संगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कोलबोटेमा आज दिउँसो टिपर दुर्घटना भएको छ । धरानबाट इँटा बोकेर भोजपुर जाँदै गरेको प्रदेश १ ०२०० १ ख ८६८२ नम्बरको टिपर दिउँसो करिब १ बजे सडकमा पल्टिएको हो ।

Advertisement

दुर्घटनामा मानवीय क्षति नभएको भेडेटार प्रहरी चौकीका प्रमुख जीवन कार्कीले जानकारी दिए । उनका अनुसार इँटा बोकेर प्रदेश १ ०२०० १ ख ८६८१ र प्रदेश १ ०२०० १ ख ८६८२ नम्बरका दुई टिपर सँगै आउँदै थिए । सोही क्रममा पछाडि आउँदै गरेको टिपरको ब्रेक फेल भएर पछाडिबाट ठक्कर दिँदा अगाडिको टिपर पल्टिएको हो ।

टिपर पल्टिँदा सडकमा इँटा छरपष्ट भएका थिए । इँटा पन्छाएर यातायात सुचारु गरिएको प्रहरीले जनाएको छ । सो क्षेत्रको सडक ओरालो र घुम्ती छ, त्यहाँ पटक-पटक सवारी दुर्घटना हुने गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!