विराटनगर । खोला छेउको माटो काट्ने क्रममा बिवाद हुँदा एक जनाको मृत्यु भएको छ । मोरङको बुढीगंगा–५ स्थित बुढी खोलामा माटो काट्ने क्रममा भएको बिवाद कुटपिटमा परिणत हुँदा एक जनाको मृत्यु भएको हो ।

Advertisement

मृत्यु हुनेमा दुहबी–१ का ४० वर्षीय जाबिर मियाँ छन् । ‘शनिबार सामान्य बिवाद भएको अवस्थामा घटना कुटपिटमा परिणत भएछ’, सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मो. अजुल हुसेनले भने, ‘कुटपिट गर्ने र मृत्यु हुने आफन्त नै हुन् भन्ने कुरा छ ।’

जिल्ला प्रहरी कार्यालय मोरङले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ । घटनामा कति जना संलग्न थिए र के कारणले बिवाद भएको थियो भन्ने विषय खुल्न बाँकी रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । घटनामा संलग्नको खोजी भइरहेको उनले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!