संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा यही फागुन १२ गते पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-५ को फाइनल हुने भएको छ । आयोजक रिक्रियशन मल्टिमिडिया एण्ड इन्टरटेनमेन्टले बुधबार धनकुटामा पत्रकार सम्मेलन गरेर गायन र नृत्यतर्फको विजेता छनौट गर्न लागिएको जानकारी दिएको हो ।

Advertisement

टुँडिखेलमा हुने फाइनलमा गायनतर्फ १२ र नृत्यतर्फ १४ जनाबीच प्रतिष्पर्धा हुनेछ । दुवै विधातर्फका विजेताले नगद २ लाख पाउनेछन् । उनीहरूको ५ लाख बराबरको जीवन बिमा पनि गरिनेछ । उपविजेतालाई पनि दुई लाख बराबरको जीवन बिमा गर्ने व्यवस्था मिलाइएको कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिए ।

गत साउन ४ गतेबाट सुरु भएको प्रतियोगिताको सिजन-५ मा ४१७ जनाले अडिसनमा भाग लिएका थिए । कोशी प्रदेशका १४ वटै जिल्लामा विभिन्न चरणमा भएका अडिसनबाट छनौट हुँदै गायन र नृत्यतर्फ २६ जना प्रतियोगी फाइनल आइपुगेका हुन् ।

प्रतियोगितामा निर्णायकबाट ५० प्रतिशत र ‘भोटिङ्ग’ बाट ५० प्रतिशत अङ्क प्रदान गरी विजेता छनौट गरिनेछ । गायक कृष्णभक्त राई, जुनी खालिङ्ग राई र महेश राई गायनतर्फको निर्णायकको भूमिकामा हुनेछन् ।

त्यस्तै, नृत्यतर्फ युसिन यस्माली मगर र विशेष गुरुङ निर्णायकको भूमिकामा रहने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!