एमाले महाधिवेशन : इलामबाट सुहाङसहित २० जना प्रतिनिधि चयन
विराटनगर । इलाममा नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको इलामबाट खुला, आरक्षित कोटा गरी २० जना प्रतिनिधि चयन भएका हुन् ।
इलाम क्षेत्र नम्बर १ बाट खुला तर्फ उदयबहादुर राई, उमेश गुरुङ, काजीमान कागते, खम्बसिंह लिम्बु र दीपककुमार थेबे चयन भएका छन् । यस्तै महिला तर्फ उमादेवी सुनुवार, शकुन्तला लेप्चा र सावित्रा शि...


























