संगालोखबर सम्बाददाता

धनकुटा । ३२ महिना अघिदेखि साउदीमा जेल जीवन बिताइरहेका धनकुटाका दिनेश कार्कीलाई घर फर्किन पाउँछु भन्ने आश मरिसकेको थियो । चालक काम गर्दै आएका दिनेशले चलाएको गाडी दुर्घटना भएपछि पक्राउ परेका उनलाई अदालतले ५७ हजार रियाल अर्थात नेपाली १८ लाख भन्दा बढी रकम जरिवाना तोकिदियो । गरिबीका कारण पैसा कमाउँन विदेशिएका दिनेशसँग जरिवाना बापतको रकम तिर्न सक्ने अवस्था थिएन, न त परिवारले नै नेपालबाट पैसा पठाएर उनलाई जेलमुक्त गराउँन सक्ने अवस्था थियो । परिबन्दले विदेशी जेलमा मृत्युवरण गर्नुपर्ने अवस्थामा पुगेका दिनेश अन्ततः घर फर्किन सफल भएका छन् ।

Advertisement

चौबिसे गाउँपालिका-४ स्थित फलामेटार घर भएका दिनेशलाई उनकै गाउँलेको पहलमा सहयोग संकलन गरेर जरिवाना रकम भुक्तान गरी नेपाल ल्याइएका हो । चौबिसेका महेन्द्र न्यौपानेको अगुवाइमा २०७९ भदौ महिनाबाट सहयोग संकलन अभियान थालिएको थियो । डेढ वर्षसम्म सञ्चालित अभियानका क्रममा विभिन्न संघसंस्था र व्यक्तिहरूबाट ९ लाख ९१ हजार ६ सय ९४ रुपैयाँ रकम संकलन गरियो ।

जरिवाना बापत तिर्नुपर्ने रकममा ३२ हजार रियल छुट गरी २५ हजार रियाल अर्थात ८ लाख ९० हजार ५ सय रुपैयाँ जरिवाना तिरेर उनलाई जेलमुक्त गरी नेपाल ल्याइएको सहयोग संकलन अभियानमा खटिएका संविधानसभा सदस्य हेमराज भण्डारीले जानकारी दिए ।

भिडियो रिपोर्ट हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!