धनकुटा । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाका लागि सामान लिएर आइरहेको मालबाहक टेलर (ट्रक) मा मंगलबार बिहान आगलागी भएको छ ।

Advertisement

भारतको जोगबनीबाट सामान लिएर आइरहेको उक्त टेलर धनकुटाको साँगुरीगढी गाउँपालिका-६ चारखोले भन्ने स्थानमा पुग्दा आगलागी भएको हो ।

प्रहरीका अनुसार अरुण तेस्रो जलविद्युत आयोजनाका लागि फलामको प्लेट बोकेर आउँदै गरेको ना ७ ख ७९२४ नम्बरको टेलर ब्रेकफेल भइ अनियन्त्रित भएर सडककिनारको भित्तामा ठोक्किएको थियो ।

त्यस क्रममा दाहिनेपट्टीको चक्का पड्किएर अचानक आगो लाग्दा गाडी पूर्ण रुपमा जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख प्रहरी निरीक्षक जीवन कार्कीले संगालोखबरलाई बताए ।

गाडीका चालक बाराको प्रमाणपुर गाउँपालिका-३ का २३ वर्षीय शिवु यादव र सहचालक बाराकै देउताल गाउँपालिका-६ का २२ वर्षीय रामाशंकर शर्राफका दुईवटा मोबाइल र गाडीसँग सम्बन्धित कागजात जलेर नष्ट भएको जनाइएको छ ।

घटनाबारे खबर पाएपछि इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी निरीक्षक कार्कीको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर जानकारी लिएको थियो ।

१४ चक्के उक्त ट्रकको इन्जिनसहित अगाडिको अधिकांश भाग जलेर नष्ट भएको कार्कीले बताए । टोली पुग्दा आगो लागिरहेको उल्लेख गर्दै पानी छ्यापेर निभाइएको उनले जानकारी दिए ।

आगो लाग्नासाथ ओर्लिएर सुरक्षित स्थानतिर गएकाले चालक र सहचालकलाई केही नभएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!