उदयपुरमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते

उदयपुरमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ स्थित अधेरीमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते भएका छन् । आज बिहान १० बजे कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना ७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको बा ४ ख ५६३५ नम्बरको हायस एक-आपसमा ठोक्किएका हुन् । दुर्घटनामा परी घाइते भएका ८ जनालाई थप उपचारको लागि न्युरो अस्पताल विराटनगरमा रिफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य घाइतेको जिल...
उदयपुरको त्रियुगाका नागरिकलाई विराटनगरको न्युरो अस्पतालमा विशेष सहुलियत

उदयपुरको त्रियुगाका नागरिकलाई विराटनगरको न्युरो अस्पतालमा विशेष सहुलियत

विराटनगर । विराटनगरको न्युरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटल र त्रियुगा नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।त्रियुगाकाबासीहरूलाई विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौतासँगै अब त्रियुगा नगरपालिकाका बासिन्दाहरूले न्युरो हस्पिटलमा उपचार गराउँदा विशेष छुट र सहुलियत प्राप्त गर्नेछन् । अस्पतालका अनुसार त्रियुगाबासीलाई उपचारम...
उदयपुरबाट ११ सय २२ किलो गाँजा र बोलेरोसहित तीन जना पक्राउ

उदयपुरबाट ११ सय २२ किलो गाँजा र बोलेरोसहित तीन जना पक्राउ

विराटनगर । उदयपुरबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । आज बिहान कटारी नगरपालिका-६ बाँकेटारस्थित शान्तिवन क्षेत्रबाट प्रहरीले एक हजार एक सय २२ किलो गाँजा बरामद गरेको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वन भित्र खोजतलास गर्ने क्रममा बा १६ च ५२६९ नम्बरको बोलेरो र जंगलको विभिन्न स्थानमा ५२ वटा प्लास्टिकको बोरामा लुकाएर राखिएको गाँजा बरामद गरेको छ । गाँजा बरामद भएसँगै ओसार-पसारमा संलग्न...
न्युरो अस्पतालको वार्षिकोत्सव : गाईघाटमा मिनी म्याराथन र निःशुल्क स्वास्थ्य शिविर

न्युरो अस्पतालको वार्षिकोत्सव : गाईघाटमा मिनी म्याराथन र निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । विराटनगरको न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले उदयपुरको गाईघाटमा विविध सामाजिक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रम गरेर २६ औँ वार्षिकोत्सव मनाएको छ । शनिबार आयोजित विशेष कार्यक्रमको सुरुआत ‘न्युरो २६ गाईघाट रन’ मिनी म्याराथनबाट भएको थियो । स्वास्थ्य सचेतना जगाउने उद्देश्यले आयोजित उक्त म्याराथनमा कुल २०६ जना धावकहरू सहभागि थिए । म्याराथनमा उत्कृष्ट स्थान हासिल गर्ने विजेताह...
न्युरो अस्पतालले गाईघाटमा वृहत मिनी म्याराथन र निःशुल्क स्वास्थ्य शिविर गर्दै

न्युरो अस्पतालले गाईघाटमा वृहत मिनी म्याराथन र निःशुल्क स्वास्थ्य शिविर गर्दै

विराटनगर । पूर्वी नेपालको अग्रणी स्वास्थ्य संस्था न्युरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलले उदयपुरको गाईघाटमा वृहत मिनी म्याराथन र निःशुल्क बहु-विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । न्युरोले आफ्नो स्थापनाको २६ औं वर्ष प्रवेशको अवसरमा भदौ १३ गते शनिबार गाईघाटमा स्वास्थ्य सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो । विराटनगरस्थित अस्पताल प्राङ्गणमा आयोजित वार्षिकोत...
टिपरमा राखेर गाँजा तस्करी, चालक मगर प्रहरीको नियन्त्रणमा

टिपरमा राखेर गाँजा तस्करी, चालक मगर प्रहरीको नियन्त्रणमा

उदयपुर  । उदयपुरको कटहरी नगरपालिका-४ स्थित मरुवा खोलाबाट प्रहरीले टिपरबाट गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा ना ७ ख ८१७३ नम्बरको ट्रकबाट गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार टिपरभित्र नौ वटा बोरामा राखिएको अवस्थामा १९९.३२ किलो गाँजा बरामद भएको छ । टिपर र गाँजासहित चालक सोम मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । गाँजा कहाँबाट ल्याएको र...
उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिका-५ स्थित जहडामा स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।  दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को प्र ०५-००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस आज बिहान करिब ९ः४५ बजे एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा परेर अटोमा सवार पाँचै जना घाइते भएका थिए ।...
घुससहित पक्राउ परे डिभिजन वन कार्यालय उदयपुरका सूचना अधिकारी

घुससहित पक्राउ परे डिभिजन वन कार्यालय उदयपुरका सूचना अधिकारी

विराटनगर । डिभिजन वन कार्यालय उदयपुरका सूचना अधिकारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ । सातौँ तहका वन अधिकृत तथा सूचना अधिकारी भुवन पौडेललाई बिहीबार साँझ घुस रकमसहित अख्तियारले नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले पौडेललाई १६ हजार २५० रुपैयाँ नगदसहित कार्यालयबाटै नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा डिभिजन वन कार्यालय पुगेको अख्तियार...
१४ महिनादेखि तलब नपाउँदा उदयपुर सिमेन्ट उद्योगका श्रमिक आन्दोलित

१४ महिनादेखि तलब नपाउँदा उदयपुर सिमेन्ट उद्योगका श्रमिक आन्दोलित

उदयपुर । उदयपुर सिमेन्ट उद्योगका श्रमिक आन्दोलित भएका छन् । १४ महिनादेखि तलब नपाएका श्रमिक तथा कर्मचारीहरू बाध्य भएर सडक आन्दोलनमा उत्रिएका हुन् । नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालन हुँदै आएको उद्योगको अवस्थाबारे पछिल्ला दिनमा असन्तुष्टि तीव्र बनेको छ । नियमित उत्पादन ठप्पजस्तै भएपछि श्रमिकहरूको जीवनयापन संकटमा परेको भन्दै उनीहरूले तत्काल बक्यौता तलब भुक्तानी र सामाजिक सुरक्षा कोषको रकम नि...
कोशी प्रदेश सभा सहज ढंगले सञ्चालन नहुँदा समस्या थपिएको छ : उपसभामुख दनुवार 

कोशी प्रदेश सभा सहज ढंगले सञ्चालन नहुँदा समस्या थपिएको छ : उपसभामुख दनुवार 

धनकुटा । कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले जेनजी आन्दोलनमा क्षतिग्रस्त बनेको कोशी प्रदेशसभा अझै सहज रूपमा सञ्चालनमा आउन नसक्दा समस्या झेल्नु परेको बताएकी छन् । आज प्रदेश सभा सचिवालयको सहकार्यमा संसदीय पत्रकार मञ्च कोशी प्रदेशले उदयपुरको बेलकामा आयोजना गरेको बजेट निर्माण, सार्वजनिक वित्त व्यवस्थापन र वित्तीय सङ्घीयता कार्यान्वयन विषयक तालिमको उद्‌घाटन समारोहमा बोल्दै उपसभामुखले यस्तो ब...
उदयपुरमा एनआईएम बैंककी कर्मचारी पक्राउ, ग्राहकको पैसा हिनामिना गरेको आरोप

उदयपुरमा एनआईएम बैंककी कर्मचारी पक्राउ, ग्राहकको पैसा हिनामिना गरेको आरोप

उदयपुर । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उदयपुरको गाईघाट शाखामा कार्यरत एक कर्मचरी पक्राउ परेकी छन् । ग्राहकको खाताबाट पैसा हिनामिना गरेको आरोपमा सुनिता बानियाँलाई प्रहरीले पक्राउ गरेको हो । त्रियुगा नगरपालिका-५ की बानियाँमाथि ग्राहकको पैसा हिनामिना गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले उनीमाथि अनुसन्धान भइरहेको जानकारी दिए । ‘बैंकले ग्राहकको पैसा हिन...
उदयपुरमा स्कुल बसबाट खसेर ९ वर्षीय बालकको मृत्यु

उदयपुरमा स्कुल बसबाट खसेर ९ वर्षीय बालकको मृत्यु

विराटनगर । उदयपुरको बेलका नगरपालिका-४ हरिपुर शिवबारीमा स्कुल बसबाट खसेर ९ वर्षीय बालकको मृत्यु भएको छ । बेलका बोर्डिङ स्कुलको को १ ख ३५१६ नम्बरको बसबाट खसेर आज दिउँसो सोही स्कुलमा अध्ययनरत सफल बस्नेतको मृत्यु भएको हो । गुडिरहेको बसबाट एक्कासि खसेका बस्नेतको घटनास्थलमै मृत्यु भएको उदयपुरका प्रहरीका सूचना अधिकारी डीएसपी निरञ्जन थापाले जानकारी दिए । शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला ...
उदयपुरमा हावाहुरीका कारण २ जनाको मृत्यु

उदयपुरमा हावाहुरीका कारण २ जनाको मृत्यु

विराटनगर । उदयपुरको कटारी नगरपालिका-५ र ८ मा हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ । सोमबार साँझ आएको हावाहुरीबाट कटारी-८ थलियाटारका ४९ वर्षीया मीनामाया तामाङको कटमिरोको रूखको हाँगाले लागेर मृत्यु भएको हो । यस्तै कटारी-५ तीनकुने चोक स्थत राधाकृष्ण मन्दिरनजिकै हावाहुरीका कारण सखुवाको रूख ढलेर लाग्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उदयपुरका सूचना अधिकारी प्रहरी नायब...
उदयपुर-२ बाट निर्वाचित रास्वपाका सांसद कर्जा सूचना केन्द्रको कालो सूचीमा

उदयपुर-२ बाट निर्वाचित रास्वपाका सांसद कर्जा सूचना केन्द्रको कालो सूचीमा

विराटनगर । उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको खुलेको छ । अन्तिम मतपरिणाम सार्वजनिक भइसकेपछि तामाङ कालो सूचीमा रहेको विषय बाहिरिएको हो । तामाङले १४ हजार ८०२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार अम्बरबहादुर रायमाझी ७ हजार ६४८ मत पाएका थिए । यस्तै नेपाली काँग्रेसका उम्मेद...
उदयपुरमा बस दुर्घटना, १५ जना घाइते

उदयपुरमा बस दुर्घटना, १५ जना घाइते

विराटनगर । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अधेरीमा बस दुर्घटना भएको छ । कटारीबाट गाइघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको बस आज बिहान ११ः५० बजे दुर्घटना भएको हो । दुर्घटनामा १५ जना घाइते भएका उदयपुर प्रहरीका प्रवक्ता डीएसपी केदारमान दोङले जानकारी दिए । घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ । बस आफैं अ...
उदयपुरबाट १४३ किलो गाँजा बरामद, दुई नाबालकसहित तीन जना पक्राउ

उदयपुरबाट १४३ किलो गाँजा बरामद, दुई नाबालकसहित तीन जना पक्राउ

उदयपुर । उदयपुरको बेलका नगरपालिका-७ कान्चिराङ क्षेत्रबाट प्रहरीले गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका-७ खमारेका २१ वर्षीय उमेश राई छन् । अन्य २ जना नाबालक रहेका प्रहरीले जनाएको छ । उदयपुरका प्रहरी प्रवक्ता डीएसपी केदारमान दोङका अनुसार १४३ किलो गाँजा बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई बुधबार करिब ८ः४० बजे पक्राउ गरेको हो । बोरामा ...
उदयपुरमा ट्रक दुर्घटना हुँदा चालक र सह-चालकको मृत्यु

उदयपुरमा ट्रक दुर्घटना हुँदा चालक र सह-चालकको मृत्यु

विराटनगर । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अधेरीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्रक चालक सर्लाही बरहथवा नगरपालिका-२ का ४७ वर्षीय रणबहादुर माझी र सह-चालक सिन्धुलीका ४२ वर्षीय जयबहादुर माझीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको शव जिल्ला अस्पतालमा र...
उदयपुरमा काँसघारी भित्र भेटियो ३० किलो गाँजा, पथरी शनिश्चरेका तिमिल्सिना पक्राउ

उदयपुरमा काँसघारी भित्र भेटियो ३० किलो गाँजा, पथरी शनिश्चरेका तिमिल्सिना पक्राउ

विराटनगर । उदयपुरमा बेवारिसे अवस्थामा फेला परेको गाँजा प्रहरीले बरामद गरेको छ । त्रियुगा नगरपालिका-४ बगाहा खोलास्थित काँसघारीबाट ३० किलो गाँजा बरामद भएको हो । प्रहरीका अनुसार झोलामा लुकाएर राखिएको अवस्थामा फेला परेको गाँजा कसको हो भन्ने खुल्न बाँकी छ । गाँजा ओसार-पसारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । यस्तै मोरङको सुनवर्षी-१ बाट लागूऔषध ब्राउन सुगरसहित पथरी शनिश्चरे-६ का विवेक तिमल...
उदयपुर–चौदण्डीगढी पदयात्रा सुरु

उदयपुर–चौदण्डीगढी पदयात्रा सुरु

धनकुटा । नेपाली सेनाले ऐतिहासिक उदयपुर-चौदण्डीगढी पदयात्रा सुरु गरेको छ । ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सेनाले बुधबारबाट पदयात्रा सुरु गरेको हो । पूर्वजहरूबाट प्रदर्शित अदम्य साहस, त्याग र बलिदानको उच्च कदर र सम्मान स्वरुप पदयात्रा सुरु भएको हो । ऐतिहासिक कोट, गढी, युद्धस्थल, किल्ला र पदमार्गहरूको पहिचान तथा संरक्षण गर्दै युवा पुस्तामाझ देश भक्तिको भावना जागृत र पर्यटन प...
उदयपुरको त्रियुगामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

उदयपुरको त्रियुगामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-७ होक्सेमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा त्रियुगा नगरपालिका-६ जलजलेका ४३ वर्षीय राजा हुसेन अली र सोही ठाउँकी २६ वर्षीया आशा सदाको मृत्यु भएको हो । उनीहरूको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा मृत्यु भएको हो । गएराति होक्सेबाट चुहाडेतर्फ आउँदै गरेको स १ त २८२५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको...
उदयपुरमा पतिले छुरा प्रहार गर्दा २७ वर्षीय पत्नीको मृत्यु, पतिद्वारा आत्महत्या प्रयास

उदयपुरमा पतिले छुरा प्रहार गर्दा २७ वर्षीय पत्नीको मृत्यु, पतिद्वारा आत्महत्या प्रयास

उदयपुर । उदयपुरको बेलका नगरपालिका-३ किरात चोकमा पतिले छुरा प्रहार गरेर पत्नीको हत्या गरेका छन् । आज बिहान करिब ८ बजे ३० वर्षीय खगेन्द्र राईले २७ वर्षीया पत्नी गंगा राईमाथि छुरा प्रहार गरेका हुन् । छुरा प्रहारबाट गम्भीर घाइते भएकी गंगाको उपचारका क्रममा आज बिहान ९ः५० बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । सामान्य विवाद हुँदा खगेन्द्रले पत्नीलाई छुरा प...
उदयपुर केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

उदयपुर केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

विराटनगर । उदयपुरको बागपाटी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति १०ः५१ बजे ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भुकम्पको धक्का उदयपुरसहित आसपासका जिल्लामा पनि महसुस भएको थियो । शनिबार बिहान ताप्लेजुङ र पाँचथरको सिमाना भएर पनि भुकम्प गएको थियो ।
उदयपुरमा आमालाई कुटेर फरार भएका युवराजले गरे भाइको हत्या 

उदयपुरमा आमालाई कुटेर फरार भएका युवराजले गरे भाइको हत्या 

विराटनगर । उदयपुरमा दाजुले धारिलो हतियार खुकुरी प्रहार गरेर भाइको हत्या गरेका छन् । त्रियुगा नगरपालिका-१ जोगीदहका ४३ वर्षीय युवराज राईले ३० वर्षीय भाइ धर्मराजको हत्या गरेका हुन् । उदयपुर प्रहरीका अनुसार आज बिहानको राति करिब २ बजे युवराजले धर्मराजमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका धर्मराजलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा बिहान करिब ...
उदयपुर र तेह्रथुममा दुर्घटना हुँदा दुई जनाको मृत्यु

उदयपुर र तेह्रथुममा दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । उदयपुर र तेह्रथुममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका-४ थुलुङडाँडामा २ वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बर्खेडाँडाबाट बसाहाथानतर्फ जाने भित्री पक्की सडक खण्डमा बसाहाथानबाट बर्खेडाँडा जाँदै गरेको बा ९२ प ०८९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०५-००२ प ०५८९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका...
उदयपुरबाट लहान जाँदै गरेको गाडी दुर्घटना हुँदा १२ जना घाइते   

उदयपुरबाट लहान जाँदै गरेको गाडी दुर्घटना हुँदा १२ जना घाइते   

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका बगाहा-४ स्थित गाईघाट कदमाहा सडकखण्डमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । गाईघाट बजारबाट सिरहाको लहानतर्फ जाँदै गरेको ना १ ज ८३९१ नम्बरको गाडी त्रियुगा नगरपालिका-४ को बगाहा सडकखण्डमा आज अनियन्त्रित भई दुर्घटना भएको हो । घाइते हुनेमा त्रियुगा नगरपालिका-२ का ७७ वर्षीय कमल खड्का, ५७ वर्षीय नरबहादुर खत्री र त्रियुगा नगरपालिका-१२ का १७ वर्षीया प्रतीजा विक...
उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

उदयपुर ।  उदयपुरमा थ्रेसर मेसिन जडान भएको ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । दुर्घटनामा त्रियुगा नगरपालिका-५ पिपलचौरीका ५८ वर्षीय दमसेर राईको मृत्यु हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । आज बिहान करिब ८ः४५ बजे त्रियुगा नगरपालिका-५ गेरुवाई खोला नजिक पिपलचौरीमा लालपत्तातर्फ आउँदै गरेको स १ त ५४३५ नम्बरको थ्रे...
उदयपुरमा ट्याक्टरले ठक्कर दिँदा वृद्धाको मृत्यु

उदयपुरमा ट्याक्टरले ठक्कर दिँदा वृद्धाको मृत्यु

उदयपुर । उदयपुरमा ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज त्रियुगा नगरपालिका-२ स्थित भित्री कच्ची सडकमा ट्याक्टरले ठक्कर दिँदा पैदलयात्री ७९ वर्षीया तेत्रीदेवी चौधरीको मृत्यु भएको हो । मधेश प्रदेश ०१-००१ त २५६४ नम्बरको टयाक्टरले वृद्धालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक स्थानीय २४ वर्षीय धर्मेन्द्र राजधामी फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्...
उदयपुरमा गुड्दै गरेको कारमा आगलागी

उदयपुरमा गुड्दै गरेको कारमा आगलागी

विराटनगर । उदयपुरमा गुड्दै गरेको कारमा आगलागी भएको छ । उदयपुरगढी-७ स्थित मदन भण्डारी राजमार्गको अँधेरी सडक खण्डमा इलामबाट काठमाडौं जाँदै गरेको बा ९ च ४६६८ नम्बरको कारमा आगलागी भएको हो । उदयपुरका प्रहरी प्रवक्ता डीएसपी केदारमान दोङका अनुसार आज बिहान करिब ९ः५० बजे कारमा अचानक आगो लागेको थियो । ‘कार काठमाडौं जाँदै गरेको रहेछ । परिवारका सदस्यहरू हुनुहुँदो रहेछ’, डीएसपी दोङले संगालोखबरसँग भने, ‘एक ज...
जेनजी आन्दोलनका क्रममा भागेका ९ कैदीबन्दी उदयपुरबाट पक्राउ

जेनजी आन्दोलनका क्रममा भागेका ९ कैदीबन्दी उदयपुरबाट पक्राउ

उदयपुर । जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी उदयपुरबाट पक्राउ परेका छन् । विभिन्न कारागारबाट भागेका ९ जना कैदीबन्दी पक्राउ परेका हुन् । उदयपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा जबरजस्तीकरणी, कर्तव्य ज्यान, लागूऔषध, सवारी अङ्गभङ्ग लगायत मुद्दाका कैदीबन्दी छन् । जबरजस्तीकरणी मुद्दामा केन्द्रिय कारागार सुन्धारामा ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका चौदण्डीगढी नगरपालिका ४ का ६४ वर्षीय ज्ञानबहादुर सा...
सुनसरीबाट ६३७ किलो गाँजा बरामद, उदयपुरबाट दुई महिला पक्राउ

सुनसरीबाट ६३७ किलो गाँजा बरामद, उदयपुरबाट दुई महिला पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-७ बाट बेवारिसे अवस्थामा रहेको १८ बोरा गाँजा प्रहरीले बरामद गरेको छ । आज बिहानको राति करिब २ बजे अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम लोकमार्गको सडक किनारामा प्लाष्टिकको बोरामा राखिएको अवस्थामा गाँजा बरामद गरेको हो । बरामद भएको गाँजाको तौल ६ सय ३७ किलो ४५ ग्राम रहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । गाँजा ओस...
उदयपुरबाट ट्याक्टर चोरीमा संलग्न तीन जना पक्राउ

उदयपुरबाट ट्याक्टर चोरीमा संलग्न तीन जना पक्राउ

विराटनगर । उदयपुरबाट ट्याक्टर चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-७ का २४ वर्षीय सुदीप चौधरी, चौदण्डीगढी-५ का २५ वर्षीय रोहित कुमार चौधरी र २४ वर्षीय चन्दनकुमार चौधरी छन् । उनीहरूलाई आज बिहान तीन बजे त्रियुगा-१३ फुलजोरबाट ट्याक्टरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । आज बिहानको राति करिब १ बजे त्रियुगा नगरपालिका-१३ बहेडवाका देवनारायण चौधरीको...
error: Content is protected !!