सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा सुरु भएको शहीद भीमनारायण गोल्डकपको आजको उद्घाटन खेल मध्यान्तरपछि स्थगित भएको छ । अविरल वर्षाका कारण खेल स्थगित गर्नु परेको आयोजकले जनाएको छ ।

Advertisement

उद्घाटन खेलमा एपीएफ र फोरस्टार युवा क्लब मोरङबीच खेल भइरहेको थियो । खेल सुरुवातको दोस्रो मिनेटमै एपीएफका सुमन श्रेष्ठले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए । तर, नियमित पानी परिरहेकाले मध्यान्तरपछिको खेल स्थगित गरिएको हो ।

मध्यान्तरअघि वर्षाकाबीच पनि खेल भइरहेको थियो । वर्षा नरोकिएपछि खेल स्थगित गर्नुपरेको आयोजक समिति संयोजक शम्भु प्रधानले जानकारी दिए । उनका अनुसार एपीएफ र फोरस्टार युवा क्लबबीच भोलि बिहान १० बजे पुनः खेल हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!