ओखलढुङ्गा र सोलुखुम्बुका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
सोलुखुम्बु । ओखलढुङ्गा र सोलुखुम्बुका तीन विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सेवा र विकासका लागि युवाको आयोजना एवं प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा सय जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-९ मा रहेको कालिका माध्यमिक विद्यालय र सुनकोशी गाउँपालिका-१० मा रहेको त्रिवेणीधाम गुरुकुल संस्कृत आधारभूत विद्यालयका विद्या...





























