सन्तोष सुवेदी/संगालोखवर

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–७ स्थित थाक्लेका गम्भीरजंग थापाको मलेशियामा निधन भएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका थापाको बिहीबार निधन भएको हो ।

Advertisement

बुधबार बेलुका साथीको कोठामा गएर सुतेका थापा भोलिपल्ट बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन् । श्वासप्रश्वासमा समस्या आएर उनको मृत्यु भएको बताइएको छ । करिब ३० महिना अघि नेपाली सेनाबाट अवकाश प्राप्त गरेका थापा दुई महिना अघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । उनी त्यहाँ सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए ।

मृतक थापाको शवलाई पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । उनको शवलाई नेपाल ल्याउन पहल भइरहेको परिवार स्रोतले जनाएको छ । मृतक थापाका श्रीमतिसहित दुई छोरी र एक छोरा छन् । उनको परिवारका सदस्यहरू हाल मोरङको सुन्दरहरैंचास्थित गोठगाउँमा बस्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!