संगालोखबर सम्बाददाता

विराटनगर । वैदेशिक रोजगारीका लागि दुबई पुगेका ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबई अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । पाँच वर्षअघिदेखि दुबईमा जेल जिवन बिताइरहेका श्रेष्ठलाई अदालतले मृत्युदण्ड तोकेको हो ।

Advertisement

श्रेष्ठ कार्यरत कम्पनीमै काम गर्दै आएका नवलपुरका बाबुराम आले मगरको मृत्यु भएपछि उनलाई दुबई प्रहरीले पक्राउ गरेको थियो । कोठामा झगडा हुँदा छुट्याउँने क्रममा मगरलाई गम्भीर चोट लाग्यो । घाइते मगरलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

अहिले पीडित परिवारले १ लाख ५० हजार दिराम अर्थात् करिब ४९ लाख नेपाली रुपैयाँ ब्लडमनी बापत मागेकाले सो पैसा दिन सके ज्यान जोगिने भुवनका दाजु दिनेशकुमारले बताए ।

उनका अनुसार पैसा बुझाउँन नसके अबको केही महिनामै भुवनलाई मृत्युदण्डको सजाय हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!