संगालोखबर सम्बाददाता

भोजपुर । नेकपा एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी भएका छन् । नबौं जिल्ला अधिवेशनमा भएको मतदानमा ३१७ मत प्राप्त गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । खड्कासहित पदाधिकारीमा उनको प्यानल नै विजयी भएको छ ।

Advertisement

शनिवार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार निकटतम प्रतिद्वन्द्वी शरणकुमार राईलाई खड्काले ९४ मतान्तरले पराजित गरेका छन् । शरणकुमारले २२३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष ३११ मतसहित किरण राई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी किर्पाशुर शेर्पाले २१६ मत पाएका छन् । सचिवमा ३४७ मतसहित एक्सन राई विजयी हुँदा प्रतिद्वन्द्वी ज्ञानेन्द्र कार्कीले १६८ मत प्राप्त गरेका छन् ।

उपसचिवमा ३०४ मत प्राप्त गरेर दौलत कुलुङ राई विजयी भएका छन् । प्रतिद्वन्द्वी जगतबहादुर चौहानले १७३ मत ल्याएका छन् ।

महिलातर्फको उपसचिवमा रमादेवी राई विजयी भएकी छन् । २९३ मतसहित रमादेवी विजयी हुँदा उनकी प्रतिद्वन्द्वी मेरिका राईले २१६ मत प्राप्त गरेकी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!