विराटनगरको अव्यवस्थित ‘डम्पिङ साइट’ स्थानान्तरणको तयारी

विराटनगरको अव्यवस्थित ‘डम्पिङ साइट’ स्थानान्तरणको तयारी

विराटनगर । विराटनगर महानगरपालिका-६ स्थित ब्रह्मपुराका स्थानीयले अब आनन्दको श्वास फेर्न पाउने भएका छन् । अव्यवस्थित ‘डम्पिङ साइट’ का कारण झण्डै दुई दशक देखि फोहोरको दुर्गन्धमा निसास्सिन बाध्य ब्रह्मपुराबासीलाई अब भने राहत मिल्ने भएको छ । विराटनगर महानगरपालिकाले आगामी पुस १ गतेबाट ‘डम्पिङ साइट’ स्थानान्तरणको तयारी थालेको छ । अव्यवस्थित डम्पिङ साइटका कारण स्थानीयको जनस्वास्थ्यसँगै दैनिकीमा पनि नरा...
विराटनगर महानगरपालिकाद्वारा अनुदानमा बिउ वितरण 

विराटनगर महानगरपालिकाद्वारा अनुदानमा बिउ वितरण 

विराटनगर । विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा गहुँ र मकैको बिउ वितरण सुरु गरेको छ । कृषकलाई कृषिप्रति आकर्षण जगाउन अनुदानमा बिउ वितरण गरिएको महानगरले जनाएको छ । महानगरका अनुसार ३६ समूह र १० जना कृषकलाई बिउ वितरण गरिनेछ । जसमध्ये १० हजार ६ सय ३८ केजी गहुँ र ७ सय १४ केजी मकैको बिउ वितरण गरिएको कृषि तथा पशुपन्छी शाखाका संयोजक हिरालाल यादवले जानकारी दिए । महानगर क्षेत्रभित्र ९ सय हेक्टरमा...
विराटनगरको रानी अस्पतालबाट निःशुल्क प्रसूति सेवा सुरु

विराटनगरको रानी अस्पतालबाट निःशुल्क प्रसूति सेवा सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर-१५ स्थित रानी अस्पतालबाट निःशुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा) सुरु गरेको छ । मातृ तथा शिशुको मृत्युदर घटाउने उद्देश्यले दक्षिणी क्षेत्रमा २४ सै घण्टा निःशुल्क प्रसूति सेवा सुरु गरिएको हो । उपमेयर शिल्पा निराला कार्की र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलको उपस्थितिमा मेयर कोइरालाले प्रसूति सेवाको उद्‌घाटन गरे । महानगरले भौतिक पूर्वाधारको...
अपडेट : विराटनगरको सात घुम्तीनजिक लागेको भीषण आगलागी नियन्त्रणमा

अपडेट : विराटनगरको सात घुम्तीनजिक लागेको भीषण आगलागी नियन्त्रणमा

विराटनगर । विराटनगर महानगरपालिका-७ स्थित सात घुम्तीनजिक एउटा प्लाष्टिक उद्योगको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान लागेको आगो करिब दुई घण्टामा नियन्त्रणमा लिइएको हो । विराटनगरका नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार पाँच वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ । विराटनगर महानगरपालिकाका दुई, दुहबी नगरपालिकाको एक, बेलबारी नगरपालिकाको एक र सुन्दरहरैँचाको एक गरि पाँच वटा दमकलले आ...
पुष्पलालचोक-तीनपैनी सडक : पहिला पूर्वकै नमूना, अहिले खाल्डै-खाल्डाको धराप

पुष्पलालचोक-तीनपैनी सडक : पहिला पूर्वकै नमूना, अहिले खाल्डै-खाल्डाको धराप

विराटनगर । विराटनगरको पुष्पलाल चोकदेखि तीनपैनीसम्मको सडक कुनै बेला पूर्वी नेपालकै नमूना सडकका रूपमा परिचित थियो । दुई लेन सडकको बीच भागमा बनाइएको आइल्याण्डमा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो भने रातको समयमा सडकलाई उज्यालो बनाउन सोलार बत्ती जडान गरिएको थियो । तर अहिले सोही सडकले दुर्घटनाको धराप थापेको छ । सडकभरि रहेका खाल्डाका कारण सवारी आवत-जावत जोखिमपूर्ण बनेको छ । स्थानीय निर्मला पाण्डेक...
विराटनगरमा सरसफाइ सचेतना अभियानले पनि रोकिएन जथाभावी फोहोर फ्याँक्ने प्रवृत्ति 

विराटनगरमा सरसफाइ सचेतना अभियानले पनि रोकिएन जथाभावी फोहोर फ्याँक्ने प्रवृत्ति 

विराटनगर । विराटनगर महानगरपालिकामा सरसफाइ सचेतना सम्बन्धि अभियान बढेपनि जथाभावी फोहोर फ्याँक्ने प्रवृत्तिको अन्त्य भएको छैन । महानगरपालिका तथा अभियन्ताहरू सहरलाई सफा बनाउन अग्रसर भएपनि नागरिक सचेत नहुँदा समस्या देखिएको हो । महानगरपालिकाले तीन वटा निजी कम्पनीलाई फोहोर व्यवस्थापनको जिम्मा दिएको छ । ती कम्पनीले सरसफाइ सदस्यता लिएका घरहरूको फोहोर संकलन गर्छन । तर सार्वजनिक स्थलको फोहोर संकलनमा समस्...
विराटनगरमा छैनन् घुमफिर गर्ने स्थल, समय व्यतीत गर्न अन्यत्र जानुपर्ने बाध्यता

विराटनगरमा छैनन् घुमफिर गर्ने स्थल, समय व्यतीत गर्न अन्यत्र जानुपर्ने बाध्यता

विराटनगर । विराटनगर कोशी प्रदेशको राजधानी मात्र नभएर प्रदेशकै एक मात्र महानगरपालिका हो । जसका कारण लाग्न सक्छ, विराटनगर सम्पूर्ण पक्षमा पूर्ण छ । तर, सोचेभन्दा धेरै फरक छ । विराटनगरमा घुमफिरका लागि उपयुक्त स्थान छैनन् । फुर्सदको समयमा परिवार तथा साथीभाइसँग घुमफिर गर्ने योजना बनाउँदा पनि विराटनगरमा ठाउँ नहुँदा अन्यत्र जानुपर्ने बाध्यता छ । विराटनगरमा उपयुक्त घुमफिर गर्ने स्थान नहुँदा अन्यत्रै ज...
जेनजी आन्दोलन : विराटनगर महानगरपालिकामा एक अर्बको क्षति

जेनजी आन्दोलन : विराटनगर महानगरपालिकामा एक अर्बको क्षति

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकामा एक अर्ब बराबरको क्षति भएको छ । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका हुँदा सो मूल्य बराबरको क्षति भएको हो । मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार दुई ३४ रुपैयाँ बराबरको क्षति भएको छ । जुन महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ मा भएको क्षति हो । त्यस्तै जिन्सी सामग्रीतर्फ...
कोशी प्रदेश खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

कोशी प्रदेश खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

विराटनगर । कोशी प्रदेशलाई खोरेतमुक्त बनाउने लक्ष्यअनुरूप विराटनगर महानगरपालिकाबाट निःशुल्क खोप अभियान सुरु गरिएको छ । कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा खोप अभियान सुरु गरिएको हो । विराटनगर-१२ स्थित बञ्जारा एग्रो फार्मबाट खोप अभियान सुरु गरिएको हो । विराटनगर महानगरपालिका...
विराटनगरमा घरदैलो अभियानमार्फत सरसफाइ सचेतना

विराटनगरमा घरदैलो अभियानमार्फत सरसफाइ सचेतना

विराटनगर । विराटनगर महानगरपालिका–९ मा घरदैलो अभियानमार्फत सरसफाइ सचेतना अभियान सुरु गरिएको छ । घोघाहा पुल चोक क्षेत्रका बासिन्दालाई फोहोर व्यवस्थापनमा सचेत गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । सो क्षेत्रमा घरको फोहोर सडकमा फाल्ने प्रवृत्ति बढ्दै गएपछि सचेतना कार्यक्रमसहित घरदैलो अभियान सुरु गरिएको महानगरका सरसफाइ शाखा प्रमुख पुनम दाहालले जानकारी दिए । अभियान अन्तर्गत प्रत्येक घरलाई फोह...
जेनजी आन्दोलनपछि बल्न छाडे विराटनगरका ट्राफिक बत्ती, मर्मतको छैन टुङ्गो

जेनजी आन्दोलनपछि बल्न छाडे विराटनगरका ट्राफिक बत्ती, मर्मतको छैन टुङ्गो

विराटनगर । विराटनगरका विभिन्न स्थानमा जडान गरिएका ट्राफिक बत्ती नबल्दा सवारी आवागमन अस्तव्यस्त बनेको छ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेपछि बल्न छाडेका ट्राफिक बत्ती मर्मतको अत्तोपत्तो छैन । ट्राफिक बत्ती नबल्दा ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ । कार्यालय समयमा थप सवारी चाप हुनेहुँदा बाटो काट्ने पैदलयात्रीलाई थप समस्या थपिएको छ । विराटनगर भर्खर-भर्खर ट्राफिक बत्तिमा अभ्यस्त हुँदैथियो...
विराटनगर महानगरको क्षतिग्रस्त भवन विज्ञ प्राविधिक टोलीद्वारा अवलोकन

विराटनगर महानगरको क्षतिग्रस्त भवन विज्ञ प्राविधिक टोलीद्वारा अवलोकन

विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको विराटनगर महानगरपालिकाको कार्यालय भवनको सरसफाइ सकिएको छ । अत्यावश्यकसहितका आंशिक सेवा सुचारु गरिसकेको महानगरलाई पहिलाकै अवस्थामा फर्काउन तीव्रगतिमा काम थालिएको छ । महानगरले जलेका सबै कोठाको सरसफाइ सकेर विज्ञ प्राविधिक टोलीलाई झिकाएर भवनको अवलोकन गराएको छ । जलेको भवनलाई पुनः सञ्चालनमा ल्याउन सकिने नसकिने विषयमा महानगरले विज्ञ प्राविधिक टोली बोलाएर अव...
विराटनगरमा सार्वजनिक बिदा

विराटनगरमा सार्वजनिक बिदा

विराटनगर । विराटनगर महानगरपालिकाले मोहम्मद डेका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव अर्थात मोहम्मद डेका अवसरमा महानगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो । अत्यावश्यक सेवाबाहेक महानगर अन्तर्गतका सम्पूर्ण कार्यालय बन्द रहने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
विराटनगरमा मासु पसल अनुगमन, बाख्राको मासु बरामद

विराटनगरमा मासु पसल अनुगमन, बाख्राको मासु बरामद

विराटनगर । विराटनगर महानगरपालिकाले माछामासु पसलको अनुगमन गरेको छ । मापदण्डविपरीत माछामासु पसल सञ्चालन गरेको व्यापक गुनासो आएपछि महानगरले अनुगमनलाई तीव्रता दिएको हो । महानगरको कृषि तथा पशुपक्षी शाखाका संयोजक हिरालाल यादवको नेतृत्वमा महानगरका विभिन्न क्षेत्रमा सञ्चालित माछामासु पसलको अनुगमन गरिएको छ । विराटनगर-९ पुरानो गुद्रीमा सञ्चालित अलिहसन मियाँको पसलबाट १५ किलो, सोहराव कुरेसी, न्यू जावेद मा...
विराटनगरमा कसरी भाँचिए १५ वटा पोल ?

विराटनगरमा कसरी भाँचिए १५ वटा पोल ?

विराटनगर । विराटनगर-१५ स्थित बाबा सिनेमा हल छेउमा रहेको पुरानो पिपलको बोट ढल्दा दुई दर्जन विद्युतीय पोल भाँचिएका छन् । आज बिहान करिब ६ बजे विद्युतको तारमाथि पिपलको बोट ढल्दा पोल भाँचिएका हुन् । पोल भाँचिएपछि बाबा सिनेमा हल आसपाससहित केही क्षेत्रमा विद्युत अवरुद्ध भएको छ । ‘पुरानो पिपलको रूख थियो । एक्कासि भाँचिएछ’, वडाध्यक्ष प्रकाश साहले संगालोखबरसँग भने, ‘तारमाथि रूख परेपछि १५ वटा पोल ढलेका छन...
विराटनगरमा बुधबार र बिहीबार कोरोना विरुद्धको खोप अभियान 

विराटनगरमा बुधबार र बिहीबार कोरोना विरुद्धको खोप अभियान 

विराटनगर । विराटनगर महानगरपालिकाले भोलि बुधबार र बिहीबार कोरोना भाइरस विरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढ्न थालेसँगै महानगरपालिकाले ५५ वर्षमाथिका सबै र १२ वर्षमाथिका दीर्घरोगीलाई खोप लगाउने जनाएको छ । यसैगरी हालसम्म खोप नलगाउने, बुस्टर डोज नलगाउने र प्रत्यक्ष जनसम्पर्क हुने स्थानमा कार्यरत राष्ट्रसेवक कर्मचारी र अन्य जोखिममा ...
विराटनगरका कार्यपालिका सदस्यको स्मृतिमा श्रद्धाञ्जली सभा 

विराटनगरका कार्यपालिका सदस्यको स्मृतिमा श्रद्धाञ्जली सभा 

विराटनगर । विराटनगर महानगरपालिका कार्यपालिका सदस्य सञ्जीवकुमार साहको स्मृतिमा महानगरले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलसहितको उपस्थितिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । मेयर कोइरालाले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै महानगरका लागि साहको अभाव सधैं रहिरहने उल्लेख गरे । उनले कार्यपालिका सदस्य सा...
विराटनगरमा सामूहिक रोपाइँ (फोटो फिचर)

विराटनगरमा सामूहिक रोपाइँ (फोटो फिचर)

विराटनगर । आज असार १५ अर्थात २२ औँ राष्ट्रिय धान दिवस ‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ मनाइएको छ । आजको दिनमा औपचारिक कार्यक्रमको आयोजना गरेर नै सामूहिक रोपाइँ गर्ने र दही चिउरा खाने गरिएको छ । सोही क्रममा विराटनगर महानगरपालिकाले पनि सामूहिक रोपाइँ कार्यक्रमको आयोजना गर्यो । विराटनगर-१६ दरैयामा उप-मेयर शिल्पा निराला कार्की, विभिन्न वडाका वडाध्यक्ष तथा महानगरका...
बढ्यो विराटनगर महानगरको बजेट, बढेन आन्तरिक आम्दानी

बढ्यो विराटनगर महानगरको बजेट, बढेन आन्तरिक आम्दानी

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको बजेट चालू आर्थिक वर्षको तुलनामा करिब ५० करोड बढी हो । जसमा विभिन्न श्रोतहरूलाई आयको माध्यम बनाइएको छ । चालू आर्थिक वर्ष २०८१/८२ मा तीन अर्ब ५० करोड ३० लाख ८६ हजारको बजेट प्रस्तुत गरेको महानगरले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४० लाखको बजेट सार्वजनिक गरेको छ । तर महानगरले चालू आर्थिक वर्षमा ...
विराटनगर महानगरपालिकाको बजेट ४ अर्ब ४० लाख (पूर्णपाठसहित)

विराटनगर महानगरपालिकाको बजेट ४ अर्ब ४० लाख (पूर्णपाठसहित)

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आज नगरसभाको १६ औैं अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले बजेट सार्वजनिक गरेकी हुन् । वित्तीय समानीकरण अनुदान अन्तरगत संघीय सरकारबाट ३४ करोड ३४ लाख र प्रदेश सरकारबाट ३ करोड ६२ लाख ३० हजार आय हुने अनुमान गरिएको उपप्रमुख कार्कीले उल्लेख गरिन् । यस्तै राजस्व बाँडफाँडबाट प्राप्त ...
महानगरपालिकामध्ये विराटनगरको बेरुजु सबैभन्दा कम  

महानगरपालिकामध्ये विराटनगरको बेरुजु सबैभन्दा कम  

विराटनगर । देशभरका ६ वटा महानगरपालिकामध्ये विराटनगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनअनुसार विराटनगर महानगरको ०.३२ प्रतिशत मात्र बेरुजु देखिएको हो । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा विराटनगर महानगरको ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखापरीक्षण हुँदा जम्मा २ करोड ८ लाख ५७ हजार रुपैयाँ बेरुजु देखिएको छ । आर्थिक वर्ष २०८०/८१...
विराटनगर महानगरपालिकामा डिजिटल नागरिक बडापत्र 

विराटनगर महानगरपालिकामा डिजिटल नागरिक बडापत्र 

विराटनगर । विराटनगर महानगरपालिकाले डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । आज मेयर नागेश कोइरालाले महानगर परिसरमा स्थापना गरिएको डिजिटल नागरिक बडापत्रको शुभारम्भ गरे । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, भौतिक पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापासहित विभिन्न महाशाखा र शाखा प्रमुखहरूको उपस्थितिमा डिजिटल नागरिक बडापत्रको शुभारम्भ गरिएको हो ...
एमाले विराटनगर महानगरमा गिरीको प्यानल नै निर्वाचित

एमाले विराटनगर महानगरमा गिरीको प्यानल नै निर्वाचित

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा बलराम गिरीसहित प्यानलै विजयी भएको छ । आज बिहानको राति सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार १७३ मतका साथ अध्यक्षमा गिरी निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार रोहित कोइरालाले १२१ मत प्राप्त गरे । उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने १४५ मतसहित निर्वाचित हुँदा अर्का उम्मेदवार राम पोखरेलले १३६ मत प्राप्त गरे । सचि...
माओवादी केन्द्र विराटनगरको दोस्रो सम्मेलन बैशाख ७ गते 

माओवादी केन्द्र विराटनगरको दोस्रो सम्मेलन बैशाख ७ गते 

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर समितिले वैशाख ७ गते दोस्रो नगर सम्मेलन गर्ने भएको छ । विराटनगर महानगर समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै बैशाख ७ र ८ गते सम्मेलन हुने जानकारी दिएको हो । सम्मेलनमा पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने छन् । सम्मेलनमा तीन सय ५६ जना प्रतिनिधि, ३५ जना पर्यवेक्षक र २५ जना स्वयंसेवक रहने नगर समितिका अध्यक्ष नवीन पौडेलको...
एमाले विराटनगरको दोस्रो अधिवेशन : अध्यक्षमा कोइराला र गिरीको दाबी

एमाले विराटनगरको दोस्रो अधिवेशन : अध्यक्षमा कोइराला र गिरीको दाबी

विराटनगर । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशन आजबाट सुरु हुँदैछ । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा एमालेका प्रदेश इन्चार्ज शेरधन राईले अधिवेशनको उद्‌घाटन गर्नेछन् । बुधबारसम्म चल्ने अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । अध्यक्षमा वर्तमान अध्यक्ष रोहित कोइराला र महानगर सचिव बलराम गिरीबीच प्रतिस्पर्धा हुने बताइएको छ । नेताहरूका अनुसार सर्वसम्मत नेतृत्व चयनको प्रयास हुनेछ । सर्वसम्म...
एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तीव्र

एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तीव्र

विराटनगर । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तीव्र पारिएको छ । आज बसेको महानगर कमिटी सचिवालय बैठकले ९ वटा समिति गठन गर्दै अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले वैशाख २ र ३ गते हुने अधिवेशनका लागि प्रतिनिधि चयनको प्रक्रिया तय गरेको छ । चैत्र २८ गते भूगोलका प्रतिनिधिहरू चयन गरिने र चैत्र २९ गते जनसङ्गठनहरूको प्रतिनिधि चयन गरिने महानगरका सचिव बलराम गिरीले ज...
एमाले महानगर कमिटीद्वारा विराटनगरमा सरसफाइ

एमाले महानगर कमिटीद्वारा विराटनगरमा सरसफाइ

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले जागरण अभियान अन्तरगत आज सरसफाइ गरेको छ । विराटनगरको तीनपैनीमा भेला भएका एमाले नेता कार्यकर्ताहरूले सडकमा रहेको फोहोर उठाउँदै झाडु लगाएर सफा गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्यहरू जीवन घिमिरे, रामलाल साह, नैनकला ओझा, प्रदेश कमिटी सदस्य एवम् विराटनगर महानगरका इन्चार्ज पर्शुराम बस्नेत, जिल्ला उपाध्यक्ष सागर थापालगायतका नेताहरू सरसफाइमा सहभागि थ...
मर्यादित भएर होली मनाउन मेयर कोइरालाको आग्रह

मर्यादित भएर होली मनाउन मेयर कोइरालाको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाले होली पर्वका अवसरमा शुभकामना आदान-प्रदान गरेको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरू सहभागि थिए । मेयर कोइरालाले होली मर्यादित र विकृतिरहित तवरबाट मनाउनुपर्नेमा जोड दिए  । होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने मेयर कोइरालाको भन...
हाजिरी जवाफ प्रतियोगितामा पोखरिया र ग्रिनल्याण्ड प्रथम 

हाजिरी जवाफ प्रतियोगितामा पोखरिया र ग्रिनल्याण्ड प्रथम 

विराटनगर । अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालय र ग्रिनल्याण्ड इङ्ग्लिस स्कुल प्रथम भएका छन् । आधारभूत तहतर्फ ३२ वटा विद्यालयलाई पछि पार्दै पोखरिया र प्राथमिक तहतर्फ १६ वटा विद्यालयलाई पछि पार्दै ग्रिनल्याण्ड प्रथम भएका हुन् । विद्यार्थीहरूको चौतर्फी क्षमता विकास गर्ने उद्देश्यले भएको प्रतियोगितामा आधारभूत तहतर्फ मदननगर आधारभूत विद्यालय द्वितीय, सत्यनारायण म...
कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगरपालिका दोस्रो

कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगरपालिका दोस्रो

विराटनगर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगरपालिका दोस्रो भएको छ । ६ वटा महानगरपालिकामध्ये विराटनगरले ७३ दशमलव ५ प्रतिशत अंकका पाएर दोस्रो भएको हो । आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्याङ्कन गर्छ । ती सूचकहरूमध्ये पालिकाले समयमै सभामा बजेट पेश गरे/नगरेको, पारित गरे/नगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बे...
विराटेश्वर वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर 

विराटेश्वर वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर 

विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय मोरङको  आयोजना तथा नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षण गरिएको हो । महानगरको समन्वयमा विराटनगरभित्र सञ्चालित वृद्धाश्रम तथा मानव सेवा आश्रमलगायतमा निःशुल्क स्वास्थ्य शिविर राखिएको छ । आजबाट शिविरको पहिलो दिन विराटेश्वरमा ४७ जनाको स्वास...
error: Content is protected !!