संगालोखबर

विराटनगर । चोरी गर्ने क्रममा एकजना युवकले निलेको एक तोला सुन ३६ घण्टापछि निकालिएको छ । घटना पाँचथरको हो । एउटा घरमा चोरी गर्न गएका उनले सुन निलेका थिए ।

Advertisement

उक्त सुन ३६ घण्टापछि मलद्वारबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका थिए ।

घटना गत चैत २८ गतेको भए पनि हालैमात्र बाहिर आएको हो । योङ्या फिदिम–२ स्थित विष्णुकुमारी तामाङको घरमा चोरी गर्न गएका थिए । त्यस क्रममा परिवारले थाहा पाएका थिए ।

त्यसपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए । तत्काल प्रहरी टोली पुगेपछि ती युवकले लुकाउने उद्देश्यले सुन निलेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । उनको साथबाट १५ हजार रुपैयाँ पनि बरामद गरिएको थियो ।

चोरी गरेका गहनाहरु पनि फेला परेको तर एक तोला सुन भने नभेटिएपछि ती युवकले सुन निलेको शंका प्रहरीले गरेको थियो । जिल्ला अस्पताल फिदिममा एक्स–रे गर्दा उनको पेटमा धातु देखिएको थियो ।

प्रवक्ता कुशवाहाका अनुसार निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो । हाल ती युवक पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा रहेको उनले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!