संगालोखबर संवाददाता

विराटनगर । राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकको अधिकारको सम्बन्धमा व्यवस्था भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनहरुको कार्यान्वयनमा जोड दिएको छ । उसले श्रम शोषणका सबै अवस्थाको अन्त्य गरी श्रमिकका अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ ।

Advertisement

बुधबार १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसमा शुभकामना दिँदै आयोगले सरकारलाई श्रमिकका लागि संविधानमा व्यवस्था गरिएका तथा अन्तर्राष्ट्रिय श्रमसम्बन्धी सन्धिहरुको कार्यान्वयनमा जोड दिन सरकारलाई आग्रह गरेको छ ।

दैनिक हजारौं युवा विदेश पलायन भइरहेको, श्रमिकहरुले समयमा तलब नपाएको, श्रम शोषण गरिएको, न्यूनतम पारिश्रमिक नपाएको, गरिबीका कारण बालबालिकाहरु इँट्टाभट्टा, होटल तथा रेष्टुरेन्टहरु र निजी घरहरुमा रुपमा काम गर्न बाध्य भएको जस्ता घटनाहरु जानकारीमा आएको स्मरण गराउँदै आयोगले त्यसबाट श्रमिकलाई मुक्त गर्न जोड दिएको छ ।

‘श्रमिकको अधिकारको सम्बन्धमा व्यवस्था भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनहरुको कार्यान्वयनमा जोड दिन, नेपाल सरकारले लागू गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था र सामाजिक सुरक्षा कोषमा सबै क्षेत्रलाई आबद्ध गराउन, सुरक्षित र मर्यादित कार्य वातावरणको निर्माण भनिएको छ ।

‘श्रम शोषणका सबै अवस्थाको अन्त्य गर्ने, गराउने कार्यमा विशेष जोड दिन आयोग नेपाल सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने राष्ट्रिय नाराका साथ आज अन्तर्राष्ट्रिय मजदुर दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!