जेनजी आन्दोलनमा हिरासतबाट भागेका व्यक्ति खोटाङमा पक्राउ

जेनजी आन्दोलनमा हिरासतबाट भागेका व्यक्ति खोटाङमा पक्राउ

खोटाङ । जेनजी आन्दोलनको क्रममा हिरासतबाट भागेका एक व्यक्ति खोटाङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको जन्तेढुंगा गाउँपालिका-६ केराबारीका २३ वर्षीय प्रबिन मगर छन् । जबरजस्ती करणीको मुद्दामा अनुसन्धानमा रहेका मगर भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा काभ्रे जिल्लास्थित बनेपा इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका थिए । आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा इलाका प्रहरी कार्यालय चिसापानीले...
खोटाङको दिक्तेल रूपाकोटले अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने

खोटाङको दिक्तेल रूपाकोटले अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले दरबन्दीबाहेकका अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने भएको छ । मंगलबारको कार्यपालिका बैठकले दरबन्दीविहीन अस्थायी, करार र ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेको हो । नगरपालिकाका अनुसार अर्थ मन्त्रालयबाट प्राप्त पत्रको आधारमा उक्त निर्णय भएको हो । आगामी कात्तिक १ देखि लागुहुनेगरि दरबन्दीविहीन अस्थायी, करार र ज्यालादारी कर्मचारी हटाउन...
खोटाङमा युवतीको हत्या आरोपमा एक जना पक्राउ

खोटाङमा युवतीको हत्या आरोपमा एक जना पक्राउ

विराटनगर । खोटाङमा एक युवतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दिप्प्रुङ चुइचुम्मा गाउँपालिका-४ की २७ वर्षीया रेस्मिका सिवा परियारको हत्या आरोपमा छिमेकी दिपक सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । ‘कर्तव्य ज्यान मुद्दामा जाहेरी परेपछि शंकास्पद एक जनालाई पक्राउ गरेका छौँ’, खोटाङका प्रहरी प्रमुख डीएसपी प्रकाश बुढाथोकीले संगालोखबरसँग भने, ‘थप अनुसन्धान भइरहेको छ । पोष्टमार्टम रिपोर्ट...
खोटाङमा बन्दुक देखाएर रकम माग्ने काँग्रेस नेता राईविरुद्ध उजुरी

खोटाङमा बन्दुक देखाएर रकम माग्ने काँग्रेस नेता राईविरुद्ध उजुरी

विराटनगर । खोटाङमा भरुवा बन्दुक देखाएर रकम मागेको आरोप लागेका काँग्रेस खोटाङका जिल्ला कार्यसमिति सदस्य श्यामकुमार राईविरुद्ध उजुरी परेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका राईविरुद्ध डाँका उद्योगसम्बन्धी शीर्षकका बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो । प्रहरीका अनुसार भदौ १६ गते बिहान खार्मीबाट दिक्तेल जाँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमोलाई बाँस तथा मुढाले सडक अवरुद्ध ...
खोटाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

खोटाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आज बिहान पहिरो जाँदा यातायात ठप्प भएका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख इन्स्पेक्टर सुशान्त मिश्रका अनुसार सडकभन्दा करिब सय मिटर माथिबाट पहिरो खसेको छ । ‘अहिले पहिरो हटाउने काम भइरहेको छ’, उनले संगालोखबरसँग भने, ‘गन्तव्यमा हिँडेका सवारी-साधन बाटोमा नै रो...
खोटाङमा दिदी-भाइको शव चिहानबाट निकालेर अनुसन्धान गर्दै प्रहरी

खोटाङमा दिदी-भाइको शव चिहानबाट निकालेर अनुसन्धान गर्दै प्रहरी

विराटनगर । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-३ छोरम्बुस्थित सापातेलमा दाहसंस्कार गरिएका दिदी-भाइको शव चिहानबाट निकालेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । स्थानीय गोविन्द बस्नेतका दुई छोराछोरी मृत भेटिए पनि खबरै नगरी दाहसंस्कार गरिएको भन्दै प्रहरीले चिहानबाट शव निकालेर अनुसन्धान सुरु गरेको हो । साउन २२ गते बस्नेतकी ११ वर्षीया छोरी मेनिषा र छ वर्षीय छोरा मेगराज जङ्गलमा मृत भेटिएका थिए । तर आफन...
खोटाङमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

खोटाङमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाकी एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । विद्यालयबाट घर फर्कने क्रममा १४ वर्षीया बालिकामाथि सोही विद्यालयमा पढ्ने साथीहरूले बलात्कार गरेका हुन् । प्रहरीका अनुसार स्थानीय एक विद्यालयमा कक्षा-८ मा अध्ययनरत बालिकालाई सोही विद्यालयमा अध्ययनरत ९ कक्षामा पढ्ने दुई जना विद्यार्थीले साउन १९ गते बलात्कार गरेका हुन् । विद्यालय गएकी बालिका घर नआएपछि आफन्तले खोजी गर्...
एक जनाको मृत्यु, १० जना घाइते काठमाडौं रेफर हुँदा ६ जना डिस्चार्ज

एक जनाको मृत्यु, १० जना घाइते काठमाडौं रेफर हुँदा ६ जना डिस्चार्ज

विराटनगर । खोटाङको हलेसी दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री चढेको माइक्रो दुर्घटनामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । सिरहाको नहरा गाउँपालिका-३ की अन्दाजी २५/३० वर्षीया ममतादेवी यादवको मृत्यु भएको हो । उनलाई घटनास्थलबाट उद्धार गरेर उपचारका लागि कटारी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १६ जना घाइते छन् । घाइतेमध्ये १० जनालाई थप उपचारका लागि का...
यी हुन खोटाङ दुर्घटनामा घाइते हुनेहरू (नामावलीसहित)

यी हुन खोटाङ दुर्घटनामा घाइते हुनेहरू (नामावलीसहित)

विराटनगर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ दौत्य खोलास्थित मध्यपहाडी लोकमार्गमा माइक्रो दुर्घटना घाइते हुनेहरूको पहिचान खुलेको छ । आज बिहान हलेसीबाट सिरहाको गालबजारतर्फ जाँदै गरेको प्र २-०१-००१ ज ००५३ नम्बरको माइक्रो आफैँ अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा १७ जना घाइते भएका छन् भने चालक सिरहा नगरपालिका-३ सारसोर का २८ वर्षीय रामनाथ साह फरार छन् । घाइतेहरूको उपच...
खोटाङ दुर्घटना अपडेट : ६ जना घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ दुर्घटना अपडेट : ६ जना घाइतेलाई काठमाडौं लगिँदै

विराटनगर । खोटाङको हलेसीबाट तीर्थयात्री बोकेर फर्कँदै गरेको माइक्रो दुर्घटनामा घाइते भएका मध्ये ६ जनालाई काठमाडौं रिफर गरिएको छ । घुर्मी स्वास्थ्य चौकीले उनीहरूलाई काठमाडौं रेफर गरेको हो । ‘अन्य घाइतेहरूको घुर्मीमै उपचार भइरहेको छ । ६ जनालाई अस्पतालले काठमाडौं रेफर गरेको छ’, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी प्रतीक बिष्टले संगालोखबरसँग भने, ‘१७ जना घाइते भएका छन् । अहिलेसम्म घाइतेमध्...
हलेसीबाट गोलबजार जाँदै गरेको माइक्रो दुर्घटना

हलेसीबाट गोलबजार जाँदै गरेको माइक्रो दुर्घटना

विराटनगर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ दौत्य खोलास्थित मध्यपहाडी लोकमार्गमा माइक्रो दुर्घटना भएको छ । आज बिहान हलेसीबाट सिरहाको गोलबजारतर्फ जाँदै गरेको प्र २-०१-००१ ज ००५३ नम्बरको माइक्रो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । खोटाङ प्रहरीका सूचना अधिकारी सुशान्त मिश्रका अनुसार माइक्रोमा १८ जना यात्रु रहेको अनुमान गरिएको छ । १३ जना घाइतेहरूलाई उद्दार गरेर उपचारका लागि घुर्मीतर्फ पठाइएको ...
खोटाङमा भीरबाट लडेर महिलाको मृत्यु

खोटाङमा भीरबाट लडेर महिलाको मृत्यु

खोटाङ । खोटाङमा हटिया गएकी महिलाको भीरबाट लडेर मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका-३ बास्पानीकी ६२ वर्षीया कौशिला राईको बप्लेभीरबाट लडेर मृत्यु भएको हो । उनी बुधबार बाक्सिलास्थित बुधबारे हटिया गएकी थिइन् । घर नफर्किएपछि खोजतलासको क्रममा राति करिब १ बजे भीरबाट करिब सय मिटर तल मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
खोटाङमा भतिजले कुटपिट गर्दा काकाको मृत्यु

खोटाङमा भतिजले कुटपिट गर्दा काकाको मृत्यु

विराटनगर । खोटाङमा भतिजले कुटपिट गर्दा काकाको मृत्यु भएको छ । मृत्यु हुनेमा साकेला गाउँपालिका-५ बिर्ताका ६९ वर्षीय राजकुमार राई छन् । शनिबार राति ८ बजे घरायसी विवादका क्रममा ३१ वर्षीय भतिजो न्युसन राईले राजकुमारलाई कुटपिट गरेको खुलेको खोटाङ प्रहरीका सूचना अधिकारी सुशान्त मिश्रले संगालोखबरलाई जानकारी दिए । कुटपिटको घटनाबारे वडाध्यक्ष जीवन खत्रीले रातिनै इलाका प्रहरी कार्यालय मात्तिमबिर्तामा जान...
खोटाङको दिक्तेलका मेयरले सुरु गरे सत्याग्रह

खोटाङको दिक्तेलका मेयरले सुरु गरे सत्याग्रह

काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाडौंमा सत्याग्रह सुरु गरेका छन् । स्थानीय कच्चा पदार्थ सहज रूपमा प्रयोग गर्न पाउनुपर्ने माग राख्दै मेयर भट्टराईले सत्याग्रह सुरु गरेका हुन् । उनी माइतीघर मण्डलामा कपाल मुण्डन गरेर सेतो कपडा लगाएर परालको गुन्द्री माथि कम्बल ओछ्याएर बसेका छन् । उनले छेउमा बाँसका टुक्रा पनि राखेका छन् । उनको साथमा ‘पैसा छैन नीति द...
त्रिधार्मिकस्थल हलेसीमा भारतीय दर्शनार्थीको भीड

त्रिधार्मिकस्थल हलेसीमा भारतीय दर्शनार्थीको भीड

खोटाङ । खोटाङमा अवस्थित विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा दर्शनार्थीको घुँइचो लाग्न थालेको छ । ‘बोलबम’ मेला सुरु भएसँगै गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनहरूको घुइँचो लाग्न थालेको हो । मेलाको पहिलो दिन आज १२ हजार चार ७५ जना दर्शनार्थीले मन्दिर दर्शन गरेका छन् । हलेसी विकास समितिका अनुसार जसमध्ये सबैभन्दा धेरै भारतीय दर्शनार्थी छन् । तराईबाट हलेसीसम्म आउने सडक विस्तार भएपछि बोलबम मेलामा...
खोटाङमा मोबाइल चार्जबाट निकाल्दा करेन्ट लागेर मृत्यु

खोटाङमा मोबाइल चार्जबाट निकाल्दा करेन्ट लागेर मृत्यु

खोटाङ । खोटाङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार बराहपोखरी गाउँपालिका-४ की २५ वर्षीया इन्द्रा राईको मृत्यु भएको हो । सोमबार राति ९ बजे चार्जमा राखेको मोबाइल निकाल्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीको भनाइ छ । करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङले आवश्यक अनुसन्धान गरिर...
मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता

मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता

खोटाङ । मृत्यु भइसकेका मान्छेले भत्ता लिन्छन् ? पक्कै पनि लिदैनन्, लिन सम्भव पनि छैन । तर, खोटाङमा मृत्यु भइसकेका १६ जना व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिइएको भेटिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका मृत्यु भइसकेका वडा न १ का ३ जना, २ का ४ जना, ३ का १ जना र ४ का २ जना व्यक्तिको नाममा भत्ता लिएको पत्ता लागेको छ । त्यस्तै, दिप्रुङ चुइचुम्माकै वडा नं. ५ का २ जना, ६ का १ जना र ७ का ३ जना ...
खोटाङको बुइपामा बनाइयो एक सय १० फिट अग्लो यलम्बरको प्रतिमा

खोटाङको बुइपामा बनाइयो एक सय १० फिट अग्लो यलम्बरको प्रतिमा

विराटनगर । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुइपा स्थित पञ्चदोबाटोमा किरातकालीन राजा यलम्बरको पूर्ण कदको प्रतिमा निर्माण गरिएको छ । कोशी प्रदेश सरकारको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लगानीमा यलम्बरको प्रतिमासहितको यलम्बर पार्क निर्माण गरिएको हो । ३० रोपनी सरकारी जग्गामा निर्माण गरिएको यलम्बरको प्रतिमा एक सय १० फिट अग्लो छ । प्रतिमासहितको पार्क निर्माणमा करिब १४ करोड रुपैयाँ ला...
खोटाङबाट तराई जोड्ने वैकल्पिक मार्ग निर्माण सुरु 

खोटाङबाट तराई जोड्ने वैकल्पिक मार्ग निर्माण सुरु 

विराटनगर । खोटाङबाट तराई जोड्ने वैकल्पिक मार्ग फोक्सिङ्टार–धाप्लाङघाट सडक निर्माणको काम शुरु भएको छ । कोशीका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शनिबार बराहपोखरी गाउँपालिका-३ लामाचौरबाट सडकको ट्रयाक खोल्ने कामको शुभारम्भ गरेका हुन् । यो सडक निर्माण सम्पन्न भएपछि खोटाङको आर्थिक उन्नयनमा योगदान पुग्ने मन्त्री राईको विश्वास छ । उनले गत असोजमा आएको बाढीले फोक्सिङ्टारको पुल बग...
खोटाङमा खेलकुद संरचनाको अनुगमन 

खोटाङमा खेलकुद संरचनाको अनुगमन 

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले खोटाङ जिल्लाको खेलकुद संरचनाहरूको अनुगमन गरेका छन् । जिल्लामा उपलब्ध खेलक्षेत्र र निजी क्षेत्रमा आवद्ध व्यक्तिहरूसँग अन्तरक्रिया गर्दै उनले खेलकुद संरचनाहरूको अनुगमन तथा निरीक्षण गरेका हुन् । जिल्ला विकास खेलकुद समिति खोटाङका अध्यक्ष महेश राईले कभर्डहलको स्तरोन्नति र विकास समितिको कार्यालयको निर्माणलाई प्राथमिकतामा राख्न बोर्...
खोटाङमा कोदालो प्रहार गरी श्रीमानको हत्या

खोटाङमा कोदालो प्रहार गरी श्रीमानको हत्या

विराटनगर । खोटाङमा कोदालो प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । हलेसी तुवाचुङ नगरपालिका-९ का ५१ वर्षीय पाँचकर्ण राईले उनकै श्रीमती ५३ वर्षीया रेनुका राईले हत्या गरेकी प्रहरीले जनाएको छ । शनिबार सामान्य वादविवादका क्रममा रेनुकाले पाँचकर्णलाई कोदालोको पासोले हानेको खुलेको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले पाँचकर्णलाई तत्कालै उद्दार गरेर उपचारका लागि हेलिक...
खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु

खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर । खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका-७ का ३९ वर्षीय विकास राईको मृत्यु भएको हो । मंगलबार साँझ ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा करेन्ट लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । पोष्टमार्टम पश्चात शव परिवारलाई बुझाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
खोटाङको रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी मृत फेला

खोटाङको रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी मृत फेला

विराटनगर । खोटाङको रावाबेँसी गाउँपालिकामा कार्यरत कर्मचारी मृत फेला परेका छन् । गाउँपालिकाको कार्यालय सहयोगी ५७ वर्षीय महेश रेग्मी मृत भेटिएका हुन् । रावाबेँसी-१ कुभिण्डेका उनी घर नजिकै रहेको बारीको भित्तामा आज मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रेग्मी गोरेटो बाटोबाट करिब ९ मिटर तल खसेको अवस्थामा थिए । बारीको भित्तामा टाउको तल, खुट्टामाथि परेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएक...
खोटाङको वराहपोखरीमा बसाइँ सरेर आउनेले पाउँछन् प्रोत्साहन स्वरुप एक लाख

खोटाङको वराहपोखरीमा बसाइँ सरेर आउनेले पाउँछन् प्रोत्साहन स्वरुप एक लाख

विराटनगर । खोटाङको वराहपोखरी गाउँपालिकाले बसाइँ सरेर गाउँमा आएको एक परिवारलाई प्रोत्साहन स्वरुप एक लाख दिएको छ । १८ वर्षपछि गाउँमै फर्किएका बेदबहादुर खड्काको परिवारलाई गाउँपालिकाले एक लाख दिएको हो । २०६३ सालमा सोही स्थानबाट सप्तरी बसाइ सरेको खड्काको परिवार स्थायी रूपमा बस्नेगरि पुनः गाउँ फर्किएपछि प्रोत्साहन गरेको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय बसाइँसराइले गाउँ खाली हुँदै गएपछि गाउँपालिका...
खोटाङका राई भक्तपुरमा मृत भेटिए, हत्याको आशङ्का

खोटाङका राई भक्तपुरमा मृत भेटिए, हत्याको आशङ्का

विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ घर भएका ६६ वर्षीय ओम प्रकाश राई भक्तपुरमा मृत भेटिएका छन् । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पोर्ट नजिक पार्किङ स्थलमा उनी मृत भेटिएका हुन् । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उनको दाहिने कानको छेउ र टाउकोमा चोट लागेको छ । उनको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । उनी कवाडीको सामान सङ्कलन गर्ने व्यक्ति रहेको खुले...
खोटाङमा चट्याङ लागेर महिलाको मृत्यु

खोटाङमा चट्याङ लागेर महिलाको मृत्यु

विराटनगर । खोटाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आज बिहान चट्याङ लागेर केपिलासगढी गाउँपालिका-७ सुङ्देलकी ४५ वर्षीया दिलकुमारी राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार पानी परेपछि बिहान करिब ४ः३० बजे महिला आँगनमा राखेको सामान उठाउन गएकी थिइन् । सोही क्रममा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोटाङमा घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला, नजिकै पुरुष पनि मृत भेटिए

खोटाङमा घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला, नजिकै पुरुष पनि मृत भेटिए

विराटनगर । खोटाङको बराहपोखरी गाउँपालिका-१ डाँडाखर्कमा एक विवाहित महिला र एक पुरुष जङ्गलमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार अन्दाजी २० वर्षीया सरिता विष्ट र अन्दाजी २० वर्षीय शिखर बस्नेत मृत फेला परेका हुन् । गाउँ नजिकै रहेको दारेगौडा जङ्गलमा आज बिहान करिब ६ बजे स्थानीयले मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘सरिताको धारिलो हतियार...
खोटाङमा सुमो र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

खोटाङमा सुमो र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

विराटनगर । खोटाङमा सुमो र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक मदन गिरी र उनका पछाडि बस्ने लक्ष्मीप्रसाद गिरी घाइते भएका हुन् । उनीहरूको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आज बिहान ना १ ज ६२१९ नम्बरको सुमो र बा ९३ प १९१३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाबाट अर्खाैले जाँदै गरेको मोटर...
हलेसी बजारको आगलागीमा सात करोड बढीको क्षति

हलेसी बजारको आगलागीमा सात करोड बढीको क्षति

विराटनगर । खोटाङको हलेसी बजारमा आइतबार साँझ भएको आगलागीबाट सात करोड बढीको क्षति भएको छ । ग्यास लिक भएर सुरु भएको आगोले भीषण रूप लिँदा सात करोड ३० लाख बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खलेको हो । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित हलेसी बजारमा पदमशेर राईको पसलमा राखिएको खाना पकाउने ग्यास लिक हुँदा आगलागी सुरु भएको थियो । आगलागीबाट उनको घर पूर्णरूपमा जलेर नष्ट भएको छ । घर...
खोटाङको हलेसी बजारमा आगलागी हुँदा तीनवटा घर नष्ट

खोटाङको हलेसी बजारमा आगलागी हुँदा तीनवटा घर नष्ट

विराटनगर । खोटाङको हलेसी बजारमा भएको आगलागीबाट तीनवटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागी लगभग नियन्त्रणमा आइसकेको हलेसी तुवाचुङ गाउँपालिकाका प्रमुख विमला राईले जानकारी दिइन् । ‘तीनवटा घर पूर्ण रूपमा नष्ट भएका छन्’, राईले संगालोखबरसँग भनिन्, ‘हार्डवेयर पसल नष्ट भयो । मानवीय क्षति भएको छैन । अन्य क्षतिको विवरण आउन बाँकी छ ।’
खोटाङको हलेसी बजारमा आगलागी, दमकल नहुँदा समस्या

खोटाङको हलेसी बजारमा आगलागी, दमकल नहुँदा समस्या

विराटनगर । खोटाङको हलेसी बजारमा आगलागी भएको छ । आज साँझ स्थानीय पदमशेर राईको ग्यास पसलबाट सुरु भएको आगोले छिमेकी ऐराख राईको घर समेत जलेर नष्ट भएको छ । दमकल नहुँदा आगो नियन्त्रणमा लिन समस्या भएको छ । अहिले आगो निभाउने प्रयास जारी छ । थप विवरण आउन बाँकी छ ।
error: Content is protected !!