त्रिशूली १ मा फसेकाहरूको उद्धारमा ढिलाई भएपछि पीडित पक्षद्वारा कम्पनीको कार्यालय घेराउ

त्रिशूली १ मा फसेकाहरूको उद्धारमा ढिलाई भएपछि पीडित पक्षद्वारा कम्पनीको कार्यालय घेराउ

काठमाडौँ । माथिल्लो त्रिशूली १ मा फसेकाहरूको उद्धारमा ढिलाई भएको भन्दै आक्रोशित पीडित पक्षले आज कम्पनीको कार्यालय घेराउ गरेका छन् । थापाथलीस्थित नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीको कार्यालय घेराउ गर्दै आफन्तहरूले फसेकाहरूको तत्काल उद्धार गर्न माग गरेका हुन् । बाढी आएको ५ दिन बितिसक्दा पनि उद्धार हुन नसकेको भन्दै आफन्तहरू आक्रोशित छन् । उनीहरूले फसेका आफन्तको उद्धारमा लापरबाही गरिएको ...
प्रधानमन्त्री राहत कोषको नाममा ठगी गर्ने भगवान कार्की पक्राउ

प्रधानमन्त्री राहत कोषको नाममा ठगी गर्ने भगवान कार्की पक्राउ

रामेछाप । विनाशकारी बाढीपीडितको राहत र उद्धारका लागि स्थापना गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को नाममा भ्रम फैलाएर ठगी गर्ने एक व्यक्तिलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका-२ ठोसेका ३२ वर्षीय भगवान कार्की छन् । रामेछाप प्रहरीका अनुसार कार्कीले आफूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै सामाजिक स...
धादिङमा थप ६ जनाको शव भेटियो, ७ जनाको उद्धार

धादिङमा थप ६ जनाको शव भेटियो, ७ जनाको उद्धार

विराटनगर । रसुवाको भोटेकोशीमा तिब्बतबाट आएको भीषण बाढीमा परेकामध्ये ६ जनाको शव धादिङमा पनि भेटिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दिउँसो ३ बजेसम्म गल्छी गाउँपालिकास्थित महेश दोभानमा एक महिलाको शव फेला परेको हो । यस्तै गल्छी कै कोल्फु खोला पुलनजिकै २ जना पुरुषको शव फेला परेको छ । सिद्धलेश गाउँपालिका-७ स्थित त्रिशूलीकै किनारमा एक शव र बेनिघाट रोराङ गाउँपालिका बेनिघाट बजार नजिकै त्रिशूल...
रसुवामा आएको भीषण बाढीका कारण ३८४ पर्यटक सम्पर्कविहीन

रसुवामा आएको भीषण बाढीका कारण ३८४ पर्यटक सम्पर्कविहीन

विराटनगर । रसुवामा आएको भीषण बाढीका कारण ३ सय ८४ आन्तरिक तथा वाह्य पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै जनाए अनुसार ३ सय ८४ पर्यटक सम्पर्कविहीन भएका हुन् । बोर्डका अनुसार सम्पर्कविहीनमध्ये २ सय ९१ विदेशी र ९३ नेपाली पर्यटक छन् ।
रसुवाको भीषण बाढीमा परेका ७ जनाको शव फेला

रसुवाको भीषण बाढीमा परेका ७ जनाको शव फेला

विराटनगर । रसुवाको भीषण बाढीमा परेका सात जनाको शव फेला परेको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार नुवाकोटमा तीन र धादिङमा चार जनाको शव फेला परेको हो । आज बिहान ९ बजेतिर रसुवाको टिमुरे क्षेत्रमा बाढी आएको थियो । तिब्बत क्षेत्रबाट भोटेकोशी हुँदै आएको बाढी नुवाकोट, धादिङ, चितवन लगायत ठाउँका नदीसम्म पुगेको छ । अहिले उक्त बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र ...
बाढीले रसुवा भन्सारबाट पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन

बाढीले रसुवा भन्सारबाट पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन

विराटनगर । रसुवामा आएको भीषण बाढीले रसुवागढी भन्सारमा ठूलो क्षति पुर्याएको छ । बाढीले भन्सार जाँचपासका लागि राखिएका करिब पाँच सय नयाँ गाडीहरू बगाएको प्रारम्भिक अनुमान गरिएको हो । भन्सार विभागका अनुसार बाढीका कारण भन्सार क्षेत्रमा केही पनि बाँकी छैन । भन्सार क्षेत्रमा ठूलो परिमाणमा चीनबाट आयात गरिएका नयाँ सवारी साधन पार्किङ गरी राखिएका थिए । यस्तै भन्सार कार्यालयका करिब दुई दर्जन कर्मचारीहरू अझ...
रसुवा बाढीमा फसेका १२ जनाको सेनाद्वारा उद्धार, १२ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

रसुवा बाढीमा फसेका १२ जनाको सेनाद्वारा उद्धार, १२ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

विराटनगर । रसुवा बाढीमा फसेका १२ जनालाई नेपाली सेनाले उद्धार गरेको छ । नेपाली सेनाका अनुसार रसुवाका विभिन्न ठाउँहरूबाट हेलिकप्टरमार्फत १२ जनाको उद्धार गरिएको हो । अहिले नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । यसका साथै नेपाली सेनाको मेडिकल टिमद्वारा त्रिशुलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सुरु गरिएको छ । बाढीमा फसेकाहरू...
रसुवा बाढी : कति मान्छे बेपत्ता भए यकिन छैन

रसुवा बाढी : कति मान्छे बेपत्ता भए यकिन छैन

विराटनगर । भोटेकोशीमा आएको बाढीले रसुवा ठूलो क्षति पुर्याएको छ । आज बिहान तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुर्याएको हो । रसुवाको गोसाइकुण्ड गाउँपालिका कार्यपालिका सदस्य पेमा दोर्जे घलेका अनुसार बाढीले टिमुरे गाउँ बगाएको छ । बाढीमा परेर कति मान्छे बेपत्ता भए भन्ने यकिन नभएको उनको भनाइ छ । उनका अनुसार टिमुरेमा करिब एक सय घर थिए । त्यहाँ कति मान्छे जोगिए भन्न सक्ने अवस्था नरहेको...
रसुवा बाढी अपडेट : बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

रसुवा बाढी अपडेट : बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

रसुवा । रसुवामा ड्युटीमा गएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी निरीक्षकको कमान्डको ड्युटीमा खटिएको टोली सम्पर्कविहीन भएको हो । बीओपी टिमुरे सुरक्षित भएपनि ड्युटीमा खटिएको टोली सम्पर्कविहीन भएको सशस्त्रले जनाएको छ । चीनको तिब्बत क्षेत्रबाट आएको बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।
भोटेकोशीमा आएको भीषण बाढीले रसुवा बजार र भन्सार बगायो, ठूलो क्षतिको आशंका 

भोटेकोशीमा आएको भीषण बाढीले रसुवा बजार र भन्सार बगायो, ठूलो क्षतिको आशंका 

विराटनगर । आज बिहान भोटेकोशीमा आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुर्याएको छ । लेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले रसुवा नाकामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ । प्रशासनका अनुसार दुईवटा बजार तहसनहस भएका छन् । रसुवा भन्सार क्षेत्रमा रहेका गाडीहरू र अन्य सामग्रीहरू पनि बाढीले बगाएको छ । गत वर्षको बाढीले बगाएर भर्खरै निर्माण सम्पन्न भएको नयाँ पुल पनि बाढीले बगाएको छ । रसुवामा ठूलो बाढी आएपछ...
स्कारपियो दुर्घटनामा उच्च अदालतका न्यायाधीशसहित ६ जना घाइते

स्कारपियो दुर्घटनामा उच्च अदालतका न्यायाधीशसहित ६ जना घाइते

विराटनगर । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो दुर्घटनामा भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा भएको दुर्घटनामा उनीसहित ६ जना घाइते भएका छन् ।  डाँगीसहित चालक दाङ राप्ती-८ का ३२ वर्षीय छुनिलाल चौधरी, बैतडी दशरथचन्द-७ का ५१ वर्षीय तारादत्त बडु, उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा २५ वर्षीय रितेन्द्र बडु र दिदी ३१ वर्षीया रिता बडु घ...
सुनकोसी अपडेट : कारमा तीन जना थिए, खोजीका लागि गोताखोर परिचालन

सुनकोसी अपडेट : कारमा तीन जना थिए, खोजीका लागि गोताखोर परिचालन

विराटनगर । सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोसी नदीमा खसेको कारमा तीन जना यात्रु सवार रहेको खुलेको छ । प्रहरीका अनुसार कारमा सोही गाउँपालिका-५ बस्ने पूर्णबहादुर तामाङ, सोही जिल्लाको गोलन्जोर गाउँपालिका-१ बस्ने २८ वर्षीय गणेश थापा र वतन नखुलेका अर्का एक जना सवार थिए । कार दुर्घटनाको खबर पाएपछि खोजीकार्यको लागि विपद् व्यवस्थापन वेश खुर्कोटबाट गोताखोरसहितको टोल...
काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा संखुवासभाका शेर्पाको मृत्यु

काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा संखुवासभाका शेर्पाको मृत्यु

काठमाडौं । काठमाडौंको कपन स्थित भृकुटीचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सङ्खुवासभाको मकालु गाउँपालिका घर भएर काठमाडौं बस्दै आएका २४ वर्षीय कुसान शेर्पाको मृत्यु भएको हो । गएराति फैकाबाट तीनचुलीतर्फ जाँदै गरेको बागमती प्रदेश-०२-०१४ प ३५६२ नम्बरको मोटरसाइकलसँग शेर्पाले चलाएको बा ८७ प ६३४७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका शेर्पालाई उपचारक...
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन

काठमाडौँ  । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । मुगुको सोरु गाउँपालिका-१ घर भएकाका २५ वर्षीय नेपालीको वीर अस्पतालमा निधन भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था थप बिग्रिएको थियो । यसअघि अस्पतालले नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकार...
सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न पाँच दिनको समय

सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न पाँच दिनको समय

काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा आश्रय लिइरहेका सुकुमबासी तथा भूमिहीनहरूलाई ५ दिनभित्र भवन खाली गर्न अल्टिमेटम दिइएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना टाँस गरेर होल्डिङ सेन्टर खाली गर्न ताकेता गरेको हो । । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार होल्डिङ सेन्टरमा लामो समयसम्म मानिसहरूलाई राख्दा उनीहरूको दैनिक जीवन भद्रगोल बनेको...
ट्रकमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

ट्रकमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका-१५ मा ट्रकमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक सोही महानगरपालिका-२६ दिव्यनगरका २२ वर्षीय अशोक भण्डारी र स्कुटरमा सवार सोही महानगरपालिका-२० बस्ने लमजुङ घर भएका १९ वर्षीय राजीव गुरुङको मृत्यु भएको हो । आज बिहान ना ५ ख ५८१६ नम्बरको ट्रकमा बा.प्र ०६-००४ प ७२४८ नम्बरको स्कुटर ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको ...
काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

विराटनगर । काभ्रेको बुचाकोटमा बस दुर्घटना ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेर घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नमोबुद्ध नगरपालिका-२ मा दुर्घटनामा परेको उक्त बस बीपी राजमार्गबाट करिब २ सय मिटर तल खसेको छ । अरनिको यातायातको उक्त बसमा २५ देखि ३० ...
सुनचाँदी पसलमा दिउँसै पेस्तोल देखाएर लुटपाटको प्रयास, ३ युवक पक्राउ

सुनचाँदी पसलमा दिउँसै पेस्तोल देखाएर लुटपाटको प्रयास, ३ युवक पक्राउ

काठमाडौं । काठमाडौंको इन्द्रचोक, भेडासिंहमा रहेको एक सुनचाँदी पसलमा पेस्तोल देखाउँदै लुटपाटको प्रयास गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-६ घर भएका २९ वर्षीय हरिकृष्ण महर्जन, सोही ठाउँका बिकेश राजवाहक र अरुण भुजेल छन् । वैशाख १७ गते दिउँसै पेस्तोल देखाउँदै लुटपाटको प्रयास भएपछि नैना एन्ड ईशान ज्वेलरीकी सञ्चालक बबिता रौनियारले प्रतिकार गरेकी थिइन्...
सुकुम्बासी प्रभावित क्षेत्रका बिरामीलाई डा.शर्माले मिलाइदिए निःशुल्क उपचारको व्यवस्था

सुकुम्बासी प्रभावित क्षेत्रका बिरामीलाई डा.शर्माले मिलाइदिए निःशुल्क उपचारको व्यवस्था

काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिल शर्माले सञ्चालन गरेको भक्तपुरको दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेजको युनिट-२ अस्पतालमा सुकुम्बासी प्रभावित क्षेत्रका बिरामीहरूलाई निःशुल्क उपचार गरिने भएको छ । अस्पतालले आज प्रेस विज्ञप्ति जारी गरेर सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित भएका बिरामीहरूलाई निःशुल्क उपचार गरिने जानकारी दिएको हो । सरकारले काठमाडौँ उपत्यकाका नदी किनार तथा दे...
ललितपुरमा छुरा प्रहारबाट घाइते भएका झापाका दाजुभाइको मृत्यु

ललितपुरमा छुरा प्रहारबाट घाइते भएका झापाका दाजुभाइको मृत्यु

काठमाडौं । ललितपुरको पाटन स्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट घाइते भएका दुई दाजुभाइको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका-६ घर भएर ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङको मृत्यु भएको हो । बुधबार साँझ उनीहरूमाथि छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुईपक्षबीच ...
थुनुवालाई छुटाइदिने भन्दै दम्पतीले ९ लाख ठगेपछि…

थुनुवालाई छुटाइदिने भन्दै दम्पतीले ९ लाख ठगेपछि…

विराटनगर । थुनुवालाई छुटाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने दम्पती पक्राउ परेका छन् । अदालतमा विचाराधीन मुद्दाका थुनुवाहरूलाई धरौटीमा छुटाइदिने भन्दै ठगी गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-८ मण्डिखाटारका ४५ वर्षीय हरिबहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) रहेका प्रहरीले जनाएको छ । गत भदौ २३ र २४ गतेक...
विश्वकै प्रदूषित सहरको चौथो नम्बरमा काठमाडौं

विश्वकै प्रदूषित सहरको चौथो नम्बरमा काठमाडौं

काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष ४ नम्बरमा परेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एअर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार काठमाडौंको एक्यूआई १ सय ८१ मापन गरिएको छ । शून्यदेखि ५० एक्यूआईसम्मको हावाको गुणस्तरलाई राम्रो मानिन्छ । त्यस्तै ५१ देखि १ सय एक्यूआईसम्मको हावाको गुणस्तरलाई मध्यम मानिन्छ । विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीको पहिलो नम्बरमा पाकिस्तानको लाहोर रहेक...
रामेछाप बस दुर्घटना अपडेट : ५ जनाको मृत्यु

रामेछाप बस दुर्घटना अपडेट : ५ जनाको मृत्यु

विराटनगर । रामेछापमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोसी नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । उद्धार गरेर अस्पताल लगिएका ११ जनामध्ये पाँच जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । उद्धार गरिएका अन्य ६ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३-०१-९९५ ...
रामेछाप बस दुर्घटना अपडेट : पाँच जनाको अवस्था चिन्ताजनक

रामेछाप बस दुर्घटना अपडेट : पाँच जनाको अवस्था चिन्ताजनक

विराटनगर । काठमाडौंबाट ओखलढुङ्गा आउँदै गरेको यात्रुबाहक बस मन्थली नगरपालिका-६ स्थित तामाकोसी नदीमा खस्दा पाँच जना गम्भीर घाइते भएका छन् । रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३-०१-९९५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा खसेको हो । ‘उद्धार गरिएमध्ये पाँच जनाको अवस्था चिन्ताजनक छ’, रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले संगालोखबरसँग भने, ‘उनीहरूलाई अस्पताल लगिएको छ । अहिलेसम्म कसै...
काठमाडौंबाट ओखलढुङ्गा आउँदै गरेको बस तामाकोसी नदीमा खस्यो

काठमाडौंबाट ओखलढुङ्गा आउँदै गरेको बस तामाकोसी नदीमा खस्यो

विराटनगर । काठमाडौंबाट ओखलढुंगा आउँदै गरेको गरेको यात्रुबाहक बस मन्थली नगरपालिका-६ स्थित तामाकोसी नदीमा खसेको छ । दुर्घटना लगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू उद्धार कार्यमा जुटेका छन् । दुर्घटनाग्रस्त बसमा कति जना यात्रु सवार थिए खुल्न बाँकी छ ।  ‘१० जना बढीलाई उद्धार गरेर अस्पताल पठाएका छौं’, रामेछाप प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन प्रसाद तिमल्सिनाले संगालोखबरसँग भने, ‘अहिले...
काठमाडौं मेडिकल कलेजलाई सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान

काठमाडौं मेडिकल कलेजलाई सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोषले डा सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई सम्मान गरेको छ । सामाजिक सुरक्षामा उत्कृष्ट योगदान पुर्याएको कदर गर्दै आठौँ सामाजिक सुरक्षा दिवसका प्रधानमन्त्री सुशीला कार्कीले सम्मान-पत्र प्रदान गरेकी हुन् । आर्थिक वर्ष २०७९/८० मा योजनामा आवद्ध श्रमिकहरूलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै सबैभन्दा बढी योगदानकर्ताला...
प्रहरीको ट्रयाकसुट लगाएर हिँड्दै गर्दा पक्राउ परेपछि…

प्रहरीको ट्रयाकसुट लगाएर हिँड्दै गर्दा पक्राउ परेपछि…

काठमाडौं । नेपाल प्रहरीको ट्रयाकसुट लगाएर हिँड्दै गरेका व्यक्ति लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछाम मल्लेक गाउँपालिका-७ घर भएका २२ वर्षीय अमृत साउद छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट गरेको ट्रयाकसुट लगाएर हिँडिरहेको अवस्थामा आज बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी काठमाडौंको कपनमा बस्दै आएका थिए । प्...
विराटनगरबाट काठमाडौं जाँदै गरेको कार सिन्धुलीमा दुर्घटना, एक जनाको मृत्यु

विराटनगरबाट काठमाडौं जाँदै गरेको कार सिन्धुलीमा दुर्घटना, एक जनाको मृत्यु

सिन्धुली । विराटनगरबाट काठमाडौं जाँदै गरेको कार सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा विराटनगर-१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको हो । प्रहरीका अनुसार आज बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका-६ चैनपुरमा बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि आत्मीय सामुदायिक अस्पताल खाल्टे लगिएकोमा ओमबहादुर...
काठमाडौंमा श्रीमतीको हत्या आरोपमा संखुवासभाका तेन्जिङ पक्राउ

काठमाडौंमा श्रीमतीको हत्या आरोपमा संखुवासभाका तेन्जिङ पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-७ गौरीघाटमा ४० वर्षीया विमला तामाङको हत्या आरोपमा उनकै श्रीमान ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पा पक्राउ गरेका छन् । प्रहरीका अनुसार शेर्पाको घर संखुवासभाको खाँदबारी नगरपालिका-६ हो । शेर्पाले आइतबार दिउँसो श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । विमलाको शव डेरा कोठामा फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा हत्यामा श्रीमानकै सं...
गोसाइँकुण्डमा डुबेर विराटनगर र बेलबारीका युवाको मृत्यु

गोसाइँकुण्डमा डुबेर विराटनगर र बेलबारीका युवाको मृत्यु

विराटनगर । रसुवास्थित गोसाइँकुण्डमा नुहाउने क्रममा डुबेर मोरङका दुई जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–३ का २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गका २८ वर्षीय मनोज न्यौपाने छन् । हिजो डुबेर बेपत्ता भएका उनीहरूको शव आज बिहान १० वजे फेला पारेर सुरक्षाकर्मीको टोलीले बाहिर निकालेको छ । न्यौपाने र ढकालसहित १३ जनाको टोली काठमाडौंबाट हिजो गोसाइँकुण्ड गएका ...
यी हुन् रसुवाको बाढीमा बेपत्ता भएका १८ जना 

यी हुन् रसुवाको बाढीमा बेपत्ता भएका १८ जना 

विराटनगर । रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ रसुवागढीमा आएको बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको छ । आज बिहानको राति आएको बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता भएका छन् । जसमा चिनियाँ र नेपाली नागरिक छन् । इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा बेपत्ता छन् । यस्तै चिनियाँ नागरिकहरू यु युइ, ली हुवाछिन, याङ ...
error: Content is protected !!