संगालोखबर


विराटनगर । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगोमा जलेर आमा छोराको मृत्यु भएको छ । स्थानीय ५५ वर्षीया पुण्यकुमारी धमला र उनका छोरा १६ वर्षीय कञ्चन धमलाको जलेर मृत्यु भएको हो ।

सिद्धिचरण नगरपालिका–१० बाहुनडाँडामा पाखामा डढेलो लाग्दा नजिकै रहेको खर घाँस जोगाउने क्रममा जलेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Advertisement

ओखलढुंगाका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण खड्काले घटनाबारे खबर आउनासाथ आफूसहितको टोली घटनास्थलतर्फ गइरहेको संगालोखबरलाई जानकारी दिए । घटनास्थलमा पुगेपछि घटनाबारे विस्तृत जानकारी प्राप्त हुने उनले बताए ।

केही दिनयता उक्त क्षेत्र नजिकै रहेको जंगलमा डढेलो लाग्ने क्रम जारी थियो । डढेलो गाउँ बस्तीसम्म आइपुग्ने त्रासमा स्थानीय बासिन्दा थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!