कोशीसहित अन्य प्रदेशका केही स्थानमा आज राति भारी वर्षाको सम्भावना
विराटनगर । मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै वर्षाको सम्भावना बढेको जनाएको छ । आज साँझ बुलेटिन जारी गर्दै महाशाखाले कोशीसहित विभिन्न प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।
बङ्गालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र (डिप डिप्रेसन) हाल भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको क्षेत्रमा रहेको छ । यो प्रणाली सुरुमा ...



























