Avatar photoRabin Katel


विराटनगर । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको हो ।

अब, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७५ रुपैयाँ ५० पैसा पर्नेछ । त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७७ रुपैयाँ कायम भएको छ ।

Advertisement

काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेल मूल्य प्रतिलिटर क्रमशः १५८, १६० र १६१ रुपैयाँ पर्ने निगमले जनाएको छ ।

सोमबार राती १२ बजेबाट नयाँ मूल्य लागू हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement