संगालोखबर संवाददाता


विराटनगर । साहित्यकार प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा लिखित ‘मनोभिराम’ मुक्तकसंग्रह विमोचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो ।

कार्यक्रममा अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘माार्सेली’, मीनकुमार नवोदित, तारानाथ पोखरेललगायतले संयुक्त रुपमा कृति विमोचन गरे ।

Advertisement

उक्त मुक्तकसंग्रहको समीक्षा समालोचक भूषण ढुंगेलले गरेका थिए । उनले संग्रहमा लेखकले राजनीतिक र सामाजिक विकृतिलाई सशक्त रुपमा उठाएको बताए । पाठकले सबै स्वादका मुक्तक पढ्न पाउने समीक्षक ढुंगेलको भनाइ थियो ।

कार्यक्रममा साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’, मञ्जु घिमिरे दाहाल, रोहिन सैजु, मञ्जुश्री गिरी, नानुमैया दाहाल, मदन भण्डारी, निर्मला कोइराला, राधा भट्टराई, तारानाथ पोखरेललगायतले संग्रहभित्रका मुक्तक वाचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि विवश पोखरेलले मुक्तकका पाठक र लेखक बढ्दै गएको दाबी गरे । मुक्तक लेखनतर्फ पछिल्लो समय स्रष्टाहरुको आकर्षण बढ्नु खुसीको विषय भएको पोखरेलले बताए ।

आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेलले मुक्तक प्रतिष्ठानमा पुस्तक प्रकाशनका लागि कोष स्थापना गर्ने घोषणा गरे । त्यसका लागि उनले व्यक्तिगत रुपमा १० हजार रुपैयाँ कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाए ।

उनका अनुसार कोषमा जम्मा भएको रकमबाट मुक्तकसंग्रह प्रकाशित गर्न २० देखि ३० हजार उपलब्ध गराइनेछ । सो रकम ६ महिनासम्म निब्र्याजी चलाउन दिइने जनाए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!