कोशीमा संविधान दिवसको सम्पूर्ण तयारी पूरा, यस्तो छ कार्यतालिका
विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा मनाइने संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । असोज ३ गते शनिबार विराटनगरको सहिद रंगशालामा हुने मूल समारोहको सम्पूर्ण तयारी पूरा गरिएको हो ।
कोशी प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाका अनुसार समारोहको सम्पूर्ण तयारी पूरा भएको छ ।
बिहान साढे ६ बजे आदर्श माध्यमिक विद्यालय अगाडिब...































