धनकुटाको तल्लो भू-भागका किसान खडेरीको चपेटामा

धनकुटाको तल्लो भू-भागका किसान खडेरीको चपेटामा

धनकुटा । समयमै वर्षा नहुँदा धनकुटाको तल्लो भू-भागमा अधिकांश स्थानका खेतीयोग्य जमिन बाँझै छन् । लामो समयको खडेरीका कारण सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझो भएका हुन् । असारको पहिलो साता बित्न लाग्दा समेत धनकुटाको तल्लो भू-भागमा वर्षा भएको छैन । पाख्रीबास नगरपालिका-५ स्थित भैसेका करिब २० घर परिवार बर्खा लाग्दासमेत पानी नपरेपछि चिन्ता छन् । उनीहरूले मुख्य बालीका रूपमा मकै, कोदोलागायतका नगदे बाली ल...
मन्त्री निवासमा छापा नहानेको मोरङ प्रहरीको दाबी 

मन्त्री निवासमा छापा नहानेको मोरङ प्रहरीको दाबी 

विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीको निवासमा छापा नहानेको मोरङ प्रहरीले दाबी गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै मोरङ प्रहरीले प्रहरीको छापा शीर्षकमा विभिन्न संचारमाध्यमहरूमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो । असार १ गते पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी विराटनगर महानगरपालिका स्थित पुष्पलाल चोक आसपासको एरियामा लुकिछिपी रहे...
चोरीको गाडी प्रयोग गरेर एउटा घरमा चोरे, अर्को घरमा चोरी गर्दागर्दै समातिए

चोरीको गाडी प्रयोग गरेर एउटा घरमा चोरे, अर्को घरमा चोरी गर्दागर्दै समातिए

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रगतिटोलमा चोरीको गाडी प्रयोग गरेर घर-घरमा चोरी गर्दै गरेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका-६ का १८ वर्षीय जुमुन मियाँ छन् । आज बिहान करिब ४ बजे विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरी नजिकै रहेको मनोज सहनीको घरमा चोरी गर्न लागेको अवस्थामा उनी समातिएका हुन् । प्रहरीका अनुसार चोरी गर्न लागेको अवस्...
विराटनगर महानगरपालिकाका मेयर कोइराला सम्मानित

विराटनगर महानगरपालिकाका मेयर कोइराला सम्मानित

विराटनगर । नेपाल स्काउटको ७५ औँ स्थापना दिवसका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सम्मानित भएका छन् । स्काउट अभियानको प्रवर्द्धन र संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै मेयर कोइरालालाई सम्मान गरिएको हो । नेपाल स्काउट कोशी प्रदेशले आज इटहरीमा आयोजना गरेको कार्यक्रममा विराटनगर महानगर स्काउटका प्रमुख संरक्षकसमेत रहेका मेयर कोइरालालाई सम्मानपत्र प्रदान गरिएको छ । कार्यक्रममा ने...
कोशीको मुख्यमन्त्री कार्यालयविरुद्ध उच्च अदालत विराटनगरमा रिट दर्ता

कोशीको मुख्यमन्त्री कार्यालयविरुद्ध उच्च अदालत विराटनगरमा रिट दर्ता

विराटनगर । कोशी प्रदेश बालबालिका संरक्षण ऐन, २०७७ मा भएको व्यवस्थाको कार्यान्वयन गर्न माग गर्दै कोशीको मुख्यमन्त्री कार्यालयविरुद्ध उच्च अदालत विराटनगरमा रिट दर्ता भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयले मुख्यमन्त्री कार्यालय समेतलाई विपक्षी बनाई बिहीबार उच्च अदालतमा उत्प्रेषणयुक्त परमादेशको रिट निवेदन दायर गरेको हो । इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलल...
विराटनगरबाट लागूऔषधसहित तीन जना पक्राउ

विराटनगरबाट लागूऔषधसहित तीन जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । लागूऔषध दुर्व्यसनविरुद्धको महाअभियान तथा लागूऔषध नियन्त्रणसम्बन्धी एक हप्ते अभियानअन्तर्गत गरिएको विशेष चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् । प्रहरीले विराटनगर महानगरपालिका-१५ का ३२ वर्षीय दीपक सहनी, २७ वर्षीय मोहम्मद कफिल तथा मोरङको सुन्दरहरैँचा नगरपालिका-५ का २५ वर्षीय दिपेश पोखरेललाई पक्राउ...
विराटनगर महानगरपालिका भित्र घर निर्माणमा कडाइ, ७ बुँदे मापदण्ड अनिवार्य

विराटनगर महानगरपालिका भित्र घर निर्माणमा कडाइ, ७ बुँदे मापदण्ड अनिवार्य

विराटनगर । विराटनगर महानगरपालिकाले घर तथा अन्य भवन निर्माणका लागि नयाँ मापदण्ड लागू गरेको छ । घर निर्माणका क्रममा हुने अव्यवस्थित गतिविधिका कारण नाला जाम, सडक क्षति तथा सरसफाइ व्यवस्थापनमा देखिएका समस्या न्यूनीकरण गर्न नयाँ मापदण्ड लागू गरेको हो । अबदेखि घरनक्सा पास गर्ने प्रक्रियामा निर्माणकर्ताले सरसफाइसँग सम्बन्धित सात वटा अनिवार्य शर्त पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाको सरसफाइ व्यवस्थ...
धनकुटाका पत्रकार बराइलीमाथि काँग्रेस क्षेत्रीय सदस्य कार्कीद्वारा धम्की

धनकुटाका पत्रकार बराइलीमाथि काँग्रेस क्षेत्रीय सदस्य कार्कीद्वारा धम्की

धनकुटा । धनकुटा एफएमका सञ्चालक तथा स्टेसन म्यानेजर गोपाल बराइलीलाई नेपाली काँग्रेस धनकुटाका क्षेत्रीय सदस्य पर्शु कार्कीले सामाजिक सञ्जालमार्फत गालीगलौज र धम्की दिएका छन् । समाचारको विषयलाई लिएर पत्रकार बराइलीलाई कार्कीले धम्की दिएका हुन् । पत्रकार बराइलीलाई धम्की दिएको विषयमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सञ्चारकर्मीलाई भौतिक आक्रमणको धम्की दिएको भन्दै ...
किर्ते दस्तखत गरी २५ लाख बढी रकम निकासा, तेह्रथुम खेलकुद विकास समितिका पूर्वअध्यक्ष पक्राउ

किर्ते दस्तखत गरी २५ लाख बढी रकम निकासा, तेह्रथुम खेलकुद विकास समितिका पूर्वअध्यक्ष पक्राउ

तेह्रथुम । जिल्ला खेलकुद विकास समिति तेह्रथुमको बैंक खाताबाट किर्ते दस्तखत गरी लाखौँ रकम हिनामिना गरेको आरोपमा समितिका पूर्व अध्यक्ष राजेन्द्र बराल पक्राउ परेका छन् । जिल्ला खेलकुद विकास समितिका सदस्य सचिवको नक्कली दस्तखत प्रयोग गरी बैंक खाताबाट रकम गैरकानुनी रूपमा निकासा गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । बरालले नेपाल बैंक लिमिटेडमा रहेको खाताबाट २५ लाख ७९ हजार ६ सय ९६ रुपैयाँ...
धनकुटाको पाख्रीबासमा पुरुषको शव फेला

धनकुटाको पाख्रीबासमा पुरुषको शव फेला

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-९ लिसुम्बुस्थित अलैँची बारी नजिकको खोल्सामा पुरुषको शव फेला परेको छ । कानेपोखरी गाउँपालिका–६ रमाइलोका अन्दाजी ४० वर्षीय राजकुमार योञ्जनको शव फेला परेको हो । बिहीबार स्थानीयवासीले बंगुरका लागि चारो काट्न जाने क्रममा खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोष्टमार्टमका लागि जि...
धनकुटा नगरपालिकाको १८ औँ नगर सभा : नीति, ऐन र प्रतिवेदन पारित

धनकुटा नगरपालिकाको १८ औँ नगर सभा : नीति, ऐन र प्रतिवेदन पारित

धनकुटा । धनकुटा नगरपालिकाको १८ औँ नगर सभाको दोस्रो बैठक सम्पन्न भएकाे छ । आज नगर प्रमुख चिन्तन तामाङ्गको अध्यक्षतामा बसेकाे बैठकमा नीति, ऐन र प्रतिवेदन पारितसँगै कर्मचारी र कृषकहरूलाई सम्मान गरिएकाे छ । स्थानीय विकास, आर्थिक समृद्धि र सुशासनलाई थप मजबुत बनाउने उद्देश्यका साथ आयोजित उक्त सभामा नगरपालिकाकी उपप्रमुख भीमादेवि खनालले आर्थिक ऐन २०८३, विनियोजन ऐन २०८३ र न्यायिक समितिको वार्षिक प्रतिवे...
झापाका चिया उद्योग आजदेखि बन्द, ६० हजार मजदुरको रोजगारी सङ्कटमा

झापाका चिया उद्योग आजदेखि बन्द, ६० हजार मजदुरको रोजगारी सङ्कटमा

विराटनगर । भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चियाको निर्यात प्रभावित भएपछि झापाका चिया उद्योगहरू पनि बन्द भएका छन् । असार १ गतेबाट इलामका चिया उद्योग बन्द भएकोमा झापाका चिया उद्योगीहरूले आजदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा चिया बगान बन्द गरेका हुन् । नेपाल चिया उत्पादक सङ्घ झापाले भद्रपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै भारतीय पक्षक...
निजी क्षेत्रको मनोबल उकास्ने गरी मौद्रिक नीति ल्याउन मोरङका उद्योगी-व्यवसायीको सुझाव

निजी क्षेत्रको मनोबल उकास्ने गरी मौद्रिक नीति ल्याउन मोरङका उद्योगी-व्यवसायीको सुझाव

विराटनगर । उद्योग संगठन मोरङले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सन्दर्भमा सुझाव प्रस्तुत गर्न अन्तरक्रिया गरेको छ । उद्योगी/व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधिहरू, चार्टर्ड एकाउन्टेन्ट तथा अर्थतन्त्रसँग सम्बन्धित विभिन्न सरोकारवाला पक्षहरूको सहभागितामा छलफल गरेको हो । कार्यक्रममा सहभागीहरूले वर्तमान आर्थिक अवस्थाको समीक्षा गर्दै बैंकिङ प्रणालीमा रहेको अधिक तरलताको प्रभावकारी व्यवस्थापन गरी स...
भूमिहीन सुकुम्बासीका लागि कोशी सरकारले ५ सय घर बनाइदिने

भूमिहीन सुकुम्बासीका लागि कोशी सरकारले ५ सय घर बनाइदिने

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा भूमिहीन सुकुम्बासीकाहरूका लागि ५ सय वटा घर निर्माण गरिदिने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारको यस योजनाबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । मुख्यमन्त्री कार्कीका अनुसार यो कार्यक्रम सम्बन्धित स्थानीय तहहरूसँगको आवश्यक समन्वय र सहकार्यमा अगाडि बढाइने छ । उनले लेखेका छन्, ‘कोशी प्रदेश सर...
धनकुटामा फौजी किराको प्रकोप, मकैबालीमा क्षति पुग्दा कृषक चिन्तित

धनकुटामा फौजी किराको प्रकोप, मकैबालीमा क्षति पुग्दा कृषक चिन्तित

धनकुटा । धनकुटामा फौजी किराको प्रकोप फैलिएको छ । मकैखेती लगायतका बालीमा अमेरिकन फौजी कीराको प्रकोप फैलँदा कृषक चिन्तित भएका छन् । नेपालको तराइ र पहाड क्षेत्रको मौसम फौजी किराका लागि उपयुक्त रहेका कारण धनकुटामा वर्षेनी मकैबाली लगायतको हरियोबालीमा क्षति हुँदै आएको छ । पाख्रीबास नगरपालिका-५ स्थित दियालेका कृषकले लगाएको मकै लगायतको बाली फौजी किराले सखाप बनाएको छ । स्थानीय कृषक देवेन्द्र बहादुर निर...
धनकुटाको विश्रान्ती वृद्धाश्रम र गुरुकुललाई एक लाख रुपैयाँ बराबरको खाद्यान्न हस्तान्तरण

धनकुटाको विश्रान्ती वृद्धाश्रम र गुरुकुललाई एक लाख रुपैयाँ बराबरको खाद्यान्न हस्तान्तरण

धनकुटा । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड धनकुटाले विश्रान्ति वृद्धाश्रम र गुरुकुललाई एक लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा तथा लजिस्टिक सामग्री हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत दुरसञ्चारले धनकुटा नगरपालिका-९ स्थित मूलघाटमा रहेको विश्रान्ति मन्दिरमा संचालित वृद्धाश्रम र गुरुकुललाई सहयोग गरेको हो । दुरसञ्चारले चामल, दाल र भुजा लगायतका खाद्यान्न र फ्रिज हस्तान्तरण गरेको छ । ...
भारतीय गाडीमा नेपाली नम्बर प्लेट राखेर कुदाउने चालक धनकुटाबाट पक्राउ

भारतीय गाडीमा नेपाली नम्बर प्लेट राखेर कुदाउने चालक धनकुटाबाट पक्राउ

धनकुटा । भारतीय नम्बर प्लेटको गाडीमा अवैध रूपमा नेपाली नम्बर प्लेट राखेर कुदाउने एक जना भारतीय चालकलाई धनकुटामा प्रहरीले पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका-६ भेडेटारस्थित कोशी लोकमार्ग सडक खण्डबाट प्रहरीले गाडीसहित चालकलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान करिब ९:२० बजे धरानतर्फ जाँदै गरेका सवारी साधनहरू चेकजाँच गर्ने क्रममा गाडीसहित...
विराटनगरमा तेस्रो संस्करणको विराट फुटसल च्याम्पियनसिप हुँदै

विराटनगरमा तेस्रो संस्करणको विराट फुटसल च्याम्पियनसिप हुँदै

विराटनगर । विराटनगरमा तेस्रो संस्करणको विराट फुटसल च्याम्पियनसिप हुने भएको छ । मन्जिना फाउन्डेसनको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा असार ६ गते जाम्बोरे फुटसल कोर्टमा च्याम्पियनसिप हुन लागेको हो । मन्जिना फाउन्डेसनका अध्यक्ष जतिन ताम्राकारले च्याम्पियनसिपमा मोरङका ६ वटा टिमहरूको सहभागिता रहने जानकारी दिए । मोरङको सुन्दरहरैंचा, केराबारी, बेलबारी, बुढीगंगा, विराटचोक र विराटनगर ...
निजी सञ्चार माध्यमलाई सरकारले बाइपास गर्न हुँदैन : मुख्यमन्त्री कार्की

निजी सञ्चार माध्यमलाई सरकारले बाइपास गर्न हुँदैन : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी सञ्चार माध्यमलाई सरकारले बाइपास गर्न नहुने बताएका छन् । उनले सरकारले विज्ञापन, सूचनाहरू निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमहरूलाई पनि दिनु पर्ने बताए । संघीय सरकारले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्रै दिने निर्णय विरुद्ध नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आह्वानमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...
ट्रयाक खोलेको २६ वर्षपछि हिले-चोक्रोक-भीरगाउँ-मधुगंगा सडक कालोपत्रे 

ट्रयाक खोलेको २६ वर्षपछि हिले-चोक्रोक-भीरगाउँ-मधुगंगा सडक कालोपत्रे 

धनकुटा । धनकुटाको हिले-चोक्रोक-भीरगाउँ-मधुगंगा सडक धमाधम कालोपत्रे भइरहेको छ । धनकुटा नगरपालिकाको रिङरोड अवधारणा अन्तर्गत रहेको उक्त सडकखण्ड ट्रयाक खोलेको २६ वर्षपछि कालोपत्रे सुरु भएको हो ।  विश्व बैंकको ३६ करोड रुपैयाँ अनुदान सहयोगमा सडकको कालोपत्रेको काम धमाधम भइरहेको छ । हिले-चोक्रोक र भीरगाउँ हुँदै धार्मिक तथा पर्यटकीय महत्व बोकेको मधुगंगा धामसम्म पुग्ने करिब ७.२ किलोमिटर सडक कालोपत्रे भइर...
मोरङका ट्राफिक प्रमुख न्यौपाने सर्वोत्कृष्ट प्रहरी घोषित

मोरङका ट्राफिक प्रमुख न्यौपाने सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपाने जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गरेको भन्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले न्यौपानेलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । न्यौपानेले सवारी दुर्घटना न्यूनीकरणको लागि चालक र परिचालकहर...
ताप्लेजुङको पाथीभरामा ४६ लाख भेटी सङ्कलन

ताप्लेजुङको पाथीभरामा ४६ लाख भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा साढे ४६ लाख भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार जेठ महिनाको अवधिमा सो भेटी रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार जेठ महिनामा कुल ४६ लाख ६० हजार ६ सय रुपैयाँ भेटी रकम सङ्कलन भएको छ । भेटीबापत संकलन भएको रकम नेपाल बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको समितिले जनाएको छ । सम...
झापामा टिपरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

झापामा टिपरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

झापा । झापामा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । पाडाजुंगी-गौरीगन्ज भित्री पक्की सडक खण्डअन्तर्गत गौरादह नगरपालिका–१ नवदुर्गा पेट्रोल पम्पअघि गएराति भएको दुर्घटनामा साइकल यात्रीको मृत्यु भएको हो । प्रहरीका अनुसार डिपु चोकबाट पेट्रोल पम्पतिर जाँदै गरेको प्र १-०१-००१ क ११८८ नम्बरको टिफरको ठक्करबाट साइकल यात्री गौरादह-४ का ६१ वर्षीय प्रेमप्रसाद गुरागाईंको मृत्यु भएको हो । दुर्घटनामा प...
संखुवासभामा दुई कैदी हत्या प्रकरणका सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला

संखुवासभामा दुई कैदी हत्या प्रकरणका सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला

खाँदबारी । सङ्खुवासभास्थित जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला भएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजलासले मुलुकी अपराध संहिता २०७४ को दफा १७१ (१) बमोजिम कसुरमा जन्मकैद फैसला सुनाएको हो । त्यसैगरी सोही संहिताको १८६ बमोजिम प्रतिवादीबाट जनही ५० हजार मृतक तोलाङ्गी र बलामीका नजिकका हकदारलाई क्षतिपूर्ति भराउने ठहर गरेको अदालतले जनाएको छ । २०८० साउन २४ ग...
जीवन विकास अस्पतालले घोषणा गर्याे प्रसूति शल्यक्रियामा विशेष सहुलियत

जीवन विकास अस्पतालले घोषणा गर्याे प्रसूति शल्यक्रियामा विशेष सहुलियत

विराटनगर । मोरङको कटहरीस्थित जीवन विकास सामुदायिक अस्पतालले प्रसूति शल्यक्रियामा विशेष सहुलियत दिने भएको छ । स्थापनाको दोस्रो वर्ष प्रवेश गरेको अवसरमा अस्पतालले न्यून आय भएका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यसहित प्रसूति शल्यक्रियामा सहुलियत घोषणा गरेको हो । अस्पतालले शल्यक्रियामार्फत दम्पतीको पहिलो सन्तान जन्मदा २४ हजार ९ सय ९९ रुपैयाँ शुल्क तोकेको छ । त्यस्तै, शल्यक्रिय...
विराटनगरमा आगामी शनिबार ‘बृहत् सनातन सम्मेलन’ हुँदै

विराटनगरमा आगामी शनिबार ‘बृहत् सनातन सम्मेलन’ हुँदै

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा असार ६ गते ऐतिहासिक ‘बृहत् सनातन सम्मेलन’ आयोजना हुने भएको छ । नेपालको सनातन सभ्यता, संस्कृति तथा धार्मिक सहिष्णुतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सम्मेलन हुन लागेको हो । ‘सनातन सभ्यताको शान, हिन्दु, बौद्ध, किराँतको साझा पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनले सदियौंदेखि नेपालमा कायम रहेको धार्मिक सद्भाव, सहअस्तित्व र सहिष्णुताको ...
विराटनगरका समाजसेवी भगवान लालको ९६ वर्षको उमेरमा निधन 

विराटनगरका समाजसेवी भगवान लालको ९६ वर्षको उमेरमा निधन 

विराटनगर । विराटनगरका सक्रिय समाजसेवी भगवान लाल साहको ९६ वर्षको उमेरमा निधन भएको छ । १९८७ साल बैशाख १ गते जन्मिएका उनको सोमबार विराट टिचिङ अस्पतालमा उपचारको क्रममा निधन भएको हो । साह एक सफल उद्योगी पनि हुन् । उनी विभिन्न संघसंस्थामा सक्रिय थिए । साहले अखिल नेपाल वैश्य सेवा समिति विराटनगरको संस्थापक एवं पूर्वअध्यक्ष, पञ्चमुखी हनुमान मन्दिर एवं श्रीराम दरबार सञ्चालक समितिका पूर्वअध्यक्ष, शीतल धर...
धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा । धनकुटामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । आज बिहान करिब ७ः१५ बजे धनकुटा नगरपालिका-४ स्थित स्कुलडाँडामा हिलेतर्फ जाँदै गरेको को १२ प ८०९८ नम्बर र विपरित दिशा तर्फबाट आउँदै गरेको को २५ प १७७ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा ८०९८ नम्बरको मोटरसाइकल चालक सुनसरीको रामधुनी नगरपालिका-९ घर भइ हाल धनकुटा नगरपालिका-७ स्थ...
मोरङकाे केराबारीमा बसले ठक्कर दिँदा ८० वर्षीय वृद्धको मृत्यु

मोरङकाे केराबारीमा बसले ठक्कर दिँदा ८० वर्षीय वृद्धको मृत्यु

विराटनगर । मोरङको केराबारी गाउँपालिका–७ मा यात्रुवाहक बसको ठक्करबाट वृद्धको मृत्यु भएको छ । आज अपराह्न धरानबाट केराबारीतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको बसले पैदल हिँडिरहेका ८० वर्षीय लोकबहादुर राईलाई ठक्कर दिएको थियो । बसकाे ठक्करबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाेमा चिकित्सकले मृत घोषणा गरेका थिए । बस चालक केराबारी–५ का २५ ...
कोशी प्रदेश सरकारको बजेट : के-के छन् प्राथमिकतामा ? (पूर्णपाठसहित)

कोशी प्रदेश सरकारको बजेट : के-के छन् प्राथमिकतामा ? (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिकका लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आज आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन् । कोशीमा सक्षम छोरी कार्यक्रमका लागि ७ करोड बजेट विनियोजन गरिएको छ । कोशी प्रदेश सरकारले प्रदेश भ्रमण वर्षलाई गौरवका साथ सञ्चालन गर्न १२ करोड बजेट विनियोजन गरेको छ...
कोशी सरकारद्वारा ४० अर्ब ४४ करोड बराबरको बजेट सार्वजनिक

कोशी सरकारद्वारा ४० अर्ब ४४ करोड बराबरको बजेट सार्वजनिक

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिकका लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आज आगामी आर्थिक वर्षको आय-व्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन् । कुल बजेटमध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ र पूँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा १५ कोड छुट्य...
error: Content is protected !!