संगालोखबर संवाददाता

धनकुटा । परिवारसँग दुई दिनदेखि सम्पर्कविहीन बनेका धनकुटाको चौबीसेका एकजना मृत अवस्थामा भेटिएका छन् । चौबीसे गाउँपालिका–७ स्थित सार्वजनिक पाटीमा ४७ वर्षीय अर्जुन चेम्जोङ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

गत आइतबार खानेपानीको महसुल तिर्न भनेर घरबाट हिँडेपछि उनी सम्पर्कविहीन बनेका थिए । इलाका प्रहरी कार्यालय राजारानीका प्रहरी निरीक्षक उमेश राईका अनुसार खोजीका क्रममा उनी सार्वजनिक पाटीमा मृत अवस्थामा भेटिएका हुन् ।

स्थानीय बासिन्दाले उनको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक प्रक्रिया पूरा गरिएको थियो ।

प्रहरीका अनुसार चेम्जोङको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । घटनाबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय राजारानीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!