इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु
विराटनगर । इलाममा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बोलेरो चालक देउमाई नगरपालिका-१ चमैताका ३५ वर्षीय तीर्थराज बस्नेतको मृत्यु भएको हो ।
देउमाई नगरपालिका-१ साधुगाउँबाट देउरालीतर्फ जाँदै गरेको प्र १-०१-००१ ज ३७०६ नम्बरको बोलेरो पल्टिँदा चालक थिचिएका थिए । ‘रातिको घटना जस्तो छ ।
हामीलाई बिहान ६ बजेतिर मात्रै जानकारी आयो’, इलाम प्रहरीका इन्स्पेक्टर मौसम उदासले सं...




























