प्राज्ञिक विद्यार्थी परिषद्को विराटनगर कमिटीमा घिमिरे चयन
विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विराटनगर महानगर कमिटीको अध्यक्षमा एम्स कलेजका सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन् ।
शनिबार सत्यनारायण स्कुलमा भएको भेलाले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो । यस्तै नगर सचिवमा राजेन्द्र प्रसाद शाह, सह-सचिवमा आर्यन कुमार कलवार, सुभास मण्डल र रोहित खतिवडा चयन भएका छन् ।
यसैगरी छात्रा प्रमुखमा पूजा पराजुली, सह-छात्रा प्रमुखमा...






























