संगालोखबर संवाददाता


संखुवासभा । धर्मदेवीको मुढेशनिश्चरे बजारमा आगलागी भएको छ । मानवीय क्षति नभए पनि आगलागीबाट स्थानीय रुद्रबहादुर जिमीको दुईवटा घरमा क्षति पुगेको छ ।

आगलागी सुरु भएपछि स्थानीय बासिन्दा र प्रहरी मिलेर निभाउने प्रयास गरेका थिए । आगो अन्यत्र फैलन नदिने उपाय अपनाइएको थियो । बजार क्षेत्रमा आगो फैलने डरले स्थानीय बासिन्दा त्रसित भएका थिए ।

Advertisement

नियन्त्रणका लागि तेह्रथुमको लालीगुराँस नगरपालिकाबाट आएको दमकल प्रयोग गरिएको थियो । आगलागीका कारण घरमा भएका कतिपय सामग्री जलेर क्षति भएको छ । केही सामान भने स्थानीय बासिन्दा र प्रहरी मिलेर बाहिर निकालेका थिए । मानवीय क्षति भने भएको छैन ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक अशोक जबेगुका अनुसार बिजुली सर्ट भएर आगलागी सुरु भएको थियो ।

प्रहरी र स्थानीय बासिन्दा समेतको सहयोगमा करिब तीन घण्टामा आगो नियन्त्रणमा लिइएको उनले संगालोखबरलाई जानकारी दिए ।

आगलागीबाट के कति क्षति भयो भन्ने यकिन विवरण आइसकेको छैन । यसबारे अध्ययन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!