संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाका सिजन भट्टराई र भोजपुरकी निस्मा श्रेष्ठ पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-५ को विजेता बनेका छन् । धनकुटाको टुँडिखेलमा शनिवार राती सम्पन्न प्रतियोगिताको फाइनलमा गायनतर्फ धनकुटाको भीरगाउँका भट्टराई र नृत्यतर्फ भोजपुरकी श्रेष्ठ विजेता बनेकी हुन् ।

Advertisement

गायनतर्फ धनकुटाको पाख्रीवासकी स्वीकृति राई द्वितीय र पाख्रीवासकै इन्वाङ राई तृतीय भएका छन् । यता, नृत्यतर्फ तेह्रथुमको द राइजिङ ग्रल्स द्वितीय र धनकुटाको स्क्वार्ड समूह तृतीय भएका छन् । दुवै विधातर्फका विजेतालाई नगद दुई लाखसहित ५ लाख बराबरको जीवन बिमा गर्ने व्यवस्था मिलाइएको छ । द्वितीय हुनेलाई दुई लाख बराबरको जीवन बिमाको व्यवस्था गरिएको कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिए ।

कोशी प्रदेशका १४ वटै जिल्लामा भएको अडिसनबाट छनौट भएर आएका गायनतर्फका १२ र नृत्यतर्फका १४ जनाबीच फाइनलमा प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा निर्णायकबाट ५० प्रतिशत र ‘भोटिङ्ग’ बाट ५० प्रतिशत अङ्क प्रदान गरी विजेता छनौट गरिएको हो ।

गायक कृष्णभक्त राई, जुनी खालिङ्ग राई र महेश राई गायनतर्फ तथा युसिन यस्माली मगर र विशेष गुरुङ नृत्यतर्फको निर्णायकको भूमिकामा थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!