नेपाल टेलिकमको इन्टरनेटमा समस्या, पुनर्स्थापनाको प्रयास हुँदै
विराटनगर । नेपाल टेलिकमले उपलब्ध गराउने इन्टरनेटमा समस्या आएको छ । गएराति १ः३० बजेदेखि इन्टरनेटमा समस्या आएको टेलिकमले जनाएको छ ।
केहीबेर अघि टेलिकमले एक सूचना जारी गर्दै सेवा पुनर्स्थापित गर्ने काम भइरहेको जनाएको छ । टेलिकमका अनुसार इन्टरनेट सेवाको स्पीडमा समस्या भएको हो ।
‘एउटा सेवाप्रदायकको नेटवर्कमा समस्या उत्पन्न भएको हुँदा सम्पूर्ण ट्राफिकहरू वैकल्पिक सेवाप्रदायकबाट संचालनमा रहेका छन्’, ...






























