संगालोखबर संवाददाता

काठमाडौं । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्दा झापाका एक वृद्धाको मृत्यु भएको भनिएको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन सुरु गरेको छ ।

Advertisement

हात्तीपाइलेविरुद्धको औषधि सेवनकै कारण बिरामीको मृत्यु भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने हालसम्म यकिन भएको छैन । यसबारे गुनासो आएपछि छानबिन सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

छानबिनका लागि अतिरिक्त सचिव, चिकित्सक लगायत सहितको टोली झापा पठाइसकिएको मन्त्रालयले उल्लेख गरेको छ ।

विज्ञहरुले हात्तीपाइले विरुद्धको औषधि सेवनकै कारण मृत्यु हुनु संयोग मात्रै भएको बताएका छन् । यस्तो घटना दुर्लभ भएको उनीहरुको भनाइ छ ।

झापाको भद्रपुर–१ की ६५ वर्षीया महिलाको बिहीबार हात्तीपाइले विरुद्धको औषधि सेवनपछि स्वास्थ्यमा जटिलता देखिएर मृत्यु भएको सार्वजनिक भएको थियो ।

हाल झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा, र कपिलवस्तु जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!