संंगालोखबर सम्वाददाता

विराटनगर । अमेरिकी सिनेटले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकलाई अनुमोदन गरेको छ । टिकटकको चिनियाँ मालिक बाइटडान्सलाई आफ्नो हिस्सेदारी बेच्न नौ महिनाको समय दिइएको छ ।

Advertisement

अब उक्त विधेयक अमेरिकी राष्ट्रपति जो बाइडेनलाई हस्तान्तरण गरिनेछ । उनले यो आफ्नो डेस्कमा पुग्ने बित्तिकै हस्ताक्षर गर्दै यसलाई कानुनका रूपमा लागू गर्ने बताएका छन् । यदि त्यसो भयो भने, बाइटडान्सले जबरजस्ती बिक्री पूरा गर्न चिनियाँ अधिकारीहरूबाट स्वीकृति लिनुपर्नेछ ।

यो विधेयकलाई युक्रेन, इजरायल, ताइवान र इन्डो–प्यासिफिकमा अन्य अमेरिकी साझेदारहरूको लागि सैन्य सहायता समावेश गर्ने चार विधेयकहरूको प्याकेजको भागको रूपमा पारित गरिएको थियो । यसको पक्षमा ७९ जना सांसद र १८ जनाले विपक्षमा मतदान गरेको बीबीसीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!