धनकुटामा ५४ हजार बढी पशुचौपायालाई खोरेत विरुद्धको खोप लगाइने

धनकुटामा ५४ हजार बढी पशुचौपायालाई खोरेत विरुद्धको खोप लगाइने

धनकुटा । धनकुटामा खोरेत रोग उन्मूलनका लागि निःशुल्क खोप अभियान सञ्चालन गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले जिल्लाभर खोरेत रोग उन्मूलनका लागि असोज १५ गतेदेखि खोप अभियान सुरु गर्ने भएको हो । गाई, भैंसी, बंगुर र बाख्रालगायत खुर भएका पशुलाई खोप लगाइने केन्द्रले जनाएको छ । सातवटै स्थानीय तहमा खोप सञ्चालनका लागि ४४ जना भ्याक्सिनेटर छनोट भइसकेका छन् । उनीहरूलाई सातवटै ...
कोशीमा संविधान दिवसको सम्पूर्ण तयारी पूरा, यस्तो छ कार्यतालिका

कोशीमा संविधान दिवसको सम्पूर्ण तयारी पूरा, यस्तो छ कार्यतालिका

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा मनाइने संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । असोज ३ गते शनिबार विराटनगरको सहिद रंगशालामा हुने मूल समारोहको सम्पूर्ण तयारी पूरा गरिएको हो । कोशी प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाका अनुसार समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । बिहान साढे ६ बजे आदर्श माध्यमिक विद्यालय अगाडिब...
धनकुटा, सुनसरी र झापाबाट प्रतिबन्धित लागूऔषधसहित १० जना पक्राउ

धनकुटा, सुनसरी र झापाबाट प्रतिबन्धित लागूऔषधसहित १० जना पक्राउ

विराटनगर । झापा, सुनसरी र धनकुटाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र गाँजासहित १० जना पक्राउ परेका छन् । बुधबार चेकजाँच क्रममा प्रहरीले लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । झापाको भद्रपुर नगरपालिका-७ बस्ने प्रकाश सहनी र राहुल राजवंशी ४ ग्राम ८६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । यस्तै बिर्तामोड नगरपालिका-१ का २९ वर्षीय मनकुमार राई र २६ वर्षीया रेखा थापा ९५० मिलिग्राम ब्राउन सुगर...
कोशी प्रदेशका अलपत्र २३२ योजना सम्पन्न गर्न व्यवसायीहरूलाई मन्त्रीको अन्तिम मौका

कोशी प्रदेशका अलपत्र २३२ योजना सम्पन्न गर्न व्यवसायीहरूलाई मन्त्रीको अन्तिम मौका

विराटनगर । कोशी प्रदेशमा स्रोत अभावका कारण वर्षौंदेखि अधुरो र अलपत्र अवस्थामा रहेका योजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने भएका छन् । म्याद सकिएका तथा बजेट अभावले सम्पन्न नभएका सडक, पुल तथा भवनसहित २३२ वटा योजनाहरूको काम सम्पन्न हुने भएको हो । ती योजनाहरूको म्याद थप र बजेट व्यवस्थापनका लागि भौतिक पूर्वाधार मन्त्री जीवन आचार्य सकारात्मक देखिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्र...
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा धनकुटाका अनिलको मृत्यु

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा धनकुटाका अनिलको मृत्यु

सुनसरी । सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा धनकुटा नगरपालिका-२ भीरगाउँका २९ वर्षीय अनिल राईको मृत्यु भएको हो । आज बिहान ४ः३० बजे पानी परिरहेको बेला इटहरी-४ आर्मी क्याम्प नजिक सडकमा चिप्लिएर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १९ प ३१५० नम्बरको मोटरसाइकल चिप्लिएर डिभाइडरमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भए...
डेढ अर्ब बढीको हुण्डी कारोबारमा संलग्न भएको आरोपमा विराटनगरका दुई जना पक्राउ

डेढ अर्ब बढीको हुण्डी कारोबारमा संलग्न भएको आरोपमा विराटनगरका दुई जना पक्राउ

सुनसरी । डेढ अर्ब रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर-१५ रानीका ५६ वर्षीय शम्भु प्रसाद साह र विराटनगर-१७ का ३५ वर्षीय सुरज प्रसाद साह छन् । केही व्यक्तिहरूले गैरकानुनी रूपमा हुण्डी कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले शङ्कास्पद व्यक्तिहरूको बैंकिङ कारोबारमाथि सूक्ष्म अनुसन्धान सुरु गरेक...
लायन्स क्लब अफ विराटनगर सोसियलद्वारा अशक्तलाई ह्विल चियर, विद्यार्थीलाई सचेतना

लायन्स क्लब अफ विराटनगर सोसियलद्वारा अशक्तलाई ह्विल चियर, विद्यार्थीलाई सचेतना

विराटनगर । सामाजिक काममा सक्रिय रहँदै आएको लायन्स क्लब अफ विराटनगर सोसियलले शारीरिक रुपमा अशक्त व्यक्तिहरूलाई ह्विल चियर प्रदान गरेको छ । क्लबले मोरङको सुनवर्षी वडा नं. ५ झुंगिटोलका मानिकचन्द ऋषिदेव र वडा नं.२ अमरदहका हरिलाल ऋषिदेवलाई आज घरमै पुगेर ह्विल चियर प्रदान गरेको हो । पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारी, मल्टिपल काउन्सिल सदस्य लिला ढुंगेल, लायन्स क्लब अफ विराटनगर सोसियल...
मारवाडी युवा मञ्च विराटनगरले गर्यो बाढीपीडितलाई १ लाख ११ हजार सहयोग

मारवाडी युवा मञ्च विराटनगरले गर्यो बाढीपीडितलाई १ लाख ११ हजार सहयोग

विराटनगर । मारवाडी युवा मञ्च विराटनगरले भोटेकोशी बाढी प्रभावितका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । मञ्चले बाढीपीडितलाई राहत तथा पुर्नस्थापनाका लागि बुधबार सहयोग प्रदान गरेको हो । विपत्ति आइपरेका बेला सहयोग गर्नु सबैको दायित्व भएकाले सहयोग प्रदान गरिएको मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीले जानकारी दिए । उनका अनुसार नेपाल राष्ट्रिय मारवाडी युवा संगठनमार्फत प्रधानमन्त्...
विराटनगरका प्रमुख प्रशासकीय अधिकृत पटक-पटक बिदामा बस्दा रोकियो भुक्तानी

विराटनगरका प्रमुख प्रशासकीय अधिकृत पटक-पटक बिदामा बस्दा रोकियो भुक्तानी

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पटक-पटक बिदामा बस्दा कार्यालयको काममा समस्या भएको छ । महानगर श्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा साउन र भदौमा ६२ दिनमा जम्मा २६ दिन मात्र कार्यालयमा हाजिर भए । त्यसमा पनि केही दिन काजमा खटिएका थिए । साउनमा शनिबार र आइतबार १० दिन बाहेक अन्य १० दिन र भदौमा सार्वजनिक विदा ९ दिन पर्दा थप ७ दिन शर्मा बिदामा बसेका हुन् । ...
विराटनगरका विभिन्न स्थानमा भोलिदेखि ६ दिनसम्म रक्तदान शिविर

विराटनगरका विभिन्न स्थानमा भोलिदेखि ६ दिनसम्म रक्तदान शिविर

विराटनगर । तेरापन्थ युवक परिषद्, विराटनगरको आयोजनामा ६ दिने ‘मेगा ब्लड डोनेसन ड्राइभ’ आयोजना हुने भएको छ । रक्तदानबारे जनचेतना अभिवृद्धि गर्दै बिरामीका लागि आवश्यक रगत सङ्कलन गर्ने उद्देश्यले भालिदेखि असोज ७ गतेसम्म शिविर सञ्चालन गर्न लागिएको हो । अभियानअन्तर्गत विराटनगरका विभिन्न औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरूमा चरणबद्ध रूपमा रक्तदान शिविर सञ्चालन गरिनेछ आयोजकले आज पत्रकार सम्मेलनमार्फत ...
धनकुटा र धरानमा बृहत्तर बराहक्षेत्र विकास समितिको सम्पर्क कार्यालय

धनकुटा र धरानमा बृहत्तर बराहक्षेत्र विकास समितिको सम्पर्क कार्यालय

सुनसरी । बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धनकुटा र धरानमा सम्पर्क कार्यालय स्थापना गरेको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्न तथा तीर्थयात्रीहरूको सहजताका लागि धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क कार्यालय स्थापना गरेको हो । सुनसरी, उदयपुर र धनकुटाका धार्मिक पर्यटन क्षेत्रको प्रवर्द्धन, प्रचार-प्रसार र आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सहज तीर्थ गर्ने वातावरण बनाउ...
विराटनगरबाट लागूऔषध ब्राउन सुगरसहित दुई महिला पक्राउ

विराटनगरबाट लागूऔषध ब्राउन सुगरसहित दुई महिला पक्राउ

विराटनगर । विराटनगरबाट लागूऔषध ब्राउन सुगरसहित दुई महिला पक्राउ परेका छन् । विराटनगर-१७ मटेरुवा हुँदै भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई आज बिहान ११ः३० बजे प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको जोगवनीकी २५ वर्षीया लिजा खातुन र सोही स्थानकी ४० वर्षीया जुली खातुन छन् । उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा साथबाट ९० ग्राम ८५० मिलिग्राम ब्राउन सुगर बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डी...
विराटनगरको आर्या न्युरो हस्पिटलद्वारा मोरङ प्रहरीलाई कम्प्युटर सहयोग

विराटनगरको आर्या न्युरो हस्पिटलद्वारा मोरङ प्रहरीलाई कम्प्युटर सहयोग

विराटनगर । विराटनगरको कञ्चनवारीस्थित आर्या न्युरो हस्पिटलले मोरङ प्रहरीलाई कम्प्युटर सहयोग गरेको छ । हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत आज प्रहरी कार्यालयलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको हो । हस्पिटलका निर्देशक दिनेश ठाकुरले मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललाई कम्प्युटर हस्तान्तरण गरेका छन् । हस्पिटलका निर्देशक ठाकुरले जनताको सुरक्षामा खटिने प्रहरीलाई आवश्यक स्रोतसाधनमा सहयोग पुर्या...
इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । इलाममा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बोलेरो चालक देउमाई नगरपालिका-१ चमैताका ३५ वर्षीय तीर्थराज बस्नेतको मृत्यु भएको हो । देउमाई नगरपालिका-१ साधुगाउँबाट देउरालीतर्फ जाँदै गरेको प्र १-०१-००१ ज ३७०६ नम्बरको बोलेरो पल्टिँदा चालक थिचिएका थिए । ‘रातिको घटना जस्तो छ । हामीलाई बिहान ६ बजेतिर मात्रै जानकारी आयो’, इलाम प्रहरीका इन्स्पेक्टर मौसम उदासले सं...
विराटनगरमा मोरङका औषधि व्यवसायीलाई करसम्बन्धी सचेतना

विराटनगरमा मोरङका औषधि व्यवसायीलाई करसम्बन्धी सचेतना

विराटनगर । विराटनगरमा औषधि व्यवसायीका लागि कर सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल औषधि व्यवसायी संघ मोरङको आयोजना तथा आन्तरिक राजस्व कार्यालय विराटनगरको प्राविधिक सहयोगमा करसम्बन्धी सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा कर प्रणाली, व्यवसाय सञ्चालनका क्रममा पूरा गर्नुपर्ने कानुनी दायित्व तथा कर प्रशासनसँग सम्बन्धित प्रक्रियाबारे व्यवसायीहरूलाई जानकारी गराइएको थियो । सो क्रममा व्...
आमाको काजक्रिया बसेकै अवस्थामा धनकुटाका लक्ष्मीप्रसादको निधन

आमाको काजक्रिया बसेकै अवस्थामा धनकुटाका लक्ष्मीप्रसादको निधन

धनकुटा । आमाको काजक्रियामा बसेकै अवस्थामा छोराको पनि निधन भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका-६ छुम्लिङ घर भई हाल भक्तपुर बस्दै आएका ६४ वर्षीय लक्ष्मीप्रसाद लामिछानेको निधन भएको हो । शौचालय गएर फर्किने क्रममा एक्कासि बिरामी भएका उनको उपचारका क्रममा निधन भएको हो । १०६ वर्षीया आमा हरिमाया लामिछानेको काजक्रियामा बसेको सातौँ दिनमा उनी बिरामी भएका थिए । उनको काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचा...
मोरङबाट जुवा, अभद्र व्यवहार र लेनदेन मुद्दाका १७ फरार प्रतिवादी पक्राउ

मोरङबाट जुवा, अभद्र व्यवहार र लेनदेन मुद्दाका १७ फरार प्रतिवादी पक्राउ

विराटनगर । अदालतबाट सजाय तथा जरिवाना तोकिए पनि फरार रहँदै आएका १७ जना फरार प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । फैसला कार्यान्वयन अभियानअन्तर्गत विभिन्न मुद्दामा दोषी ठहरिएका फरार प्रतिवादीहरूलाई बुधबार विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा जुवा मुद्दाका ६ जना, अभद्र व्यवहार मुद्दाका ९ जना, चेक अनादरका १ जना र लेनदेन मुद्दाका १ जना छन् । जुवा मुद्दामा विराटनगर महा...
विराटनगरमा संविधान दिवसको अवसरमा रोड रेस र ब्याडमिन्टन प्रतियोगिता हुँदै

विराटनगरमा संविधान दिवसको अवसरमा रोड रेस र ब्याडमिन्टन प्रतियोगिता हुँदै

विराटनगर । विराटनगरमा संविधान दिवसको अवसरमा रोड रेस र ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा  आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोग तथा समन्वयमा प्रतियोगिता आयोजना गरिएको हो । बोर्डले असोज १ र २ गते ब्याडमिन्टन प्रतियोगिता र असोज २ गते रोड रेस आयोजना गर्ने तयारी गरेको छ । ब्याडमिन्टन प्रतियोगितामा कोशी प्रदेशभित्रका जनप्रतिनिधि, निजा...
घाइतेलाई उपचारमा लैजान्छु भनेर सडकमा फालेर हिँडेका सफारी चालकमाथि सवारी ज्यान मुद्दा

घाइतेलाई उपचारमा लैजान्छु भनेर सडकमा फालेर हिँडेका सफारी चालकमाथि सवारी ज्यान मुद्दा

विराटनगर । विराटनगरमा वृद्धलाई ठक्कर दिएर अस्पताल लैजान्छु भनेर अन्यत्र फालेर भागेका सफारी चालकमाथि सवारी ज्यान मुद्दा दर्ता भएको छ । सफारी चालक मोरङको कटहरी गाउँपालिका-२ का ५५ वर्षीय अर्जुन भगतमाथि सवारी ज्यान मुद्दा दर्ता भएको हो । सफारी चालकमाथि सवारी ज्यान मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । भदौ २८ गते (आइतबार)...
विराटनगरबाट २० किलो गाँजासहित धनकुटाका अजित पक्राउ

विराटनगरबाट २० किलो गाँजासहित धनकुटाका अजित पक्राउ

विराटनगर । विराटनगरबाट सशस्त्र प्रहरीले २० किलो गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर कङ्कालिनी मोरङबाट खटिएको मोबाइल गस्ती टोलीले आज विराटनगर-७ भृकुटी चोक नजिकबाट एक जनालाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खटिएको सशस्त्रको टोलीले धनकुटाको सहिदभूमि गाउँपालिका-५ का १९ वर्षीय अजित राईलाई पक्राउ गरेको छ । इटहरीबाट आएको बा ९६ प ४५२५ नम्ब...
विराट मेडिकल कलेजमा स्वास्थ्य व्यवसाय शिक्षासम्बन्धी राष्ट्रिय सम्मेलन हुँदै

विराट मेडिकल कलेजमा स्वास्थ्य व्यवसाय शिक्षासम्बन्धी राष्ट्रिय सम्मेलन हुँदै

विराटनगर । विराट मेडिकल कलेजको हेल्थ प्रोफेसन्स एजुकेसन डिपार्टमेन्टले १० औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । ‘स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रमा नेतृत्व : नवप्रवर्तन, समावेशिता र प्रभाव’ भन्ने मूल नाराका साथ ‘एचपिइडी-कन २०२६’ नामक सम्मेलन गर्न लागेको हो । सम्मेलन असोज १, २ र ३ गते गरी तीन दिनसम्म सञ्चालन हुने आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । आयोजक...
उदयपुरमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते

उदयपुरमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ स्थित अधेरीमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते भएका छन् । आज बिहान १० बजे कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना ७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको बा ४ ख ५६३५ नम्बरको हायस एक-आपसमा ठोक्किएका हुन् । दुर्घटनामा परी घाइते भएका ८ जनालाई थप उपचारको लागि न्युरो अस्पताल विराटनगरमा रिफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य घाइतेको जिल...
देउवा समूहको जिम्मेवारी पाएका भीम पराजुली किन गए थापा पक्षमा ?

देउवा समूहको जिम्मेवारी पाएका भीम पराजुली किन गए थापा पक्षमा ?

विराटनगर । नेपाली काँग्रेसका कोशी प्रदेश सांसद भीम पराजुलीले शेरबहादुर देउवा पक्ष छाडेका छन् । सामाजिक सञ्जालमामार्फत पराजुलीले देउवा पक्ष छाडेर पार्टी सभापति गगनकुमार थापाको पक्षमा उभिने घोषणा गरेका हुन् । इतर पक्षले पराजुलीलाई समानान्तर अधिवेशनका लागि भदौ २७ गते जिम्मेवारी दिएको थियो । तर सिङ्गो काँग्रेसलाई अगाडि बढाउन सभापति थापाको नेतृत्वमा समर्पित बनेर अघि बढ्नुको विकल्प नभएको उनले बताएका ...
काँग्रेस विराटनगर सभापतिमा सुभाषचन्द्र बस्नेतको उम्मेदवारी घोषणा

काँग्रेस विराटनगर सभापतिमा सुभाषचन्द्र बस्नेतको उम्मेदवारी घोषणा

विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगरपालिकाको सभापतिमा सुभाषचन्द्र बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय बस्नेतले महानगर सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । वि.सं. २०५५ सालदेखि राजनीतिक रूपमा क्रियाशील बस्नेत विधार्थी जीवनदेखि नै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन् । लोकतन्त्र, सामाजिक न्याय, समावेशिता र जनउत्तरदायी राजनीतिक संस्कारलाई ब...
मोरङमा भारतबाट बोइलरका चल्ला तस्करी

मोरङमा भारतबाट बोइलरका चल्ला तस्करी

विराटनगर । मोरङबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा बोइलरका चल्ला नियन्त्रणमा लिएको छ । मोरङको सुनवर्षी नगरपालिका-८ हरिश्चन्द्रगढीस्थित नेपाल-भारत सीमानाबाट अवैधरूपमा नेपाल ल्याउँदै गरेको अवस्थामा चल्ला नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल नेपाल बीओपी सिक्टीबाट खटिएको टोलीले सात लाख मूल्य बराबरका सात हजार चल्ला नियन्त्रणमा लिएको छ । धानखेतको प्रयोग गरेर १४ वटा भार बनाएर चल्ला ल्याउँदै गरेका व...
तीजमा व्रत बसेकी श्रीमतीलाई पानी खुवाउन आउँदै थिए, दुर्घटनामा अस्ताए

तीजमा व्रत बसेकी श्रीमतीलाई पानी खुवाउन आउँदै थिए, दुर्घटनामा अस्ताए

विराटनगर । पतिको दीर्घायुको कामना गर्दै श्रीमती तीजको निराहार व्रतमा बसेकी थिइन् । व्रत बसेकी पत्नीलाई पानी खुवाएर व्रत खुलाउने चाहनासहित घरतर्फ फर्कँदै थिए, सशस्त्र प्रहरीका सहायक हबल्दार सुदीप खड्का । तर, पत्नीलाई पानी खुवाउने उनको चाहना सदाका लागि बाटोमा नै अन्त्य भयो । मोरङको बूढीगंगा गाउँपालिका-४ का ३६ वर्षीय सुदीप सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) स्वर्णपट्टी सप्तरीमा कार्...
विराटनगरको काली मन्दिर समितिद्वारा बाढीपीडितलाई एक लाख ११ हजार सहयोग

विराटनगरको काली मन्दिर समितिद्वारा बाढीपीडितलाई एक लाख ११ हजार सहयोग

विराटनगर । विराटनगरको काली मन्दिर व्यवस्थापन समितिले बाढीपीडित नागरिकहरूका लागि सहयोग रकम प्रदान गरेको छ । गत भदौ १० मा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूका लागि समितिले एक लाख ११ हजार रुपैयाँ सहयोग गरेको हो । समितिले आज मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रकमको रसिद हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत प्रभावितहरूल...
राष्ट्रिय झण्डा सम्मानपूर्वक राख्न पाइन्छ, दुरुपयोग गर्न पाइँदैन

राष्ट्रिय झण्डा सम्मानपूर्वक राख्न पाइन्छ, दुरुपयोग गर्न पाइँदैन

धनकुटा । राष्ट्रिय स्वाभिमान र पहिचानको सर्वोच्च प्रतीक मानिने राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएको छ । आन्दोलन, चुनावी प्रचार, तोडफोड, आगजनी र पार्कदेखि फलैँचासम्म राष्ट्रिय झण्डाको दुरुपयोग हुन थालेको हो । आगजनी र विध्वंसका क्रममा राष्ट्रिय झण्डा ओढ्ने, लतार्ने र अपमानजनक ढंगले प्रयोग गर्ने गरेको पाइन्छ । यसले झण्डाको गरिमामात्र नभई समग्र राष्ट्रकै सम्मानमा आँच पुर्याउँछ । यस्ता गतिविधि बार...
धनकुटामा इभी गाडी र ट्याङ्कर जुध्यो

धनकुटामा इभी गाडी र ट्याङ्कर जुध्यो

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ सेल्फीडाँडामा आज इभी गाडी र ट्याङ्कर जुध्दा दुई जना घाइते भएका छन् । धरानबाट तेह्रथुम जाँदै गरेको प्र.१-०२-००१ ज ४४४१ नं. इभी गाडी र विपरित दिशाबाट आउँदै गरेको को १ ख ७५२० नं.को ट्याङ्कर बिहान करिब ११ः३० बजे आपसमा ठोक्किएका हुन् । दुर्घटनामा परी इभी चालक तेह्रथुमको फेदाप गाउँपालिका-१ का ४२ वर्षीय संजय मास्के र इभीमा सवार भोजपुरको पौवादुम्मा गाउँपालिक...
पाखोबारीमा धान खेती हुनथालेपछी धनकुटाको बेलहराका कृषक उत्साहित

पाखोबारीमा धान खेती हुनथालेपछी धनकुटाको बेलहराका कृषक उत्साहित

धनकुटा । सिँचाइ सुविधा नपुगेको पाखो र भिरालो जमिनमा धान खेती विस्तार भएसँगै धनकुटा नगरपालिका-९ बेलहराका किसान हर्षित भएका छन् ।परम्परागत रूपमा मकै, कोदो, गोलभेडा र तरकारी खेती गर्दै आएका बेलहराका किसान अहिले पाखोबारीमा लहलहाएको धान देखेर उत्साहित छन् । स्थानीय मेहरमान बस्नेतले करिब नौ रोपनी पाखोबारीमा धान लगाएका छन् । ‘पाखो बारीमै धान खेती गर्न सकिने र उब्जनी पनि राम्रो हुने रहेछ’, बस्नेतले भने...
नेमुवामा बसको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

नेमुवामा बसको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका-४ नेमुवामा बसको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । वीरगञ्जबाट विराटनगर आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले प्र १-०४-००४ प ०३४६ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकलमा सवार बूढीगंगा-४ का ३६ वर्षीय सुदीप खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी सहायक हवल्दार खड्का सप्तरीस्थित बोर्डर आउट पोस...
error: Content is protected !!