजुङमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ 

ताप्लेजुङमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ 

ताप्लेजुङ । ताप्लेजुङमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । फुङलिङ नगरपालिका-६ का २८ वर्षीय तेजेन्द्र लिम्बुको हत्या गरेको आरोपमा सोही स्थानका ३२ वर्षीय अर्जुन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । घटना पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङ्लिङ-९ स्थित भीरकुना जंगलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । फक्तालुङ गाउँपाल...
ताप्लेजुङमा खुकुरी प्रहार गरी एक जनाको हत्या

ताप्लेजुङमा खुकुरी प्रहार गरी एक जनाको हत्या

विराटनगर । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-३ लिङखिमस्थित सिस्ने खोलानजिकै खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । मंगलबार राति फुङलिङ नगरपालिका-६ उकाली पानीका ३२ वर्षीय अर्जुन गुरुङले खुकुरी प्रहार गर्दा पक्तालुङ-३ का २८ वर्षीय तेजेन्द्र लिम्बुको मृत्यु भएको हो । प्रहरीका अनुसार अर्जुन गुरुङ र उनकी श्रीमती सरिता लिम्बु फक्ताङलुङ–३ तावास्थित फुपु योगमाया लिम्बूको घरमा पाहुना गएका थिए । त्यहाँ...
ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते

ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ खाम्लुङको साक्फारामा बोलेरो गाडी दुर्घटना हुँदा ९  जना घाइते भएका छन् । नाल्बुबाट सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको ज १ च १३१७ नम्बरको बोलेरो गाडी आज बिहान साढे १० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी मेरिङदेन गाउँपालिका–६ नाल्बुका साङगे शेर्पा, १७ वर्षीया दावा शेर्पा, २६ वर्षीया छुनु माबो लिम्बू, १७ वर्षीया दावाचुङदा शेर्पा, ६८ वर्षीय भीमकुमार केदेम...
ताप्लेजुङको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परिवारले बुझ्यो

ताप्लेजुङको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परिवारले बुझ्यो

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा सोमबार जिपमा आगलागी हुँदा ज्यान गुमाएकाहरूको शव परिवारले बुझेको छ । विद्युतको तार लत्रिएर जिपमा छुँदा आगलागी भएपछि एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार झापा भद्रपुरका विनोद पौडेल, सरिता पौडेल र ललितपुरकी आध्या आचार्यको शव विनोदका भाइ महेश पौडेलले बुझेका छन् । उनीहरूको आज झापाको भद्रपुरमा अन्त्येष्‍टि गरिने जनाइएको छ । आमा सवि...
ताप्लेजुङ दुर्घटना : मुख्यमन्त्री कार्कीद्वारा दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन

ताप्लेजुङ दुर्घटना : मुख्यमन्त्री कार्कीद्वारा दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ताप्लेजुङमा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज बिहान गुडिरहेको यात्रुबाहक जिपमा विजुलीको तार झरेर चार जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको सत्यतथ्य छानबिन गरेर अविलम्ब दोषीलाई कानुनी दायरामा ल्याउन जिल्ला प्र...
पाथीभरा मन्दिर जाँदै गरेको जिपमा करेन्ट लाग्दा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

पाथीभरा मन्दिर जाँदै गरेको जिपमा करेन्ट लाग्दा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि जाँदै गरेका तीर्थयात्री सवार जिपमा विजुलीको लत्रिएको तारबाट करेन्ट लाग्दा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । फुङलिङबाट दर्शनार्थी लिएर जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा फुङलिङ–१० सेवारो चोकमा लत्रिएको विजुलीको तारबाट आइतबार बिहान करिब ५ बजे करेन्ट प्रवाह भएर आगो लागेको हो । करेन्ट लागेर ...
ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका-५ याङशिला चोकमा बुधबार दिउँसो भएको दुर्घटनामा चालक पाँचथरको फिदिम नगरपालिका-३ का २५ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा आधारभूत स्वास्थ्य चौकी तापेथोकमा मृत्यु भएको हो । दुर्घटनामा फिदिम-३ का स...
एक वर्षमा दुई लाख बढी तीर्थयात्री पुगे पाथीभरा

एक वर्षमा दुई लाख बढी तीर्थयात्री पुगे पाथीभरा

विराटनगर । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा एक वर्षको अवधिमा दुई लाख बढी तीर्थयात्री पुगेका छन् । २०८१ सालमा दुई लाख २१ हजार छ सय दुई जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका हुन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिक महिनामा सबैभन्दा बढी र साउनमा सबैभन्दा कम दर्शनार्थी पाथीभरा पुगेका थिए । साउनमा एक हजार नौ सय ५५ र कात्तिकमा ६१ हजार एक सय ७३ जना तीर्थयात्री पाथीभरा...
ताप्लेजुङमा आगलागी हुँदा ६ लाखको क्षति

ताप्लेजुङमा आगलागी हुँदा ६ लाखको क्षति

विराटनगर । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-५ थुकिमाको सिङथाप टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । खोले पकाउने चुल्होबाट सल्किएको आगोले स्थानीय सन्तोष तामाङको काठ र जस्तापाताले बनेको दुई तले घर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आगलागीबाट घरभित्र राखिएको खाद्यान्न, सुनका गरगहना, ७० हजार नगद र अन्य सामग्री जलेका छन् ।हावाहुरीको समय भएकाले सावधानी अपनाएर आगो बाल्न...
ताप्लेजुङमा लडेर एक पुरुषको मृत्यु

ताप्लेजुङमा लडेर एक पुरुषको मृत्यु

विराटनगर । ताप्लेजुङमा लडेर एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार आठराई गाउँपालिका-१ का ५७ वर्षीय सुरेन्द्र तामाङको आज दिउँसो मृत्यु भएको हो । बारीमा बालेको आगो एक्कासि ठूलो बलेर खुट्टामा पोलेपछि उनी भागेका थिए । भाग्ने क्रममा बारीको डिलबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी बारीको डिलबाट करिब ८ मिटर तल खसेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहे...
पाथीभरामा फागुनमा १३ लाख भेटी सङ्कलन

पाथीभरामा फागुनमा १३ लाख भेटी सङ्कलन

ताप्लेजुङ । पूर्वी नेपालको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा गत फागुन महिनामा १३ लाख भन्दा बढी भेटी सङ्कलन भएको छ । मन्दिर दर्शन गर्न आएका भक्तजनबाट १३ लाख ३ हजार ५ सय रुपैयाँ भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । फागुन महिनामा पाथीभरा दर्शन गर्न आएका ७ हजार ४ सय २८ जना भक्तजनहरूबाट भेटी सङ्कलन भएको हो । यसअघि माघ महिनामा पाथीभरामा २४ लाख १ हजार ५ सय रुपैयाँ...
ताप्लेजुङमा समूह गठन गरि सामूहिक मकैखेती 

ताप्लेजुङमा समूह गठन गरि सामूहिक मकैखेती 

विराटनगर । ताप्लेजुङका किसानले सामूहिक मकैखेती सुरु गरेका छन् । कृषक समूह गठन गरेर १२ परिवारले एक सय ४० रोपनी क्षेत्रफलमा मकैखेती गरिरहेका छन् । परम्परागत खेतीलाई विस्थापित गर्दै समूह बनाएर आधुनिक खेतीतर्फ कृषक आकर्षित भएका हुन् । प्रत्येक कृषकले आफ्नो इच्छा अनुसार फरक-फरक बाली लगाउँदै आएकामा अब भने सामूहिक तर्फ आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले मकै जो...
ताप्लेजुङमा लगाइएको निषेधाज्ञा हट्यो

ताप्लेजुङमा लगाइएको निषेधाज्ञा हट्यो

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइएको छ । फागुन ११ गते बिहान पाँच बजेबाट जारी गरिएको निषेधाज्ञा मंगलबार राति ११ बजेदेखि हटाइएको हो । जिल्ला सुरक्षा समितिको सिफारिस अनुसार तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । ताप्लेजुङमा ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबी...
ताप्लेजुङका सीडीओ भन्छन् : बाहिरबाट आएका मान्छेहरूले आन्दोलन भड्काए 

ताप्लेजुङका सीडीओ भन्छन् : बाहिरबाट आएका मान्छेहरूले आन्दोलन भड्काए 

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा भइरहेको आन्दोलन संयमता भन्दा बाहिर गएको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताएका छन् । संगालोखबरसँगको कुराकानीमा सीडीओ शर्माले आन्दोलन भड्काइएको र अनुशासन भन्दा बाहिर गएको बताएका हुन् । उनले आन्दोलनकर्ताहरूले कानुनलाई हातमा लिन खोजेको उल्लेख गरे । ‘शनिबार साँझ आन्दोलन कर्ताहरूले राँके जुलुस निकालेर राँको प्रहरी र नागरिक...
पाथीभरामा केबलकार विवाद : स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी 

पाथीभरामा केबलकार विवाद : स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी 

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा पुनः आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । आज बिहान ५ बजेदेखि लागू भएको निषेधाज्ञा अर्को आदेश जारी नभएसम्म लागू हुनेछ । बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुल...
error: Content is protected !!