उदयपुर सिमेन्टका पूर्वमहाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

उदयपुर सिमेन्टका पूर्वमहाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको साढे ४६ करोड रुपैयाँ बराबरको हिनामिना प्रकरणमा पूर्वमहाप्रबन्धकसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल र नायब महाप्रबन्धक महेश प्रसाद काफ्लेसहितलाई भ्रष्टाचार आरोपमा मुद्दा दर्ता गरेको हो । पौडेल र काफ्लेलाई १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ बिगो माग दाबी गर्दै...
चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा

चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा

विराटनगर । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा सक्रिय चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीको अध्यक्षतामा बसेको बैठकले साहित्य, कला, समाजसेवा, पत्रकारिता, युवा प्रतिभा तथा बालप्रतिभालगायत विभिन्न क्षेत्रका ९ वटा पुरस्कार घोषणा गरेको हो । घोषित पुरस्कारअनुसार अन्जु कार्कीद्वारा स्थापित दुई लाख रुपैयाँ राशिसहितको जगतबन्...
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । चलचित्र पत्रकार दिनेश सिटौलाको ४३ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघात (ब्रेन ह्यामरेज) का कारण उपचाररत सिटौलाको आज दिउँसो १२ः४५ बजे काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा आगामी निर्वाचनका लागि प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहको चुनावी प्रचारका क्रममा अछाम पुगेका सिटौला शुक्रबार बिहान एक्कासि बेहोस भए...
झापा–५ सहित १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

झापा–५ सहित १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ । झापा क्षेत्र नम्बर ५ र सुनसरी क्षेत्र नम्बर १ सहित १८ क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको हो । यस्तै डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । दैलेख निर्वाचन क्षेत्र नम्बर १ र २, सुर्खेतको १...
आज सहिद दिवस मनाइँदै

आज सहिद दिवस मनाइँदै

काठमाडौं । देश र जनताको हितका लागि जीवन आहुति दिने सहिदहरूको सम्झनामा आज सहिद दिवस मनाइँदैछ । प्रजातन्त्र, स्वतन्त्रता र नागरिक अधिकारका लागि संघर्ष गर्ने एवं बलिदान दिने ज्ञातअज्ञात सबै सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवस मनाउने गरिन्छ । नेपालको राजनीतिक इतिहासमा निर्णायक मोड ल्याउने ४ महान् सहिदहरू धर्मभक्त माथेमा, दशरथ चन्द्र, गंगाला श्रेष्ठ र शुक्रराज शास्त्रीको बलिदानलाई केन्द्रमा राखे...
निर्वाचनका लागि भारतले दियो नेपाललाई ६१ वटा गाडी 

निर्वाचनका लागि भारतले दियो नेपाललाई ६१ वटा गाडी 

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भारत सरकारले नेपाललाई गाडी सहयोग गरेको छ । भारत सरकारले नेपाललाई चुनावका लागि ६१ वटा गाडी उपहार दिएको हो । माघ ६ गते भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको थियो । अहिले ती गाडीलाई सिंहदरबारस्थित गृह मन्त्रालय अगाडि राखिएको छ । गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायता ...
भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना

भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना

विराटनगर । आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा लुम्बिनी प्रदेशसम्म फैलिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार गएरातिदेखि सुदूरपश्चिम क्षेत्रबाट न्यून चापीय प्रण...
आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

विराटनगर । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी पर्व आज श्रद्धा र भक्‍तिपूर्वक मनाइँदैछ । विद्याकी देवी सरस्वतीको विधिपूर्वक पूजाआराधना गरि सरस्वती मन्दिरहरूमा भक्तजनको भीड लागेको छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि वृद्धि हुने विश्वास छ । आजकै दिन विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने तथा लेखपढ सिकाउने परम्परा छ । यस दिन पढाइ शुरु ग...
चैत १९ गतेदेखि एसईई परीक्षा, यस्तो छ तालिका

चैत १९ गतेदेखि एसईई परीक्षा, यस्तो छ तालिका

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ देखि २९ सम्म हुने भएको छ । शैक्षिक क्यालेन्डरअनुसार पहिलो साता हुनुपर्ने भए पनि चुनावका कारण परीक्षा धकेलिएको हो । परीक्षा नियन्त्रणको कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचनाको परीक्षा हुनेछ ।  त्यस्तै यही दिन मदरसातर्फ अनिवार्य अरबिक भाषाको परीक्षा हुनेछ । त्यस्तै दोस्रो दिन अनिवार्य नेपाली र ग...
अमेरिकाले पुनः ८० नेपालीलाई गर्यो डिपोर्ट

अमेरिकाले पुनः ८० नेपालीलाई गर्यो डिपोर्ट

काठमाडौं । अमेरिकाले पुनः ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । उनीहरूलाई अमेरिकाले मंगलबार चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएर छाडिदिएको हो । अध्यागमन विभागका अनुसार डिपोर्ट हुनेहरूमा ७९ पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरूमा कागजात नभेटिएका, गैरकानुनी रूपमा बसेका र अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरू छन् । डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरो पठाइएको थियो । ब्युरोक...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ परेका प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ । पोखराबाट पक्राउ गरेर उनलाई काठमाडौं ल्याएको थियो । अनुसन्धान अधिकृतहरूले उनीसँग सार्वजनिक शान्ति विरुद्धको कसुरमा बयान लिएका छन् । ने...
आजदेखि निर्वाचन आचारसंहिता लागू

आजदेखि निर्वाचन आचारसंहिता लागू

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको हो । आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म विभिन्न निकाय र त्यसमा कार्यरत व्यक्तिलाई आचारसंहिता लागू हुनेछ । ...
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

विराटनगर । आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।  ‘सबै तहका सरकार, सबै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ भूकम्प दिवस मनाउन लागिएको हो । १९९० साल माघ २ गते गएको विनाशकारी महाभूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो । यस दिवसको उद्देश्य भूकम्पबाट हुने क्षतिको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्...
आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

विराटनगर । आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी ...
५० लाख म्यासेज पठाएर राजसंस्था स्थापनाको आह्वान गर्ने सेढाईं पक्राउ

५० लाख म्यासेज पठाएर राजसंस्था स्थापनाको आह्वान गर्ने सेढाईं पक्राउ

काठमाडौं । मुलुकको प्रदेश संरचना हटाउन र सनातन संवैधानिक राजसंस्था स्थापनाको आह्वान गर्दै ५० लाख एसएमएस पठाउने निर्देश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ । चितवन घर भई गाडी व्यवसायमा संलग्न ३४ वर्षीय सेढाईंलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति काठमाडौँको हात्तीसारबाट पक्राउ गरेको हो । उनले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’ मार्फत ठूलो संख्यामा सामूहिक सन्देश पठाएक...
इलामका ८३ वर्षीय वृद्धको शव ललितपुरको इनारमा फेला

इलामका ८३ वर्षीय वृद्धको शव ललितपुरको इनारमा फेला

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पताल नजिकै बाफलमा बोरामा प्याक गरेर इनारमा फालेको अवस्थामा वृद्धको शव फेला परेको छ । इलाम घर भएर ललितपुर महानगरपालिका-१७ स्थित प्रसिद्धि टोल बस्दै आएका ८३ वर्षीय गर्जमान थापाको शव भेटिएको हो । थापा पुस २६ गतेदेखि हराएको भन्दै परिवारले प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएका थिए । खोजतलासको क्रममा इनारमा शव भेटिएको प्रहरीले जनाएको छ । वृद्धको हत्यामा सं...
आज ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

आज ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

विराटनगर । आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ । पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । सरकारले आज सार्वजनिक बिदा दिएको छ । १७७९ सालमा जन्मिएका शाहको आज ३ सय ४ औँ जन्मजयन्ती हो । उनले आधुनिक नेपालको एकीकरणमा र्पुयाएको योगदानको स्मरण गर्दै प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पु...
निर्वाचनमा ८० हजार सेना परिचालन गरिने

निर्वाचनमा ८० हजार सेना परिचालन गरिने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ८० हजार सेना परिचालन गरिने भएको छ । एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाट समेत स्वीकृत भइसकेकाले त्यही अनुसार सेना परिचालन गरिने भएको हो । एकीकृत सुरक्षा योजना सरकारबाट अनुमोदन र सेनाको परिचालनका सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको छ । चुनावका सिलसिलामा सेनाले तीन चरणमा काम गर्नेछ । निर्वाचनपूर्वको म...
निर्वाचनका लागि १ लाख ३४ हजार म्यादी प्रहरी भर्ना गरिँदै, खुल्यो आवेदन

निर्वाचनका लागि १ लाख ३४ हजार म्यादी प्रहरी भर्ना गरिँदै, खुल्यो आवेदन

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एक लाख ३३ हजार नौ सय ८० जना म्यादी प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन सुरक्षालाई सुदृढ बनाउन ‘नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२’ अनुसार निर्वाचन प्रहरी (म्यादी) भर्नाको तयारी गरिएको हो । नेपाल प्रहरीले एक सूचना जारी गर्दै इच्छुक नेपाली नागरिकहरूले पुस २५ देखि माघ १ गतेसम्म आवेदन दिनसकिने जनाएको छ । सुरक्षा...
यस्तो छ शुक्रबारसम्मको मौसम

यस्तो छ शुक्रबारसम्मको मौसम

विराटनगर । आज तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु लाग्ने छ । देशका पहाडी तथा हिमाली भू‍-भागमा मौसम भने मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ । बिहीबार दिउँसो तराई...
जेनजी आन्दोलनमा भागेका साढे ४ हजार कैदीबन्दी अझै सम्पर्कविहीन

जेनजी आन्दोलनमा भागेका साढे ४ हजार कैदीबन्दी अझै सम्पर्कविहीन

विराटनगर । जेनजी आन्दोलनका क्रममा भागेका साढे चार हजार कैदीबन्दी अझै सम्पर्कविहीन छन् । देशका विभिन्न कारागार र बाल सुधार गृहबाट फरार भएकामध्ये ४ हजार ५ सय ५४ जना कैदीबन्दी अझै सम्पर्कविहीन भएका हुन् । कारागार व्यवस्थापन विभागका अनुसार फरार रहेकाहरूमा कारागारका ४ हजार २५० कैदी र बाल सुधार गृहका ३०४ जना रहेका छन् । आन्दोलनको चरम अवस्थामा सुरक्षा कमजोरीको फाइदा उठाउँदै देशभरका कारागारबाट १३ हजार ...
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

विराटनगर । आज गुरुङ समुदायले परम्परागत र मौलिक उत्सवका रूपमा तमु ल्होसार पर्व मनाउँदै छन् । तमु ल्होसारको अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागत गर्ने यस पर्वलाई गुरुङ समुदायले आफ्नो सांस्कृतिक पहिचान, सामाजिक एकता र जीवनदर्शनसँग गाँसेर मनाउने गर्छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तन हुने दिनलाई तमु ल्होसार...
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

विराटनगर । आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । यस्तै देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । ...
शुक्रबारसम्म तराईमा हुस्सु र कुहिरो रहने, सतर्कता अपनाउन आग्रह

शुक्रबारसम्म तराईमा हुस्सु र कुहिरो रहने, सतर्कता अपनाउन आग्रह

विराटनगर । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराईका अधिकांश स्थानहरूमा कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका तराई भू-भागमा हुस्सु रहने छ । कोशी, मधेश र बागमती प्रदेशका तराई भू-भागमा मध्यान्ह सम्म तथा बाँकी तराई भू-भागमा दिनभर कुहिरोको समेत सम्भावना छ । पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ । आज राति पनि तराई भू-भागमा ...
जेनजी मिराज ढुङ्गाना समूहद्वारा भोलिबाट देशव्यापी आन्दोलन गर्ने घोषणा

जेनजी मिराज ढुङ्गाना समूहद्वारा भोलिबाट देशव्यापी आन्दोलन गर्ने घोषणा

काठमाडौं ।  जेनजी मिराज ढुङ्गाना समूहले देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक मिराज ढुङ्गानाले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलन शान्तिपूर्ण हुने उनको भनाइ छ । उनले भोलि ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन सबैलाई आह्वान गरेका छन् । सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरिएको जनाइएको छ । ढुङ्गानाले जेनजी आन्दोलनप्रति धोक...
डोनाल्ड ट्रम्पको आदेशमा डिभी कार्यक्रम स्थगित

डोनाल्ड ट्रम्पको आदेशमा डिभी कार्यक्रम स्थगित

विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डाइभर्सिटी भिसा (डिभी) चिठ्ठा कार्यक्रम तत्कालका लागि स्थगित गर्न आदेश दिएका छन् । अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि उनले यस्तो आदेश दिएका हुन् । विश्वविद्यालयमा गोली चलाउने सन्दिग्ध व्यक्ति सोही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको खुलेपछि ट्रम्पले यस्तो कदम चाल्न निर्देशन दिएका हुन् । सुरक्षा प्रमुख नोमका अनुसार सन् २०१७ मा डिभीम...
सरकारले जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता दिने

सरकारले जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता दिने

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई मासिकरूपमा निर्वाह भत्ता दिने भएको छ । घाइतेहरूको अपाङ्गताको अवस्था र गम्भीरताका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको हो । घाइतेले मासिक ४ हजार, गम्भीर घाइतेले मासिक ९ हजार र अति गम्भीर घाइतेले जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार पाउनेछन् । जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्...
यी संस्थाले पाए निर्वाचन पर्यवेक्षणका लागि अनुमति

यी संस्थाले पाए निर्वाचन पर्यवेक्षणका लागि अनुमति

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनको पर्यवेक्षणका लागि ३१ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले अनुमति पाएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरेका संस्थाहरूलाई निर्वाचन आयोगले  पर्यवेक्षणको जिम्मेवारी दिएको हो । निर्वाचन पर्यवेक्षणका लागि आयोगले आह्वान गरेपछि कुल ४८ वटा संस्थाबाट निवेदन प्राप्त भएको थियो । यसमध्ये...
जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुननिर्माण योजना तयार गर्न गठित समितिले हिजो प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको प्रतिवेदनमा भौतिक संरचनाअन्तर्गत दुई हजार एक सय ६८ सङ्घसंस्था तथा निकाय प्रभावित भएको उल्लेख छ । आन्दोलनका क्रममा सातै प्रदेशमा ५४ वटा जिल्ला र २ सय ६२ ...
नोबेल मेडिकल कलेजका गौरव एमबीबीएसमा केयूकै उत्कृष्ट

नोबेल मेडिकल कलेजका गौरव एमबीबीएसमा केयूकै उत्कृष्ट

काठमाडौं । काठमाडौं विश्वविद्यालय अन्तर्गतको एमबीबीएस कार्यक्रममा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका गौरव सिंह साउदले स्वर्ण पदक जितेका छन् । काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहमा उनलाई उपकुलपति स्वर्ण पदक प्रदान गरिएको हो । सन् २०१८ ब्याचका डा. गौरव सिंह साउदले ८५.४७ प्रतिशत सहित काठमाडौं विश्वविद्यालय अन्तर्गतका सबै मेडिकल कलेजमध्ये सबैभन्दा उत्कृष्ट नतिजा ल्याएका थिए । दीक्षान्त स...
वक्तृत्वकलामा सन्ध्या झा प्रथम

वक्तृत्वकलामा सन्ध्या झा प्रथम

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल इडेनबर्ग इन्टरनेसनल कलेज विराटनगर एकाइले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सन्ध्या झा प्रथम भएकी छन् । ‘मेरो देश मेरो जिम्मेवारी’ विषयमा भएको वक्तृत्वकलामा निशा देव द्वितीय र अलिशा कर्ण तृतीय भए । उनीहरूलाई प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । परिषद्को ‘मेरो देश मेरो जिम्मेवारी’ भन्ने राष्ट्रव्यापी अभियान अन्तरगत स्थापना दिवसको अवसरमा वक्तृत्वक...
error: Content is protected !!