उदयपुर र तेह्रथुममा दुर्घटना हुँदा दुई जनाको मृत्यु
विराटनगर । उदयपुर र तेह्रथुममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका-४ थुलुङडाँडामा २ वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बर्खेडाँडाबाट बसाहाथानतर्फ जाने भित्री पक्की सडक खण्डमा बसाहाथानबाट बर्खेडाँडा जाँदै गरेको बा ९२ प ०८९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०५-००२ प ०५८९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका...






















