विराटनगरको मटेरुवामा तस्करी गरेर भण्डारण गरिएको ४१ बोरा दाल बरामद
विराटनगर । भारतबाट तस्करी गरेर ल्याएर घरमा भण्डारण गरिएको अवस्थामा सशस्त्र प्रहरीले विराटनगर-१७ मटेरुवाबाट ४१ बोरा दाल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीको टोलीले आज दुईवटा घरमा छापा मारेर १६ बोरा केराउ र २५ बोरा चनाको दाल बरामद गरेको हो ।
मटेरुवाका मो. मुन्ना मियाँको घरबाट ११ बोरा केराउ तथा अंगुरी खातुनको घरबाट २५ बोरा चनाको दाल र पाँच बोरा केराउ बरामद भएको सशस्त्...






























