संगालोखबर सम्बाददाता


विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक बालिकाको ब्रेन ट्यूमरको जटिल शल्यक्रिया गरिएको छ । मोरङको कटहरी गाउँपालिकाकी १० वर्षीया दिपिका ऋषिदेवको ठूलो र जटिल ब्रेन ट्यूमरको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।

उनलाई दुई महिना अघिदेखि टाउको दुख्ने र उल्टी हुने समस्या देखिएको थियो । विस्तारै शरीरको देब्रे भाग चल्न छोडेर दुई दिनदेखि बेहोस थिइन् । नोबेलमा ल्याएर सीटीस्क्यान गर्दा टाउकाको दाहिने तर्फ ठूलो आकारको ब्रेन ट्यूमर पत्ता लागेपछि न्यूरो सर्जन प्रा.डा. एडमण्ड जोनाथानसहितको टोलीले उनको शल्यक्रिया गरेको हो ।

Advertisement

उपचारमा संलग्न न्यूरो सर्जन डा.प्रमोद चौधरीका अनुसार शरीरको अङ्ग चलाउने दिमागको भागमा ठूलो ट्यूमर पलाएका कारण बालिकाको देब्रे भाग कमजोर भएको थियो ।

शल्यक्रियापछि बिरामीको अवस्था सुधार भएको छ, तरपनि देब्रे भाग केही कमजोर छ । रिह्याबिलिटेसन चलिरहेको छ । विस्तारै सामान्य अवस्थामा फर्किने डाक्टरहरू बताउँछन् । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!