संगालोखबर संवाददाता
फाइल तस्बिरः सीता एयर

विराटनगर । काठमाडौंबाट रामेछापका लागि उडेको सीता एयरको जहाज आज बिहान काठमाडौंमै आकस्मिक अवतरण गराइएको छ ।

बिहान साढे ९ बजे काठमाडौंबाट रामेछापका लागि उडेको सीता एयरको ९०६ उडान नम्बरको जहाज २० मिनेटमै काठमाडौं फिर्ता गरिएको त्रिभुवन विमानस्थल प्रशासनले जनाएको छ ।

Advertisement

जहाज विमानस्थलमा सुरक्षित अवतरण गरेको उल्लेख गर्दै विमानस्थल प्रशासनले चालक दल र यात्रु सकुशल रहेको जनाएको छ । जहाजमा ११ जना यात्रु थिए।

विमानको ‘हाइड्रोलिक’ मा समस्या आएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!