खोटाङको सूर्य माविका शिक्षकको भोजपुरमा हत्या, ११ जना पक्राउ
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भानुभक्त राईको भोजपुरमा हत्या भएको छ ।
धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरीमा ऋषितर्पणी पूर्णिमाको अवसरमा लाग्ने मेला भर्न गएका बेला बिहीबार राति कुटपिट हुँदा शिक्षक राईको मृत्यु भएको हो । साल्पासिलिछो गाउँपालिका-५ मा शिक्षक राईमाथि कुटपिट भएको भोजपुरका प्रहरी प्रमुख डीएसपी ज्ञानबहादुर खड्काले जानक...





























