स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु
पोखरा । पोखरा महानगरपालिका-२८ कालिकास्थित ओख्ले भीरमा स्कुल बस खस्दा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस ओख्ले भीरबाट करिब दुई सय मिटर तल खसेको छ ।
मृत्यु हुने चार जना विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । मृत्यु हुने एक जना लिफ्ट मागेर सोही बसमा उपचारका लागि हि...



















