संगालोखबर

विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) सँग मुख्यमन्त्री कार्यालयले स्पष्टीकरण माग गरेको छ । केही दिनअघि अदालतले पुनर्वहाली गरेपछि बस्नेतले पदभार ग्रहण गरेका थिए ।

Advertisement

सामाजिक विकासमन्त्री समेत रहेका कोशीका मुख्यमन्त्री केदार कार्कीले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न हिजो भनेका छन् । बस्नेतमाथि लाभको पदमा बसेर प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर निर्वाचन आयोगलाई समेत भ्रममा राखेको आरोप लगाइएको छ ।

कुनै पनि सरकारी लाभको पदमा रहेको व्यक्तिले निर्वाचनमा भाग लिनुअघि सो पदबाट राजीनामा दिनुपर्नेमा बस्नेतले त्यसो नगरेको मुख्यमन्त्री कार्यालयको भनाइ छ । यसैबीच, बस्नेतले भने राजनीतिक प्रतिशोधका आधारमा आफूसँग स्पष्टीकरण सोधिएको आरोप लगाएका छन् । उनले स्पष्टीकरण दिने कि नदिने भन्ने विषयमा निर्णय लिन कानुन व्यवसायीसँग परामर्श भइरहेको बताए ।

उच्च अदालतले सदस्य सचिवमा पुनर्बहाली गरेपछि बस्नेत बोर्डमा लगाइएको ताला फुटाएर गत बिहीबार कार्यालय प्रवेश गरेका थिए । बस्नेतलाई भीम आचार्य नेतृत्वको सरकारले २०७८ असोज २४ गते बोर्डको सदस्य सचिव नियुक्त गरेको थियो । राजेन्द्र राई नेतृत्वको प्रदेश सरकारबाट २०७८ चैत २२ गते पदमुक्त भएका बस्नेत २०८१ वैशाख १७ गते उच्च अदालतमार्फत् सदस्य सचिवमा पुनर्बहाली भएका हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!