भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरद्वारा २५ लाख ५१ हजार सहयोग
विराटनगर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
महानगरपालिकाले विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । बाँकी रकम जनप्रतिनिधिको सेवा-सुविधा तथा कर्मचारीको मासिक पारिश्रमिकबाट जुटाइने महानगरपालिकाले जनाएको छ ।
बाढीबाट ठूलो जनधनको क्षति भएको अवस...




























