दमकका सबै वडामा एमालेको निर्वाचन परिचालन कमिटी कार्यालय सञ्चालन
दमक । नेकपा एमालेले दमक नगरपालिकाका १० वटै वडामा वडा स्तरीय कार्यालय सञ्चालन गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन परिचालन कमिटी अन्तर्गत आजबाट सबै वडामा कार्यालय सञ्चालन गरिएको हो ।
कार्यालय सञ्चालनमा आएसँगै अब पार्टीका हरेक कार्यकर्ता मतदाताका घरघर जाने एमालेले जनाएको छ । यसअघि नै एमालेले भेला आयोजना गरेर मतदातालाई पार्टी अध्यक्ष एवं झापा ५ का उम्मेद्वार केपी शर्मा ओलीलाई मतदान गर्न आह्वान ग...


























