पत्रपत्रिका खबर

काठमाडौं । डेंगु संक्रमण सन २००४ मा पहिलोपटक नेपालमा पुष्टि तथा सन २०१९ मा ६८ जिल्लामा फैलिई १७ हजार ९ सय ९२ जना संक्रमित र ६ जनाको ज्यान गएको थियो भने यस साल साउनदेखि भदौ मसान्तसम्म ७५ जिल्लामा फैलिई १३ हजार बढी संक्रमित र १३ जनाको मृत्यृ भइसकेको छ । संक्रमण बढ्दै जाँदा अस्पतालमा जटिल लक्षण लिएर आउने बिरामी पनि बढेका छन् । काठमाडौं, ललितपुर, मकवानपुर, रूपन्देही, दाङ, भक्तपुर, धादिङ, तेह्रथुम, काभ्रे र चितवन गरी १० जिल्ला उच्च जोखिममा छन् । संक्रमितको संख्या आकासिएको, अस्पतालमा बढेको चाप, भर्ना भएरै उपचार गर्ने र आईसीयूसम्मै पुग्ने बिरामीको संख्या थपिँदो छ, जसले झनै प्रकोप र भयानकता देखाउनेमा आशंका छैन ।

Advertisement

टेकु अस्पतालले डेंगु क्लिनिक सुरु गर्दा ज्वरोका लागि भनेर गरेको थियो । कडा समस्या भएको देखिएको थिएन । तर, पछिल्लो समय डेंगुको विशेष औषधि हुँदैन, ज्वरो र शारीरिक पीडा कम गर्न सिटामोलबाहेकको औषधि प्रयोग गर्न नहुने तथा आयुर्वेदिक र होमियोप्याथीप्रतिको विश्वासले धेरै संक्रमित घरमै बस्न थालेका छन् । अस्पताल नजाने, ज्यादै ढिला जाने, सिटामोलले ज्वरो र दुखाइ कम नभएपछि ब्रुफेन, एस्प्रिन सेवन गर्ने, पुनः भिन्दै सेरोटाइपबाट संक्रमित, प्लेटलेट बढाउन अनियन्त्रित र जथाभावी वैकल्पिक औषधि लिने र ज्यादै जटिल भएपछि मात्र अस्पताल पुग्दा कोभिड दोस्रो लहरमा झंै बेहोस र प्रांगणमै ढल्ने दैनिक एकपछि अर्काे देखिँदै छ । जबकि, विगतमा यस्तो कहिल्यै नदेखिएको वरिष्ठहरू बताउँछन् ।

डेंगुमा खोकी लाग्दैन, सास फेर्न गाह्रो हुँदैन, कडा ज्वरो आउँछ, अत्यधिक थकाइ लाग्छ, नाकबाट पानी बग्दैन, झाडापखाला लाग्दैन । अत्यधिक टाउको दुख्छ । खाना नरुच्ने, अत्यधिक जिउ दुख्ने, स्वाद वा गन्ध हराउने हुँदैन, घाँटी दुख्दैन, जाडो महसुस हुँदैन, वाकवाकी लाग्ने हुन्छ । डेंगु भनेकै दुखाइभन्दा फरक नपर्ने भएको छ । शारीरिक दुखाइ कम गर्न धेरैले प्mलेक्सन वा ब्रुफेन तथा एस्प्रिन औषधिको सहारा लिँदा झनै जोखिम बढेको छ । मुख्य लक्षण नै अत्यधिक शारीरिक पीडा हो । ब्रेक बोन फिवर अर्थात् हड्डी भाँचिएसरह दुखाइ हुने ज्वरो पनि भनिन्छ । हालसम्म संक्रमण परिवार परिवारमा, टोल टोलमा डेंगुको दुखाइ लिएर बसेका संक्रमितको संख्या अत्यधिक छ ।

तारन्तार बान्ता हन, अत्यधिक पेटको दखाइ, नाक, गिँजा वा शरीरका अन्य ठाउँबाट रगत बग्ने, दिसा, पिसाब वा बान्तामा रगत देखिने, आलस्य वा बेचैन, श्वास प्रश्वासमा तीव्रता वा कठिनाइजस्ता ५ लक्षण देखिए जटिलतातिर गइरहेको हुनसक्ने भएकाले तुरुन्त चिकित्सक वा अस्पताल जानुपर्छ । चिकित्सकले परीक्षण गर्दा पेट वा फोक्सोमा पानी जमेको, कलेजोको आकार सामान्यभन्दा २ सेमि बढी बढेको र रगतमा प्लेटलेटको संख्यामा तीव्र गिरावट आएको देखिन्छ । – आजको राजधानी दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!