सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका–३ स्थित भाषा माध्यमिक विद्यालयमा पोषणसम्बन्धी एकदिने चेतनामूलक कार्यक्रम गरिएको छ । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानको सहयोगमा आइतबार कार्यक्रम गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिका उपप्रमुख भीमा खनाल गरेकी थिइन् । नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाजले धनकुटा नगरपालिकासँग सहकार्य गरी कार्यक्रमको आयोजना गरेको हो ।

Advertisement

खानपान गर्न नजानेर धेरै मानिसहरू कुपोषण, मोटोपन तथा विभिन्न गम्भीर रोगहरूको सिकार बन्न पुगेका कारण पोषण सम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गरिएको स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका सभापति अभिनव गुरागाईंले जानकारी दिए ।

नेपालको परिस्थिति अत्यावश्यक रहे पनि तर यस विषयमा नेपाल सरकार र त्रिभुवन विश्वविद्यालयले खासै महत्व नदेखाएकाले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

केन्द्रीय प्रबिधि क्याम्पस हात्तीसार धरान बि.एस.सी. न्युट्रिशनको नेपालको एकमात्र त्रिभुवन विश्वविद्यालय अन्तर्गत पढाई हुने संस्था हो । नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाजले धनकुटा नगरपालिकासँग सहकार्य गरी सहरदेखि गाउँसम्म पोषण तथा आहारबारे चेतना कार्यक्रम गरिने बताएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!