संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा वैशाख २३ गतेबाट सुरु हुने शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । गोल्डकप आयोजक समितिले प्रतियोगिता स्थल तल्लो टुँडिखेलमा आज पत्रकार सम्मेलन गरेर तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

Advertisement

वैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिम भीड्दैछन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लव काठमाडौं, एपीएफ फुटबल क्लव काठमाडौं, फोरस्टार युवा क्लव मोरङ र राष्ट्रिय जागृति क्लव इटहरी सहभागि हुनेछन् । त्यस्तै, वुटवल लुम्विनी फुटवल क्लव, विर्तामोड युनाइटेड झापा, सहलेश युवा क्लव सिरहा र आयोजक टिम पनि सहभागि हुने प्रतियोगिताका संयोजक सम्भु प्रधानले जानकारी दिए ।

उद्घाटन खेलमा एपीएफ र मोरङ आम्नेसाम्ने हुनेछन् । २४ गते हुने दोस्रो क्वाटरफाइनलमा त्रिभुवन आर्मी र विर्तामोड युनाइटेड, २५ गते राष्ट्रिय जागृति क्लव इटहरी र वुटवल लुम्बिनी क्लव तथा २६ गते आयोजक टिम र सहलेश युवा क्लव सिरहाबीच खेल हुने आयोजकले जनाएको छ ।

२७ र २८ गते सेमिफाइनल तथा २९ गते फाइनल खेल हुने तय भएको छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाउँने आयोजक भीमनारायण स्मृति प्रतिष्ठानका सचिव रोशन श्रेष्ठले जानकारी दिए ।

शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा २०५५ सालबाट सुरु भएको प्रतियोगिताको यो १६ औं संस्करण हो । हरेक बर्ष संञ्चालन हुदै आएको प्रतियोगिता कोरोनाका कारण यसअघि केही बर्ष सञ्चालन हुन सकेको थिएन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!