संगालोखबर

विराटनगर । मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी चयन भएका छन् । विराटनगरमा आज सम्पन्न संघको ३४औं अधिवेशनबाट उनी सर्वसम्मत रुपमा अध्यक्षमा चुनिएका हुन् ।

Advertisement

कार्यसमितिका लागि पहिले १९ सदस्यीय कार्यकारिणी समिति चयन भएको थियो । कार्यकारिणी समितिको बैठकले अध्यक्षमा राठीलाई नेतृत्वमा चयन गरेको हो ।

अनुपमका हजुरवुवा स्व. आशकरण राठी २०३८ सालमा मोरङ व्यापार संघको अध्यक्ष थिए । त्यस्तै २०४९ सालमा आशकरणका जेठा (अनुपमका बुवा) छोरा नन्दकिशोर राठी अध्यक्ष भएका थिए ।

संघको बरिष्ठ उपाध्यक्षमा अनिलकुमार साह चुनिएका छन् । यस्तै, उपाध्यक्षमा विकाशकुमार बेगवानी र अनिल सारडा चयन भएका छन् ।

संघको महासचिवमा सञ्जय श्रेष्ठ, सचिवमा अमित सारडा, कोषाध्यक्षमा राजेश बगडिया चयन भएका छन् । यसैगरी, सदस्यहरुमा दिपेश सुवेदी, सुशील सुराना, विवेक अग्रवाल, मनिषकुमार मारु, देवाशिष गोल्छा, विनित सिंघानिया, अमित राठी, आशिष जाजु, पवन राठी चयन भए ।

यस्तै, कार्यकारिणी सदस्यमा गोपाल अग्रवाल, ओमप्रकाश शर्मा, कृष्णप्रसाद रिजाल, बन्दना जैन, धिरज मोहता, विनोद बोहरा, डा. दिपेन्द्र नौलखा, पंकज गोयल, सञ्जीव श्रेष्ठ चयन भए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!