संगालोखबर संवाददाता
तुम्लिङटार विमानस्थल । फाइल तस्बिर ।

विराटनगर । प्रतिकूल मौसमका कारण सङ्खुवासभाको तुम्लिङटारमा हवाई सेवा अवरुद्ध भएको छ । बाक्लो तुँवालो लागेका कारण उडान हुन नसकेको हो ।

तुम्लिङटारमा काठमाडौंबाट बुद्ध एयरको दैनिक एउटा उडान हुने गरेको छ । काठमाडौंबाट बिहान ९ः२० बजे तथा तुम्लिङटारबाट काठमाडौंका लागि बिहान १०ः२० बजे उडान हुने गरेको बुद्ध एयरको तुम्लिङटार कार्यालयका निमित्त प्रमुख राजीव पोखरेलले बताए ।

Advertisement

आसपासका जङ्गल क्षेत्रमा डढेलो लागेकाले धुवाँ फैलिएको साथै विमानस्थल वरपर बाक्लो तुँवालो लागेकाले उडान हुन नसकेको जनाइएको छ ।

उडानका लागि ५ किलोमिटर वरपर क्षेत्रमा ‘भिजिविलिटी’ चाहिने तर हाल एक किलोमिटर क्षेत्रमा मात्र रहेको जनाइएको छ । तुम्लिङटारमा बुद्ध एयरको एटीआर–७२ जहाजले उडान भर्दै आएको छ ।

तुम्लिङटारबाट दैनिक ५५ जना यात्रु काठमाडौं जाने गरेका थिए । उडान हुन नसकेपछि कतिपय यात्रुहरु विराटनगर आएर काठमाडौं गइरहेका छन् ।

पोखरेलका अनुसार केही यात्रुहरुले भने पछिका लागि टिकट मिति सारेका छन् । कतिपय यात्रु सडक मार्गबाट गन्तव्य गइरहेको उनले संगालोखबरलाई जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!