संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरपालिका-७ परिचयमोडस्थित सुभाष मेडिकल एण्ड डायग्नोस्टिक सेन्टरमा यही माघ २८ गते निःशुल्क स्वास्थ्य जाँच शिविर हुने भएको छ ।

Advertisement

युनिभर्सल युथ ग्रुपको प्राविधिक सहयोगमा सुभाष मेडिकलले एक दिने निःशुल्क स्वास्थ्य जाँच शिविर गर्न लागेको हो । पाइल्स तथा फिस्टुला, मलद्वार चिलाउने, मलद्वारबाट पिप र रगत आउने दुख्ने, मलद्वारमा मासु पलाएको, शरीरमा निस्किएका गाँठागुँठी लगायतको निःशुल्क जाँच गरिनेछ ।

अनुभवी डा.प्रदिप कुमार यादवसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गर्ने युनिभर्सल युथ ग्रुप उर्लाबारीका हेल्थ कोअर्डिनेटर पवन न्यौपानेले जानकारी दिए ।

निःशुल्क स्वास्थ्य जाँच पश्चात उपचार गर्नुपरेमा ५० प्रतिशत छुटमा विना अपरेशन उपचार गरिने बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!